साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै

काठमाडौं । २२ मंसिर । साझा र विवेकशील पार्टीबीच पुन एकता हुदै छ । झण्डै दुई वर्षअघि फुटेर बनेका यी दुई पार्टीलाई पुनः एकीकरण हुने भएको छ । दुई पाटीबीच एकिकरण गर्न नेताहरु लामो समयदेखि निरन्तर वार्तामा थिए।
अन्ततः एकीकृत पार्टीको नामा विवेकशील साझा रहने गरी पुस २४ गते एकताको घोषणा गर्ने भएका हुन्।
एकीकृत पार्टीको अध्यक्षमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने गरी दुई पार्टीको पुनः एकीकरण हुन लागेको हो।
एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ६५–६५ जना गरी १३० जना सदस्य रहने सहमति भएको एक नेताले बताए । त्यसैगरी १२ देखि १४ जनासम्मको कार्यसमितिमा पनि दुवै तर्फका बराबर सदस्य रहनेछन्।
ती नेताका अनुसार बुधबार एकता घोषणा अनलाइन कार्यक्रमबाटै गरिनेछ। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति भएको छ भने चुनाव चिन्ह तराजु हुनेछ।
यसअघि साझाको तराजु र विवेकशीलको मुस्कानसहितको मुखाकृत चुनाव चिन्ह रहेको थियो।
यसअघि नै दुबै पार्टीले एकीकरणका लागि वार्ता समिति गठन गरी छलफल अघि बढाएका थिए।
प्रतिक्रिया दिनुहोस्: