नेकपा विवादः ओलीले भने दुबै पद छोड्दै
काठमाडौं । २० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले दुबै पद नछोड्ने बताएका छन् ।
आज बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले आफुले महाधिवेशन र निर्वाचन भन्दा पहिला कुनै पनि पद नछोड्ने बताएका छन् । ओलीको भनाइ भन्दै एक सचिवालय सदस्यले भने‘आजको बैठकमा अध्यक्षा तथा प्रधानमन्त्री केपी ओलीले आफु दुबै पद नछोड्ने कुरा राख्नु भयो । मलाई हटाउन चाहनु भएको हो भने त्यो कुरा मान्य हुदैन । अनि स्थायी कमिटी बैठकको पनि काम छैन । स्थायी कमिटी बैठक किन बस्नु प¥र्यो ।’
आज नै बैठक सुरु हुनु भन्दा पहिला दुबै अध्यक्षबीच करिब आधा घण्टा वान टु वान वार्ता भएको थियो । वार्तामा पनि कुरा नमिलेको स्रोतले बताए । उनले भने ‘वान टु वानमा पनि केहि सममति हुन सकेन । तर २६ दिन पछि दुबै अध्यक्षबीच सम्वाद भएको छ ।’
ओलीले भोलीलाई बोलाएको स्थायी कमिटीको बैठक रोक्नु पर्ने माग राखेका थिए । उनले तयारी नपुगेको ,ठोस प्रस्ताव पनि नभएको र कार्यसूची पनि नबनेकाले भोलीको बैठक रोकौ भनेको स्रोतले बताए ।
उनले स्थायी कमिट रोक्नु पर्ने धारणा राखेपनि बुहमत सचिवालय सदस्यले भोली बोलाएको बैठक नरोक्ने धारणा राखेका थिए ।
सचिवालयमा पेश भएका दुबै प्रस्तावलाई स्थायी कमिटीमा लगेर छलफल गर्ने तयारी भएको सचिवालय सदस्य झलनाथ खनालले बताए । उनले भने ‘ओलीले त बैठकको आवश्यकता छैनन भन्नु भएको थियो । हामी सबैले दुबै प्रस्ताव स्थायी कमिटीमा लगेर बहस छलफल गर्नु पर्छ । बैठकबाट जे निर्णय हुन्छ त्यहि सबैले मान्नु पर्ने हुन्छ ।’
भोलीको स्थायी कमिटीको बैठक पार्टी कार्यलय धुम्बाराहीमा बस्ने छ । तर ओली बैठकमा जाने नजाने भने टुङगो भएको छैन । बुधबार धुम्बाराहीमा बस्ने भनेको सचिवालय बैठकमा ओली सुरुक्षाको कारण देखाएर जान नमानेपछि बैठक बालुवाटारमा नै बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्: