Bagmati Samachar Logo

ओली अझै आफूलाई अध्यक्ष भन्दै हिँडेका छन्: नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली अझै आफूलाई नेकपाको अध्यक्ष हुँदै भन्दै हिँडेको बताए ।

पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभामा बोल्दै नेपालले भने, ‘प्रधानमन्त्री ओलीलाई अध्यक्ष तथा साधारण सदस्य नै नरहने गरी नेकपाको बहुमतले कारवाही गरिसकेको छ, उनी भने आफूलाई अध्यक्ष हुँ भन्दै हिड्न छोडेका छैनन् ।’ नेपालले भने, ‘झण्डै तीन वर्षसम्म एकीकरणको कुनै काम भएन । ओलीलाई कहिल्यै हतारो पनि भए ।’

पार्टी र जनवर्गीय संगठनलाई एकता गर्ने चाहना नराखेको भन्दै ओलीमा कम्युनिस्ट विचार नै नभएको आरोप लगाए । राष्ट्र र जनता परिवर्तनलाई केन्द्र बिन्दुमा राख्नुको सट्टा उनमा व्यक्तिवाद हावी रहेको आरोप लगाए ।

ओलीको गलत प्रवृती कै कारणले अहिलेसम्मको अवस्था आइलागेको धारणा व्यक्त गरे । ओलीले साइबर सेना सिर्जना गरेको भन्दै उनले भने, ‘अहिले केपी ओलिलाई मात्रै दोष दिएर हुँदैन हाम्रो पनि केही कमीकमजोरी भएका होलान् अब सच्चिनुपर्छ।’ उनले अझै पनि ओलीलाई सच्याउन चाहिरहेको भन्दै तर उनी सच्चिने मानिस नभएको टिप्पणी गरे । ‘सरकारको नेतृत्व र पार्टी नेतृत्वमा आएपछि ओलीमा मात बढ्दै गयो । अहकारी फस्टाएर गयो, अरुलाई अपमान गर्ने प्रवृती देखियो ।’

उनले थपे, ‘पार्टी भित्र मात्रै होइन सिङ्गो समाजले आलोचना गर्न थालेपछि उनले अपमान गर्ने काम गर्न थाले ।’
अहिले नेकपा प्रचण्ड–नेपाल पक्ष ओली प्रवृतीसित लडिरहेको धारणा राखे । ओलीलाई बहुमत सदस्यले हटाएको बारे निर्वाचन आयोगमा जानकारी दिएको भन्दै विधान अनुसार सबै चल्नुपर्नेमा ओली विधानभन्दा माथि उठ्न खोजेको आरोप लगाए ।
‘केपी जि नवौं महाधिवेशनबाट निर्वाचित भएको भनेर भाषण गर्दै हिड्नु भएको छ’ उनले भने, ‘हामीले हिजो दुवै पार्टी विघटन गरेर एकता गरेका हौं, नेकपाको नाम प्रयोग गर्ने अधिकार केपी ओलिलाई छैन ।’
यसबारे आयोगले छिटो कानुन अनुसार नै निर्णय गर्छमा विश्वस्त रहेको बताए । निर्वाचन आयोगमा नेकपा पार्टी र चिन्ह आफुहरुको भएको निवेदनमा उल्लेख गरी बुझाएको बताए । ‘अदालतको फैसलाले संविधान जोगाएको छ। संविधानवाद र न्यायको जित भएको छ। फैसला प्रष्ट रूपमा आएको छ कुनै द्विविधा छैन त्यसमा।’
उनले थपे, ‘जालसाझी गर्नेले के के गर्छन् थाहा हुन्न उनले नभएको धारा प्रयोग गरेर विघटन गरे।’ उनले थपे, ‘पार्टीको सदस्य नै नभएको मानिसले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए भन्ने सुनेका छौं । ओलीलाई हामीले संसदीय दलको नेताबाट नै हटाइसकेका छौं । कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडि जान सक्दैन । यो लडाई व्यक्तिबिचको होइन यो विधि पद्धति र नितिको लडाइ हो ।’