प्रचण्ड–माधव पक्षले भन्यो आम हड्ताल पूर्ण सफल ,सहयोग गर्ने सबैलाई धन्यवाद
काठमाडौं । २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले आज गरेको आमहड्ताल पूर्णरूपमा सफल भएको बताएको छ ।
आजको आमहड्ताल सफल भएको भन्दै केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तीमा जनसमुदायको आमहड्तालमा प्राप्त भएकाले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरेका छन् । आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल पारिएको भएको विज्ञप्तिमा लेखिएको छ ।
आमहड्तालमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ। आमहड्ताल गिरफ्तार भएकाहरुलाई अविलम्ब रिहा गर्न पनि माग गरिएको छ । यस्तै देशव्यापी गरेको आम हड्ताल आज साँझ ६ बजेपछि खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्: