नेकपा विवादबारे राष्ट्रपतिको चासो, समाधानका लागि उपाध्यक्ष गौतमलाई भूमिका खेल्न आग्रह
काठमाडौं । १८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी छन्।
मंगलबार साँझ राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई शितल निवासमा बोलाएर पार्टी विवादबारे छलफल गरेकी हुन्।
भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए।
ुपार्टीको एकताका लागि तपाईंले विगतमा जस्तै भूमिका खेल्नुपर्यो। पार्टीलाई फुटबाट जोगाउन तपाईंको सक्रियता जरुरी छ भनेर राष्ट्रपतिले भन्नुभएको रहेछ,सुवेदीले भने,ुजवाफमा वामदेव कमरेडले आफू दत्तचित्त भएर पार्टी एकताका लागि पहल गर्ने बताउनुभएको मैले जानकारी पाएँ।ु
पछिल्लो समय नेकपमा अध्यक्षद्वयको विवाद उत्कर्षमा पुगेको छ।
गत शनिबार दुई अध्यक्षबीच भेट भएको थियो। भेटमा प्रचण्डले ओलीसँग प्रधानमन्त्रीको पद मागेको ओलीनिकट नेताले बताएका थिए भने ओलीले पार्टी अलग गर्न भनेको प्रचण्डले खुमलटार ब्रिफिङमा बताएका थिए।
प्रतिक्रिया दिनुहोस्: