संसद पुनःस्थापना भए तेस्रो दल हुने देउवालाई डर
काठमाडौं । १२ पुस । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि पुनःस्थापना वा चुनावमा जाने विषयमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस अन्यौलमा फसेको छ । संसद विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भइरहेको बेला कांग्रेससमा समेत मतक्यौता देख्न सकिएको छैन ।
विभाजित नेकपाकको अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूह सडकमा आन्दोलनमा छ । संसद पुनःस्थापनाको मागसहित प्रचण्ड–नेपाल समूह सडकमा छ ।
जसमा जनता समाजवादी पार्टीको समेत सहभागिता रहेको छ । यता प्रमुख प्रतिपक्ष कांग्रेस संसद पुनःस्थापनाको माग गर्ने कि नगर्ने भन्ने विषयमा अल्झिरहेको छ । प्रधानमन्त्री ओलीले संविधान मिचोर संसद विघटन गरेर लोकतन्त्र विरुद्ध गएको भन्ने एकथरी कांग्रेसका निश्कर्ष छ ।
यद्यपित विज्ञप्तिमा संसद विघटन असंबैधानिक भन्न सकेको छैन । ओली सरकारविरुद्ध आन्दोलनमा जाने तर एजेन्डा के भन्ने कांग्रेसले प्रष्ट्याउन सकेको छैन ।
देउवालाई सडकमा आउन दबाब
संसद विघटनसँगै सृजित राजनीतिक घटनाक्रमपछि प्रमुख प्रतिपक्ष कांग्रेसको दुई खेमाबीच पुनः मतान्तर देखिएको छ । सभापति शेरबहादुर देउवा संसद विघटन भएपछि ताजा जनादेशमा जानुपर्ने पक्षमा उभिएका छन् ।
विघटनको मुद्दा संवैधानिक अदालतमा पुगेकाले उसको फैसला जे आउँछ त्यही हुन्छ भन्ने पक्षमा रहेका नेता गोपालमान श्रेष्ठले समाचार दैनिसँग बताए । उनले भने– ‘प्रतिगमनको विरोध गरेका छौँ । संविधानको बर्खिलापमा ओली गएका छन् । यो असंवैधानिक कदम हो । भष्ट्राचारीलाई संरक्षण गरेको छ, ओलीको कुशासनका विरुद्ध हामी उभिएका छौँ । विघटनको मुद्दा संवैधानिक अदालतमा छ, हामीले बोलेर केही हुँदैन । त्यही भएर सभापति शेरबहादुर देउवाले पुनःस्थापना नभन्नु भएको हो ।’
कांग्रेसले १३ गते देशव्यापी विरोध प्रर्दशन गर्दैछ । विघटनको विरोध गरेपनि संसद पुनःस्थापना हुनुपर्छ भनेर विज्ञप्तीमा नलेखेकाले कतिपय केन्द्रीय नेताहरु देउवालाई भेट्न गएका थिए ।
केन्द्रीय नेताहरुले– ‘ओलीले संविधानमा नै नभएको अधिकार प्रयोग गरेकाले यसको विरोधमात्र होइन, संसद पुनःस्थापनाको माग गर्नु पर्छ ।’ भनेर सुझाउन गएका थिए । तर, देउवाले उनीहरुलाई निरास बनाएर फर्काए । भेटमा सहभागी एक केन्द्रीय नेताले भने– ‘हामीले संसद पुनःस्थापना हुनुपर्छ भन्ने माग हुनुपर्छ भन्दा सभापतिले संसद स्थापना भएपछि प्रमुख प्रतिपक्ष दल पनि हुन नपाउने अवस्था छ । के हामी प्रमुख प्रतिपक्ष दलको नेता पनि नहुनु ? तेस्रो दलको नेता भएर बस्नु ? चुनाव होस्, पुनःस्थापना नहोस ।’
देउवाको जस्तै शब्द प्रयोग नगरेपनि उनी निकट श्रेष्ठलेसमेत देउवाको विचारसँग मेल खाने तर्क गरेका छन् । ‘संसद विघटन गरेकोमा विरोध गरेका छौँ । मुद्दा संवैधानिक इजलासमा भएकाले पुनःस्थापना नभनिएको हो ।
दुई तिहाइको सरकारले संसद विघटन गरेपछि हाम्रो त दुवै हातमा लड्डु छ । संसद पुनःस्थापना हुँदा र निर्वाचन भए पनि, हामी माथि हुने छौँ’, श्रेष्ठले भने । उनले भने– ‘पाँच वर्ष कुर्नुपर्छ भन्ने छैन । सरकार असक्षम भएपछि हामीले खोजेको त चुनाव हो । दुवै हातमा लड्डु छ । संसद पुनःस्थापना भएपनि हामी माथि छाँै । हामीबिना सरकार गठन हुन सक्दैन । हामी सरकारमा जान पाउछाँै। संसद पुनःस्थापना नभएमा हामी निर्वाचनबाट बहुमतको सरकार बनाउछाँै ।’
तर, रामचन्द्र पौडेल पक्षका नेताहरु भने ओलीको बोलीमा बोली नमिलाउन देउवालाई दबाब दिइरहेका छन् । ओलीद्वारा असंवैधानिक कदम चालिएकाले त्यहीबाट सच्याउनु पर्ने जिकिर पौडेल पक्षको छ ।
पौडेल निकट अर्जुन नरसिंह केसी विघटित संसद पुनःस्थापना हुनु पर्ने बताउँछन् । ‘संविधानको कुनै धारामा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन । ०४७ सालको संविधानमा यो अधिकार थियो । तर, अहिलेको संविधानमा कुनै व्यवस्था छैन । स्थिरताको निम्ति भनेर प्रधानमन्त्रीलाई यो अधिकार नराखेको हो । तर ओलीको यो कदम अनिस्ठताको यात्रा हो ।
उनीबाट भुल भएको छ’, केसीले भने– ‘वैधानिकतामाथि प्रश्न उठेको छ । संसद पुनःस्थापना हुनुपर्छ । संविधानमाथि हस्तक्षेप भयो । यो अनिष्ठ हो ।’ केसीले भने– ‘ऐतिहासिक जिम्मेवारी आएको छ । हामी विधिमा विश्वास गर्छांै । नेकपाको कुन पक्षमा भन्दा पनि हामी संविधानमाथि भएका ठाडो हस्तक्षेप र संसद विघटनको विरोधी हौँ । संविधानमाथि आक्रमणको अवस्थामा पु¥याउन दुवै पक्ष जिम्मेवार छन् । कांग्रेस लोकतन्त्रको आधारभूत मान्यतामा चल्छ । कुनै पनि गोलमालमा लाग्दैन । लाग्नु पनि हुँदैन ।’
१३ गते देशै भरी आन्दोलन गदैछ । तर आन्दोलन संसद पुनःस्थापनाको माग भन्दा पनि औपचारिकताका लागि भएको कांग्रेसका नेताहरु बताउँन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्: