Bagmati Samachar Logo

अदालतको फैसला नभएसम्म चुनावी गतिविधि रोक्न नेकपा प्रचण्ड–नेपाल पक्षको आग्रह

काठमाडौं । २७ पुस । नेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचनसम्बन्धी सवै गतिविधि तत्काल रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन सम्बन्धी गतिविधि तत्काल रोक्न आयोगको ध्यानाकर्षण गराएको हो । अहिले निर्वाचन गतिविधि सञ्चालन हुनु अदालतको विरुद्धमा हुने ठहर गर्दै चुनावी गतिविधि अघि नबढाउन नेकपाले आग्रह गरेको छ ।

संसद् विघटनको विषय अदालतमा छलफल भइरहेको हुदा निर्वाचन गतिविधिले मुद्दालाई प्रभाव पार्ने भएकोले आफूहरुले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको नेता लिलामणि पोखरेलले बताए । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेताहरु लिलामणि पोखरेल, रामनारायण बिँडारी, कृष्णभक्त पोखरेल, राजेन्द्र पाण्डेसहितको टोली सोमबार निर्वाचन आयोग पुगेको थियो ।