ओली सरकारका ३ वर्ष: उपलब्धीका चाङ कि झुटका पुलिन्दा ? तथ्य हेर्नुस्
फाइल फोटो
काठमाडौं । ३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विभाजन भएको दुई महिना पुग्दै छ । नेकपा फुटिसकेपछि र त्य अघि पनि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको मन्तव्यको एउटा मुख्य तर्क भनेको सरकारलाई पार्टी भित्रै बाट असहयोग भयो । कामै गर्न दिईएन । अर्का तर्फ हरेक भाषणमा उनी सरकारले गरेका कामको चाङ नै लगाउने गरेका छन् ।
त्यसैले उनका पछिल्ला अभिव्यक्तिहरु प्राय विरोधाभासपूर्ण छन् । उनले पुसबाट अझ झन विरोधाभाषपूर्ण अभिव्यक्ति दिदै आएका छन् । उनलाई काम गर्न नदिएको भए कसरी अरु सरकारको भन्दा बढी काम गरे रु यदि उनले काम गरेका हुन भने किन काम गर्न दिएन भन्छन्, र त्यही वाहानामा प्रतिनिधिसभा विघटन गरेका हुन् ?
सोमबार प्रधानमन्त्री ओलीले औपचारिक रुपमा ३ वर्ष पूरा गरेको सन्दर्भ पारेर सरकारले गरेका कामको फेहरिस्त अघि सारे । जसलाई समाचार दैनिकले केलाउँदा यस्तो भेटियो स्
ओलीका १२ झुट
१.प्रधानमन्त्री ओलीले विभिन्न देशमा खाली रहेका राजदूत नियुक्ति गर्न पाएन भनेका छन् । जब कि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेका राजदूत हटाउदै आफू अनुकुलका पठाएको तथ्य देखिन्छ । चीनकालागि राजदूत लिलामणि पौडेललाई फिर्ता बोलाएका थिए । उनको ठाउँमा आफु निकट पूर्व मन्त्री महेन्द्र पाण्डेलाई नियुक्त गरे ।
त्यतिमात्र होईन, स्पेनका, अमेरिका भारत लगायतका देशमा आफैंले छानेका मानिसलाई पार्टीमा छलफल नै नगरि एकलौटी नियुक्ति दिए ।
२.उनले प्रतिनिधिसभामा करिब ६४ प्रतिशत सदस्यद्धारा समर्थित प्रधानमन्त्री भएको दाबी गदै आएका छन् । उनले आफ्नो पार्टीको संसदीय दलको पनि नेता भएको र आफ्ना विरुद्ध कोहि पनि नभएको तर्क गदै आएका छन् । यस्तो हो भने उनले संसदमा नै आफु बहुमत प्राप्त प्रधानमन्त्री भएको किन पुष्टी गर्न सकेनन् । अथवा उनले संसदबाट विश्वासको मत किन लिन सकेनन् र संसद विघटन गरे । जुन उनको दोस्रो ठूलो झुट हो । उनी संसद पार्टीमा अल्पमतमा परेका थिए । अफु अल्पमतमा परेको कुरा संसदबाट पुष्टि हुने र प्रधानमन्त्रीबाट च्यूत हुनपर्ने देखिएपछि संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गराए ।
३.प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा नियुक्ति गर्न दिइएन भन्दै आएका छन् । कुशल प्रधानमन्त्रीले राज्यसत्ता संचालन गर्न आवश्यक पर्ने निकायहरुमा नियुक्त गर्न रोक नै लगाएको कुरा सतहमा आएको छैन । बरु आपसी समन्वयको अभावमा विपक्षी दलले लामो समयदेखि संवैधानिक परिषदको बैठकमा अनुपश्थित भएको देखियो । त्यसको गुण वा दोष पनि प्रधानमन्त्रीकै काँधमा जान्छ । किनभने परिषदको प्रमुख प्रधानमन्त्री हो र सदस्यहरुलाई कसरी समन्वय गरेर काम गर्ने भन्ने कुरा उनकै कौशलमा भर पर्दछ ।
त्यसका बाबदुत पनि प्रधानमन्त्रीले अन्ततस् अख्तियारमा उनका विश्वास पात्र प्रेमकुमार राई नियुक्त गरेका छन् । उनै राई उनकै सरकारकार गृह सचिव थिए । एक जनालाई कति ठाउमा नियुक्ति दिने हो रु राई रिटायर्ड हुनु भन्दा पहिला त्यो पदकालागि उपयुक्त पात्र थिएनन् कोहि पनि । थिए भने राई रिटायर्ड हुदा सम्म किन कुरीयो रु आफैमा विरोधाभाष छैन र ओलीको भनाइ र गराइमा ।
४.उनले सुरुमा नै २०७४ फागुनबाट संसदमा पेश भएका कयौ विधेयक हाउसमा छलफलमा लगेनन् । बल्लतल्ल संसदीय समितिमा पुगेका विधेययकहरु अनावश्यक छलफलकै गोलचक्करमा फसिररहेका छन् फसाइन्छ ।
आज घोषणा गरेका छन् पहिलो बर्ष सरदर ५ दिनमा एउटा विधेयक मस्यौदा गरी मौकिल हक कार्यान्वयन सम्बन्धी १६ कानून सहित २५ कानून संघीय संसदबाट पारित भए । दर्जनौ विधेयकहरु संघीय संसदमा प्रस्तुत गरिए । ४ दर्जन भन्दा बढी नियमावली र गठन आदेशहरु , ३ दर्जन निर्देशिका कार्यविधि र मापदण्ड जारी भए । तर सरकारले संसद र संसदीय समितिका प्रति देखाएको व्यबहार समेत प्रश्नको घेरामा छन् । त्यो प्रश्न स्वयं प्रधानमन्त्रीको दलकै सांसदहरुले उठाएका छन् ।
दोस्रो बर्ष थप ३० नयाँ कानूनहरु निमार्ण भए । तेस्रो बर्ष थप ३४ सहित यस अवधिमा कुल ८९ नयाँ कानून निर्माण भए । संविधानसम्मत नभएका सयौं कानूनहरु संशोधन गरिए ।
५.ओलीले काम गर्न नदिएको भनेपनि उनले आफुले मनलागेका हरेक कामहरु पार्टी कमिटीमा छलफल नै नगरेर गरेका धेरै उदाहरण छन् । उनले आफ्ना मानिसहरुलाई नियुक्ति दिन कहिकतै चुकेका छैनन् । उनले दुई बर्षको कार्यकाल भएका राष्ट्रिय सभाका सांसद युवराज खतिवडालाई अर्थमन्त्री बनाए । दुई बर्षको कार्यकाल गत फागुन २० गते सकिदै थियो । उनी १९ गते अस्पताल भर्ना भए । उनले एक दिन पहिला नै २० गतेको मिति हालेर मन्त्री नियुक्त गरे । जब कि ओली १९ गते नै अस्पताल भर्ना भएपछि नियुक्ति दिने अवस्थामा थिएनन् । उनको छुट र किर्ते एक दिन देखिएको थियो । किन कि खतिवडा उनका विश्वास पात्र हुन । खतिवडा नेपालका एक यस्ता व्यूरोक्र्याट तथा राजनीतिज्ञ देखिए जसले राजा ज्ञानेन्द्रको पाला देखि ओली शासन सम्म ११ ओटा राजनीतिक नियुक्ति खान भ्याए ।
उनले आफु निकटहरुलाई नियुक्ति दिदा पार्टीका कुनै बैठकमा छलफल गराएका छैनन् । उनले आफुनिकटहरुलाई नियुक्ति दिदा पनि बरु पार्टी कमिटीका अरु मानिसहरुले विरोध गरेन् । उनको स्वच्छाचारीकताको सिमा दिन दुईगुणा राता चौगुणा बढ्यो ।
रेलवेय कम्पनीका निर्देशक गुरु भट्राई जस्ता कति पात्रहरुले उनको गुणगान गाएका आधारमा नियुक्ति पाएका छन् कुनै हिसाब किताब नै छैन । उनले पार्टीमा विधि पद्धति मिचेर मन्त्री बनाए । केहिलाई नियुक्ति दिए । तर अहिले भन्दै छन् का मगर्न दिएनन् । के का मगर्न बाँकि राखेका छन् ओलीले आफ्नो मन लागेका ।
६.भ्रष्टाचार गदैन । गरेको हेर्न पनि सक्दैन भन्दै सिंहदरबार देखि वडा कार्यलयको ढोका ढोकामा टास्न लगाए । उनले धार्मिक रितिरिवाज अनुसार नाग पञ्चमिमा नागको फोटा टाँसे झै गराए । तर उनका विश्वास पात्रहरु नै भ्रष्टाचारको केशमा बदनाम भए । उनकै विश्वास पात्र मन्त्री गोकुल बास्कोटा ७० करोडको अडियो काण्डमा फसे । उनले राजीनामा दिए । तर उनीमाथि अहिलेसम्म न छानबिन भयो न त कारवाहि नै उल्टै ओलीले सार्वजनिक भाषणमा नै उनको बचाउ गरे । उनका छुटहरुको नै महाभारत बन्ने अवस्था आएको छ ।
ओम्नी यति काण्डहरु ओलीकै पालामा भए । कोरोना विरुद्धको स्वास्थ्य सामाग्री खरिदमा करोडौं घोटलाको कुरा सार्वजनिक भयो तर सरकार सुशासनमा मुकदर्शक बनेर बस्यो ।
७.कोरोना भाइर कोभिड १९ को महामारीले विश्व आक्रान्त बन्यो । अर्थतन्त्र , र मानव जीवन नै तसह नहस भयो । तर ओलीका विश्वास पात्र मन्त्रीहरुको संलग्नतामा ओम्नी काण्ड घट्यो । तर ओलीले अझै कोरोनाको महामारीमा सरकारले अतभूत काम गरेको भन्दै फेरहस्ती प्रस्तुत गरीरहेका छन् । कोरोना भाइसर उच्च विन्दुमा फैलिरहेको अवस्थामा सरकारले बेहोस भएमात्र अस्तालले निस्शुल्क उपचार गर्ने घोषणा गरेको थियो । यो समयमा भ्रष्टाचारमा कुरा नमिलेर उनका मन्त्रीहरुबीच नै मुख बोल्न बन्द भएका समाचार कसैबाट लुकेका छैनन् । कोरोना भाइरस बाट आम नागरिक त्रसित बनेका र सचेतना बढाउनु पर्ने समयमा मन नपरेका डाक्टरहरुलाई जगेडामा राख्ने काम पनि ओली सरकारले गरेका थिए । ती डाक्टरको अपराध थियो विभिन्न संचार माध्यमाबाट जनचेतना बढाउनु ।
नेपालीको कोरोनाबाट मृत्यु दर कम हुनु सरकारले गरेर होइन कि नेपालीको रोगसंग लड्न सक्ने क्षमता बढी भएका कारण पनि हो । किन कि सरकार त कोरोना महामारीमा सधै विवाद र भ्रष्टाचारमा नै लिप्त देखियो ।
८.केहि दिन पहिला फेरी ओलीले निर्मला पन्तका हत्यारा बच्न नसक्ने बताएका छन् । अहिलेसम्म उनी असफल भएका छन् । यो तीन बर्षमा बलत्कार पछि हत्या घटनाहरुले पुरा देश झकझकाएको छ । तर उनी शान्ति सुरक्षाको रट लगाएर थाक्दैनन् । केहि दिन पहिला फेरी बैतडीमा बलत्कारपछि हत्या भएकी भागरथी भट्टका हत्यारा पत्ता लगाउन सकेको छैन ।
९.प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सफलतामा गणना गदै आएका छन् । तर सबै भन्दा बदनाम कार्यक्रम हो यो । उनका कार्यकर्ताहरुले मकै गोडेका भिडियो र फोटाहरु सामाजिक सञ्जालमा भाइरल भएका थिए । जुन प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थिए । उनका हरेक कुराहरु विवादीत छन् । भनाइ र गराइमा उनको कार्यकालमा कहिल्यै तादम्यता मिलेको देखिदैन ।
१०. उनले आफुले गरेका विकासका कामहरु गणना गरीरहदा गौरबका आयोजनाहरु अहिले पनि अलपत्र परेका छन् । उनी नियमित हुने विकासका कामहरुको फेरहस्ती लगाउछन् । तर उनले यो तीन बर्षमा यो विकास योजनाले देशको आर्थिक विकासमा यति टेवा पुगाउने छ भन्ने कुनै योजना बनाउन सकेनन् । सडक कालोपत्रे ,धरहरा ,रानी पोखरी पुननिमार्णका कामहरु गणना गरेर समयको बर्वा िदगदै आएका छन् । यी ऐतिहासिक कुराहरु हुन । तर नेपाली जनताको जीवनमा यी कुराहरुले कुनै असर गदैन । अझ नेकपाले घोषणा गरेको समाजवादमा यसको कुनै योगदान हुदैन ।
११. झुट त झुट नेपालबाट लोडसेडिङ आफुले हटाएको सार्वजनिक रुपमा नै भन्न अलिकति पनि हिच्किचाउदैनन ओली । जब कि लोडसेडिङ जनार्दन शर्माको पालमा हटेको हो । प्रधानमन्त्री थिए प्रचण्ड । उनले लोडसेडिङ हटाउने कुलमान घिसिङको कार्यकाल थप पनि गरेनन् । कार्यकाल थप घिसिङको लोकप्रियता झनै बढ्ने देखेर ।
१२. छिमेकी तथा अन्तराष्ट्रिय समुदायसँग सुमधुर सम्बन्ध बनाएको बताउने गरेका ओलीले दुवै छिमेकी र अन्तराष्ट्रिय सम्बन्धमा पनि कमजोर देखिए । एमसीसी पारित गराउछुं भनेर अमेरिकी अधिकारीहरुसँग ओली सरकारले प्रतिवद्धता गर्यो तर चौतर्फी आलोचना पछि उनी पार्टी भित्रै अल्पमतमा परे ।
चीन सरकारसँगको बिआरआई परियोजनाका काम अघि बढाउने रुची देखाएनन् । जसले गर्दा चीन पनि ओली सरकारसँग सन्तुष्ट हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्: