Bagmati Samachar Logo

माओवादीले सरकारको समर्थन फिर्ता लिए विश्वासको मत लिन्छु: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बसको नेकपा एमालेको संसदीय दलको बैठकमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफु विश्वासको मत लिन तयार रहेको बताएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि २०७५ जेठ ३ अघि फर्किएका बताएका छन् । ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफू विश्वासको मत लिने र सरकारलाई अघि बढाउने बताएका थिए ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाएको सांसद खिमलाल भट्टराईले जानकारी दिए ।

सभामुखले प्रचलित परम्परा अनुसार संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए ।

त्यस्तै बैठकले सर्वोच्च अदालतको फैसलालाई स्वीकार्ने निर्णय समेत गरेको गरेको भट्टराईले जानकारी दिए ।