Bagmati Samachar Logo

इच्छुकको अपमान परिवर्तनकै अपमान हो –महरा

दाङ । २४ साउन । पुर्व सभामुख एवं प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराले प्रगतिशील साहित्यकार तथा पत्रकार कृष्णसेन इच्छुकको कसैले अपमान गरे परिवर्तनकै अपमान हुने बताएका छन् ।

देशमा भएको पछिल्लो परिर्वतनका लागि ‘ईच्छुक’ ले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै त्यसलाई अपमान गर्ने कार्य कसैले गर्न नहुने महराले बताएका हुन् ।

शनिबार दाङको घोराहीमा आयोजित स्वर्गीय लोककुमारी रिजालको चौथो स्मृति सभा एवं पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो धारण व्यक्त गर्नु भएका हुन ।

नेपाल सरकारले गत २०६८ पुष ५ गते लमही –तुलसीपुर सडक खण्डलाई कृष्णसेन मार्ग नामाकरण गरेथियो पछि फेरी जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभाले लमही घोराही तुलसीपुर सडक खण्डको नाम परिर्वतन गर्ने निर्णयले कृष्णसेन प्रतिको अपमान भएको बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथी रहेका महराले कृष्णसेन प्रतिको सम्मान नै सम्पूर्ण सहिद प्रतिको सम्मान हुने उल्लेख गरेका छन् । कार्यक्रममा बोल्दै महराले नेपालमा राजनितिक पुजीवाँदको हावी भएको र त्यसले विकृत संस्कृतिको स्थापना गरेको बताए ।

कार्यक्रममा प्रेस संगठनले स्थापना गरेको कृष्णसेन पत्रकारीता पुरस्कारबाट राप्तीपोष्ट दैनिकका सम्पादक एवं प्रकाशक शरद अधिकारी, पत्रकार महासंघले स्थापना गरेको पुरस्कारबाट पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केपी मसाल, लोककुमारी पत्रकारिता पुरस्कारबाट पाण्डब शर्मा, प्रतिभा पुरस्कारबाट लक्ष्मण विश्वकर्मा, शान्तकुमार बुढा मगर र अमृता भुषालाई प्रदान गरिएको थियो । पुरस्कृत व्यतित्वलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, प्रेस स्वतन्त्र सेनानी सुशिल गौतम,नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेल, पूर्व अध्यक्ष प्रताव रेग्मी, पुरस्कृत व्यक्तित्व शरद अधिकारी पत्रकार महासंघ दाङका सल्लाहकार सुदिप गौतम,लगाएतले प्रगतिशील साहित्यकार तथा पत्रकार इच्छुकको योगदानको मुक्तकण्ठले प्रसंसा गरेका छन् ।