नेकपाका नेताहरु भन्छन् ,मिल्नुको विकल्प छैन तर रुपान्तरण चाहिन्छ

काठमाडौ । २८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंसिर २१ गतेबाट सुरु भएको छ । पहिलो दिनको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्तव्य राखे । प्रचण्डको मन्तव्यपछि बैठक एक हप्ताकोलागि स्थगित भयो ।
पार्टी कार्यलय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन् ।
उनी उपस्थित नभएकाले पनि बैठक एक हप्ताकोलागि स्थगित भएको थियो । बैठकमा नै यो एक हप्तामा अनौपचारीक रुपमा बहस छलफल गर्ने भनिएको थियो । सोही अनुसार छलफल भेटघाट विभिन्न तहमा भए । अध्यषद्धय नै छलफलमा बसेका थिए । तर निस्कर्ष भने केहि निस्कन सकेन ।
२८ गते बसेको स्थायी कमिटी बैठकमा भने पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको मृत्युमा शोक प्रस्ताव पास गरेर बैठक सकिएको छ ।
नेकपामा पछिल्लो समयमा विवाद चर्चो रुपमा चलिरहेको छ । विवाद यति सम्म चर्केको छ कि एक अध्यक्षको प्रस्तावलाई अर्को अध्यक्षले स्वीकार्न नै चाहेका छैनन् । सबैभन्दा धेरै विवाद अध्यक्षद्धयसहित शीर्ष नेताकै बीचमा छ ।
त्यसपछि विवाद सचिवालयमा छ । यस्तो अवस्थामा पार्टी अब कसरी अगाडि बढ्छ भन्नेमा सबैको चासो र चिन्ता छ । अबको स्थायी कमिटीले के निर्णय गर्ला भनेर सबैको नजर त्यहि तर्फ छ । पछिल्लो समयमा नेकपामा बहुमत अल्मतको बहस पनि चर्को रुपमा उठिरहको छ ।
यदि अल्पमत बहुमतमा गयो भने के हुने भन्ने चासो सबैमा छ । पछिल्लो समयमा बहुमत पक्षहरुले सके मिलेर सहमतिमा जाने हो नभएमा कमिटीको अन्तिम निर्णय भनेको बहुमत अल्पमत हो भन्दै आएको छ ।
अल्पमत पक्षाले विधानमा नै सहमतिबाट जाने भनेकाले सहमति भन्दा बाहिर गएर महाधिवेशन भन्दा पहिला कुनै निर्णय मान्य नहुने बताईरहेका छन् ।
दुई पक्षको यस्तो अडानकाबीच हामीले नेकपाका केही स्थायी कमिटी सदस्यलाई बैठकबाट कसरी निस्कन्छ त निकाश भनेर सोधेका छौं ।
सुरेन्द्र पाण्डे , स्थायी कमिटी सदस्य
नेकपा बनेको मिलेर हो । यो नमिलेर कामै छैन । नमिल्ने भन्ने छैन । बैठक बस्ने भनेको नै मिल्नकोलागि होइन र रु झगडा गर्नकोलागि कसैले बैठक बोलाउछ रु बैठक हुने भनेको मत भिन्नताहरुमाथि बहस छलफल गर्ने हो । पार्टी भित्र बहस छलफल हुन्छ ।
त्यसबाट नयाँ निस्कर्ष निस्कन्छ । त्यसले पार्टीलाई नयाँ गति दिन्छ । पार्टी अहिले भन्दा झन एक ढीक्का भएर आउछ । कम्युनिस्ट पार्टीमा बहस छलफल हुन्छ नै । यसमा कसैले के हुन्छ भन्ने होइन । मिल्छ । अहिले त पार्टीमा विचारको बहस विधिको बहस भएको हो । यसबाट सकारात्मक निस्कर्ष निस्कन्छ । अनि पार्टी झन मजबुत भएर अगाडि बढ्छ ।
रघुवीर महासेठ , स्थायी कमिटी सदस्य
मिलेर जानको अर्को विकल्प छैन । सचिवालय हुदै स्थायी कमिटीमा दुई प्रस्ताव आएका छन् । अहिले छलफल गर्ने नगर्ने भन्ने हुदैन । छलफल हुन्छ । आवश्यकता परेमा दुबै अध्यक्ष पछाडि फर्कनु पर्छ ।
दुबैका प्रतिवेदन फिर्ता लिन पनि सक्छन् । तर यसपाली मिलाएर जान्छौ । पार्टीमा बहस भयो भन्दैमा डराउनु पर्ने हुदैन । के नै पो हुन्छ कि भन्ने होइन ।
जीवन्त पार्टीमा बहस हन्छ । पार्टी विभाजन हुन्छ भन्ने छैन । हामीहरु मिलेर जान्छौ । जनताको जनमत हामीलाई छ । पार्टी नेता कार्यकर्ताको आशा भरोस विश्वास छ । यो सबै कुरा जोगाउनु नै अहिलेको मुख्य आवश्यकता हो ।
आवश्यकता परेमा सबैले एक कदम पछाडि हट्नु पर्छ । सबैले आफ्नो कमि कमजोरी स्वीकारेमा एकता त्यसै हुन्छ ।
लिलामणी पोखरेल, स्थायी कमिटी सदस्य
अहिलेको यहि यथास्थितिमा पार्टी एकताबद्ध भएर कसरी जान्छ रु यहि अवस्थामा त जादैन , समग्र कुराहरुमा रुपमान्तरण हुनु पर्छ । अर्कमण्यतामा पार्टी चल्दैन । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली माथि प्रश्न उठेका छन् । यसको जवाफ दिनु पर्छ ।
बैठक पनि निरन्तर हुनु पर्ने हो । सधै यसरी ग्याप गर्नु पनि ठिक भएन । पार्टीका काम असरल्ल छन् । यसरी ग्याप गदै समय कटाउने मेलो भयो । जीवन्त पार्टीमा यस्तो हुदैन । तर यहाँ दिन कटाउने काम मात्र हुन थालेको छ ।
पार्टी बनाउनु पर्ने हो भने ओली रुपान्तरण हुनु पर्छ । उठेका प्रश्नको हल हनु पर्छ । उहाँमाथि धेरै प्रश्न उठेका छन् । यी प्रश्न सहि हुन अथवा होइने जवाफ चाहिन्छ । यसको जवाफ सहितको रुपमान्तरण चाहिन्छ ।
पार्टी चलाउने हो भने विचार संगठनको मामलामा कठोर हुनु पर्छ । अध्यक्ष केपी शर्मा माथि प्रश्न उठेका छन्, तीनको जवाफ दिनु प¥यो । प्रचण्डको र हाम्रो पनि कमजोरी छ भने रुपमान्तरण हुनु प¥यो तर बिना रुपमान्तरण पार्टी चल्दैन । जनताको विश्वासमाथि कसैले खेलबाड गर्नु भएन । यसको छिनोफानो यो बैठकले गर्नु पर्छ । मिल्नु पर्छ तर यथास्थितिमा होइन रुपान्तरण सहितको एकता अहिलेको आवश्यकता हो ।
सत्यनारायण मण्डल , स्थायी कमिटी सदस्य
पार्टी नमिली सुखै छैन । दुबै प्रस्ताव पेश भएका छन् । छलफलमा को कसरी प्रस्तुत हुन्छन् त्यसैमा भर पर्छ , अब कसरी जान्छ बैठक भनेर । तर पनि मिलेर जानकोलागि नै हो आजसम्मको भेटघाट छलफल । केपी को हो र भन्दै धुम्बाराही पुगेको टिम आज बालुवाटारमा नरम तरिकाले पुगेका थिए ।
यसबाट थाहा हुन्छ कि पार्टी मिलन तर्फ जादै छ । अस्ति धुम्बाराहीमा नै बैठक बस्नु पर्छ भन्नेहरु आज बालुवाटार बैठक बस्न राजी भएका छन् । पार्टी मिलेर जानु पर्छ । राम्रो कामको जिम्मेवारी पनि लिनु पर्छ ।
नराम्रा कामको पनि जिम्मा लिनु पर्छ । सबै नराम्रा काम नेकपाको सरकारको पालमा भएको हो ? सबै कुरा द्धन्द्धवादी हुन्छ । त्यसकारण सबै मिलेर नेकपाको एकता बचाउनु पर्छ । मिलेन भने सबैको भविश्य अन्धकार हुन्छ । जनताले हामी सबैबाट हिसाब माग्छ ।
हामी सबै यसको जिम्मेवारी हुन्छौ । यदि पार्टी विभाजन भएमा सबैले हिसाब दिनु पर्छ । विभाजनबाट कोहि पनि उम्कन पाउदैनन् । सबै नेताहरुले शान्त भएर सोचेमा एकता हुन मिल्न समय नै लाग्दैन ।
प्रतिक्रिया दिनुहोस्: