Bagmati Samachar Logo

अधिनायकवादी र निरंकुश नबन्न प्रचण्ड नेपालको चेतावनी

काठमाडौं । २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिनायकवादी र निरंकुश नबन्न चेतावनी दिएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पेरिसडाँडामा बसेको बैठकले प्रधानमन्त्री ओलीले केही समययता अधिनायकवादी र निरंकुश चरित्र प्रदर्शन गरिरहेको बताएको छ । बैठकले त्यस प्रकारको कार्य रोक्न निर्देशन दिएको श्रेष्ठले बताए ।

चारजना पूर्वन्यायाधीशहरुले जारी गरेको वक्तव्यप्रति ओलीले अपमान र धम्क्याउने काम गरेको भन्दै भर्त्सना गरेको पनि श्रेष्ठले बताए ।

श्रेष्ठले भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सरकारी सञ्चारमाध्यम गुटको पर्चाजस्तो बनिरहेको भन्दै भर्त्सना गरेको छ ।