Bagmati Samachar Logo

अनशनरत ‘इनफ इज इनफ’ का अभियानता भेट्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । १८ असार । कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अनशन बसेका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।

ई : लगायतका अनसनरत युवाहरुलाई भेट्न प्रधानमन्त्री ओली ह्याम्स अस्पताल पुगेका हुन् । पाटनमा अनशन बसेका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार नै ह्याम्स लगिएको थियो । भेटमा प्रधानमन्त्री ओलीले अनशन तोड्न र सम्वादमा आउन आग्रह गरेका छन् ।

कोरोना संक्रमणको जाँच गर्न पीसीआर विधिबाटै परीक्षण गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, स्वास्थ्य उपचार प्रभावकारी बनाउनुपर्ने माग गर्दै ईस्लगायत अभियन्ता असार १२ गतेदेखि पाटनमा अनशन बसेका थिए ।

बिहीबार पाटन दरबारस्थित कृष्णमन्दिर अगाडि सरकारको लापरबाहीले जनता मर्दैछन्, आरडिटी रोक, पीसीआरको बढाउ, क्वारेन्टिन सुरक्षित गर लगायतका नारा लगाउँदै सरकार बिरुद्ध प्रदर्शन गरेका थिए ।

यसअघि उक्त अभियानमा स्वतन्त्र युवाको मात्र सहभागी हुने गरेको देखिएको थियो तर बिहीबारको प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता र नागरिक अगुवाको पनि सहभागिता रहेको थियो । राप्रपाका अध्यक्ष कमल थापा, जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीलगायतका प्रदर्शनमा सहभागी थिए ।