गाउँपालिका उपाध्यक्षद्वारा पदबाट राजीनामा
मकवानपुर । २९ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पदबाट राजीनामा दिएकी छन् । बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा विवाद अध्यक्ष र कर्मचारीबीच अपमानित भएपछि उनले सोमबार राजीनामा दिएको बताइएको छ ।
राजीनामा दिएकी उनी सम्पर्कबिहिन भएको बताइएको छ । उनले नियमित चलाउँदै आएको मोबाइल स्वीच अफ रहेको छ ।
उनी विगतदेखि नै गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी थिइन् । तर अध्यक्ष एकराज उप्रेतीले भने राजीनामा नदिएको बागमति समाचारलाई बताए । उनले भने ‘गाउँपालिकामा आएर राजीनामा बुझाएको छैन । सामाजिक संजालमा के के लेखे मलाई जानकारी छैन ।’
प्रतिक्रिया दिनुहोस्: