Bagmati Samachar Logo

ओली समूहभित्रै मन नपराइएका ४ चर्चित काण्ड

काठमाडौं । १९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढेर नेता एकआपसमा भिडिरहेका छन् । एकका विरुद्ध अर्को समूह छलफल भेटघाटमा व्यस्त छन् । संसददेखि पार्टीसम्म कसले बहुमत पुगाउने भनेर पनि नेकपामा हानथाप चलेको छ । अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नहुने उनी निकट नेताले भन्दै आएका छन् ।

मनमर्जी रूपमा सरकार चलाएको, नेताहरूसँग छलफल नगरी अध्यादेश ल्याएको भन्दै जसरी हुन्छ यहि समयमा ओलीले राजीनामा दिलाउनु पर्ने अर्को समूहको माग छ । नेताहरू बीचको विवादका कारण नै १७ वैशाखमा ओलीले बालुवाटारमा आफूनिकट सांसदको हस्ताक्षर नै गराए । उक्त अभियानमा कति सांसदले हस्ताक्षर अहिलेसम्म बाहिर आएको छैन । उता, प्रचण र नेपाल समूहले पनि दैनिक जसो भेटघाट छलफल गरिरहेका छन् ।

अहिले ओली समूहले आफूहरू बहुमत रहको दाबी गरिरहेका छन् । अर्को समूहले पनि आफूहरू बहुमतमा रहेको दाबी गर्दै आएका छन् । तर, यसबीचमा नेकपाका नेता, सरकार र मन्त्री संलग्न केही काण्ड भए । जुन सबैमा ओली समूहका नेताहरू मुछिए । यस्ता छन् काण्ड

७० करोडको कमिसन काण्ड

फागुन ५ गते काभ्रेमा कार्यक्रम थियो । उक्त कार्यक्रम तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको गृह जिल्लामा भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली । ओलीले उक्त कार्यक्रममा भनेका थिए, एकातर्फ सबै नेता अर्कोतर्फ गोकुल बाँस्कोट । अझ अगाडि भने ‘विरोधीहरू गोकुल बाँस्कोटाको अनुहार देख्नेबित्तिकै भाग्छन् ।’ यसबाट नै थाह हुन्छ बास्कोटा(ओलीको सम्बन्ध ।

त्यस्तो भनेको केही दिनमा नै बाँस्कोटाले प्रिन्टिङ प्रेस छाप्ने मसिन ल्याउनको लागि एजेन्टसँग ७० करोड कमिसन डिल गर्दै गरेको अडियो मिडियामा सार्वजनिक भयो ।

उक्त अडियोपछि आम मानिसले मात्र होइन नेकपाभित्र पनि यसको विरोध भयो । ओली समूहमा पनि एक टिमले अहिले पनि यो काण्ड यत्तिकै सामसुम हुने होकी भनेर चिन्ता व्यक्त गर्छन् । उनीहरू अहिले ओली समूहमा भए पनि बाँस्कोटाको यो काण्डले आफ्नो समूहको र पार्टीको नै बदनाम भएको बताउँछन् । यसको पार्टीभित्र पनि छानबिन हुनु पर्ने बताउँछन् ।

ओम्नी काण्ड

विश्व कोरोनाको महामारीमा छ । नेपालमा पनि यसको असर नपर्ने कुरा छैन । आजसम्म नेपालमा कोरोना भाइरसको सक्रमण ५९ जनामा कोरोना भाइसरको सक्रमण भेटिएको छ । यसमा १६ जना सन्चो भएर घर फर्किसकेका छन् ।

नेपालमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि उच्चस्तरीय समिति नै बनेको छ । उक्त समितिमा उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा बनेको छ । यसमा अन्य मन्त्रीहरू पनि सदस्य रहेका छन् ।

तर, सरकारले चीनबाट कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि स्वास्थ्य उपकरण खरिद गर्ने निर्णय गरेको थियो । उक्त खरिद प्रक्रियामा सरकारका मन्त्रीहरू नै संलग्न रहेको समाचार बारिह आए । सरकारले ुजीटुजीु गर्नु पर्ने सम्झौता ओम्नी नामक निजी कम्पनीलाई दिएपछि विवाद बाहिर आएको थियो । महामारीको समयमा पनि सरकारका मानिस कमिसन खाने बाटोमा लागेका विरोध भयो । उक्त कम्पनीले पहिलो चरणमा उपकरणहरू ल्याए पनि अर्को चरणको ल्याउन पाएन ।

सरकारले नै उससँग गरेको सम्झौता रद्द गरेको थियो । यो प्रकरणले सरकार र नेकपा नै बदनाम भएको र यसमा प्रधानमन्त्रीले कुनै ुएक्सनु लिन नसकेको ओली नेताहरू बताउँछन् । ओलीनिकट १ नेताले भने ‘हामी ओली समूहका हौँ । तर, हामी निकटका नेताहरूको नै संलग्नातामा भएका पछिल्ला घटनाहरूले आफैँलाई लाज लाग्ने भएको छ ।’

अध्यादेश काण्ड

प्रधानमन्त्री ओलीले ८ वैशाखमा ल्याएको अध्यादेशले पार्टी र सरकारबीच फाटो ल्याएकाले अहिले नेकपामा वारपारको अवस्था आएको छ । यो प्रधानमन्त्रीको अदूरदृष्टिको कारण भएको उनी निकट नेताहरू नै बताउँछन् ।

यस्तो अवस्थामा सबैसँग छलफल गरेर अध्यादेश ल्याएको भए विवाद हुँदैन थियो । अहिले विवाद थेग्न नै नसकिने गरी बढेको छु ती सदस्यले भने, ुआफैँ नेतृत्वमा भएको समयमा सबैलाई समेटेर गएको भए नेकपामा अहिले यत्रो विवाद आउने थिएन । अब के गर्नु आफू ओली निकट भएर चिनिएका छौँ । उहाँको पक्षमा बोल्नु नै पर्छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश सरकार ल्याएको थियो । चौतर्फी विरोध भएपछि जारी भएको पाँच दिनमै दुवै अध्यादेश सकारले फिर्ता लिएको थियो । अध्यादेश जारी गर्न सिफारिस गरेको दिनमै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश प्रमाणीकरण भएर जारी भएपछि राष्ट्रपतिको पनि आलोचना भएको थियो ।

अपहरण काण्ड

नेकपाका २ जना सांसद र १ जना पूर्व आइजीपी संलग्न भएको तत्कालीन समाजवादीका सांसद सुरेन्द्र यादव राजनीति अपहरण काण्ड अहिले चर्चामा छ । समाजवादीबाट हाल जनता समाजवादी बनेको पार्टीले अपहरण मुद्दा दर्ता गर्ने प्रयास गरे पनि सफल हुन सकेन । अन्तिमा केही नलागेपछि मानवअधिकार आयोगमा अपहरणको मुद्दा दायर गरेका छन् ।

केही दिन पहिला नेकपाका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेत, अर्का सांसद किसन श्रेष्ठ ९किसान० र पूर्व आइजीपी सवेन्द्र खनालले महोत्तरीबाट समाजवादी पार्टीका सांसद यादवलाई प्रधानमन्त्रीसँग भेट गराएर मन्त्री पद दिने भनेर काठमाडौं ल्याएका थिए । पछि यो काण्ड बाहिरिएपछि नेकपाभित्र नै यो काण्डको छानबिन हुनु पर्ने माग उठेको छ ।

नेकपाका नेताहरूले नै यसको विरोध गरेका छन् । यो काण्डमाको सुसुप्त रूपमा विरोध गर्नेमा ओली समूहका नेताहरू पनि रहेका छन् । उनीहरू भन्छन् ुसांसदजस्तो गरिमामय पदमा रहेका मानिस नै सांसद अपहरणमा संलग्न हुनुले पार्टी र सांसदको नै बदनाम भएको छ । यो काण्डले सिंगो पार्टीको नै बदनाम भएको छ । यसको विरोधमा ओली समूह नै लागेका छन् । शिलापत्र बाट