अख्तियारका कार्यबाहक प्रमुख जोशीले दिए राजीनामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । कार्यबाहक प्रमुख गणेशराज जोशीले आजै राजीनामा दिएर सोसम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको पद तथा गोपनियताको शपथ भएको थियो । जसअनुसार राईको अख्तियारमा प्रवेश भएको हो । प्रधानमन्त्री केपी ओली निकट मानिने उनी पूर्व गृहसचिव हुन् ।
यस्तै अख्तियारको आयुक्तमा जयबहादुर चन्दको समेत नियुक्ति भएको छ । अख्तियारकै आयुक्तको रुपमा किशोर कुमार सिलवाल पनि नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: