मेयर महतको पहलमा ४ छोरा गुमाएकी वृद्धाको बन्यो नयाँ घर
हेटौंडा । ६ साउन ।उपमहानगरपालिका वडा नम्बर ९ की एकल वृद्दा महिला सुभद्रा दर्नालको घर निर्माण कार्य सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको पहलमा ७० वर्षीय वृद्धालाई बसोबास गर्नका घरको निमार्ण गरि आज एक कार्यक्रमको आयोजनाको साथ उद्धघाटन गरेको छ ।
बिभीन्न आन्दोलनमा चार छोरा गुमाउनुभएकी दर्नाललाई घर निर्माण गरेर आज हस्तान्तरण गरेको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले झुप्रो घरमा वस्दै आउनुभएकी द्वन्द पीडित आमालाई घर प्रवेस गराउनुभएको छ ।

उपमहानगरपालिकाले स्वर्गिय पुस्पलाल श्रेष्ठ र वीपी कोइरालाको स्मृतिको अवसर पारेर द्वन्द पीडित दर्नाललाई घर हस्तान्तरण गरेको हो ।
नेपालको २०४६ र ५२ सालको जनआन्दोलनमा ४ जना छोरा गुमाएकी ७० वर्षीय वृद्दा महिलालाई बसोबास गर्नका लागि घर नभएको भन्दै बिभिन्न संचार माध्यामहरुले समाचार प्रकाशन गरेपछि मेयर हरिबहादुर महत स्थानमा वृद्दा आमालाई भेटन पुगेका थिए ।
मेयर महतको सहयोगमा घर निर्माणकार्य सम्पन्न भएको छ भने बस्ने बासको व्यवस्था भएकोमा वृद्धा महिला दर्नालले खुसी व्यक्त गरेकी छन् ।
बिभिन्न रोग बाट पिडित समेत रहेकी दर्नालले सबैको सहयोगले घर बने सँगै आफु काम गर्न सक्ने अवस्था नरहेकोले जिवीका कसरी चलाउने चिन्ताले सताएको थियो त्यो खर्चको व्यवस्था पनि मेयर महतले जुटाईदिएको भन्दै खुःसी व्यक्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्: