प्रचण्डलाई यहाँसम्म पुर्याउने योद्धाका छोराछोरी छन् कि छैनन्ः ओली
काठमाडौं । ८ माघ । कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई यहाँसम्म पुर्याउने योद्धाहरुका सन्तान छन कि छैनन भन्दै प्रश्न गरेका छन् । उनले प्रचण्डले एक टिभि अन्र्तवार्ता आफ्ना छोरा छोरी भएका र ओलीका नभएकाले आलोचना गर्ने गरेको बताएका थिए । ओलीले आज प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गदै आफूलाई निसन्तान भन्ने नेकपा पुष्पकमल दाहाल प्रचण्डलाई कडा शब्दमा जवाफ दिदै भने ‘तपाईलाई यहाँ पुर्यााउने योद्धाका सन्तान थिए कि थिएनन् । उनीहरुले पनि तपाईका छोराछोरी जति सुखसुविधा पाए कि पाएनन् । मेरा त यो देशका सबै छोराछोरी हुन सबैलाई म माया गर्छु ।’
प्रधानमन्त्री ओलीले प्रचण्डले आफूलाई निसन्तान भनेको भन्दै उनले आफूले यो देशका सबै केटाकेटीलाई आफ्नै ठान्ने जवाफ दिएका हुन्। उनले आफ्नै केटाकेटी नभएका कारण आफूलाई केही गर्नुपनि नभएको बताए।
ुउहाँले मलाई ओलीको छोरोछोरी छैन। मेरा त छोरी छन्, ज्वाइँ छन्। अनि मैले उनीहरूको लागि नगरेर कसलाई गर्नु ? भन्नुभएको रहेछ उनले भने, ‘मेरो छोराछोरी छैनन्। यो देशका सबै केटाकेटीलाई मैले आफ्नै केटाकेटी ठान्छु।’
म उहाँलाई भन्न चाहन्छुु, उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन्रु, ज्वाइँ, आफन्त छन् कि छैनन’, उनले भने, ‘लड्ने बेलामा ज्यान दिने बेलामा योद्धा चाहियो, अरुका छोराछोरी चाहियो, आफ्ना छोराछोरी विदेश राखेर पढाउने अनि तर मार्ने बेलामा मेरा त छोराछोरी छन् के गर्न?’
प्रतिक्रिया दिनुहोस्: