यस्ता छन् केही देशले लागू गरेका अनौठा लकडाउन

एजेन्सी
काठमाडौं । २० चैत । कोरोना भाइरसको संक्रमण रोक्न विश्वका अधिकांश देशमा लकडाउन छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने सबैभन्दा उत्तम तरिका अहिलेलाई मानवीय गतिविधि नियन्त्रण नै देखिएको छ ।
यही लकडाउनलाई सफल बनाउन पनि कैयौं देशहरूलाई हम्मेहम्मे परेको छ । आज विश्वका धेरै देशले लकडाउन सफल बनाउन फरक–फरक तरिका अपनाएका छन् । तरिका फरक भए पनि सबैको उद्देश्य भने कोराना भाइरसको रोकथाम र नियन्त्रण नै हो ।
१. पनामा
मध्यअमेरिकी देश पनामामा अहिलेसम्म कोरोना भाइरसबाट १ हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् भन् २८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन गरिएको छ । तर, यहाँको लकडाउन अन्य देशको भन्दा फरक छ ।
पनामामा लकडाउन जारी छ । तर, यहाँ अतिआवश्यक सामान खरिद गर्न लैंगिकताका आधारमा घरबाहिर निस्कन दिने नियम लागू गरेको छ । यो नियम सबैले मान्नुपर्छ ।
यहाँ एक सातामा केही दिन महिलाका लागि र केही दिन पुरुषका लागि बाहिर निस्कन पाउने व्यवस्था लागू गरिएको छ । महिलाहरू सोमबार, बुधबार र शुक्रबार सरसामान खरिद गर्न जान पाउँछन् ।पुरुषहरू मंगलबार, बिहीबार र शनिबार घरबाट बाहिर सामान किन्न जान पाउँछन् । आइतबार भने सबैलाई घरबाहिर निस्कन प्रतिबन्ध छ ।
२. कोलम्बिया
कोलम्बियामा पनि लकडाउन जारी छ । यो देशमा पनि मानिसलाई अतिआवश्यक सामान खरिद गर्न घरबाहिर निस्कन छुट दिइएको छ । तर, तरिका भने यहाँ अझ फरक छ ।
सरकारले उपलब्ध गराएको नेसनल आइडीमा भएको नम्बरको अन्तिम नम्बरका आधारमा घरबाहिर निस्कन पाउने व्यवस्था यो देशमा छ ।
उदाहरणको रूपमा बैरानकैबरमेजाका बासिन्दालाई परिचयपत्र नम्बरको ०, ४, ७ मा सकिने छ भने सोमबार घरबाहिर निस्कन पाइन्छ । त्यस्तै, परिचयपत्र नम्बरमा १, ५ र ८ अन्तिम संख्या भएकाहरू मंगलबार घरबाहिर सामान खरिद गर्न निस्कन पाउँछन् । बोलिभियामा पनि यही नियम लागू गर्ने तयारीमा त्यहाँको सरकार छ ।
३. सर्बिया
सर्बियामा पनि लकडाउनमा धेरै भीडभाड नहोस भनेर फरक नियम लागू गरेको छ । यहाँ कुकुर घुमाउने समय निश्चित गरिएको छ । जसमा राति ८ देखि ९ बजेसम्म कुकुर घुमाउने समय तोकिएको छ ।
यसको विरोध भएपछि सरकारले फिर्ता लियो । एक पशु चिकित्सकका अनुसार यदि साँझ कुकुरलाई घुमाएन भने विभिन्न किसिमका रोग लाग्न सक्छन् । जसमा पिसाबसम्बन्धी रोगसमेत लाग्न सक्छ । यसबाट घरपरिवारलाई पनि संक्रमण हुने खतरा हुन्छ ।
४.बेलारुस
बेलारुसका राष्ट्रपति एलेक्जेण्डर लुकासेन्कोलाई सोधिएको थियो– तपाईं आफ्नो देशमा कोरोना भाइरस संक्रमण किन रोक्ने कोसिस गरिरहनुभएको छैन रु उनले हाँस्दै जवाफ दिएका थिए– मैले त केही भाइरस देखेको छैन ।
त्यसपछि उनको धेरै आलोचना भएको थियो । आइस हक्कीको एक खेलको समयमा एक टीभी रिपोर्टरले जब राष्ट्रपतिलाई सोधे, ुखेल किन स्थगित नगरेको रुु
राष्ट्रपतिले भने, ‘खेलले केही समस्या आएको छैन । रंगशालाको चिसोले भाइरस फैलिनबाट रोकिनेछ । राष्ट्रपति लुकासेन्कोले भने, ‘यहाँ कुनै भाइरस छैन । तपाईंले देख्नुभयो रु मैले पनि देखिनँ, यहाँ हिउँ छ । यो भाइरसलाई मार्न सबैभन्दा राम्रो तरिका हो । यहाँ कुनै पनि खेल स्थगित गरिएको छैन । युरोपका अन्य देशहरूमा सबै खेल स्थगित भएका छन् ।
५. स्वीडेन
स्वीडेनमा पनि कोरोना भाइरसको संक्रमण फैलिएको छ । यहाँ अन्य देशको जस्तो महामारीको अवस्था छैन । यहाँ विस्तारै फैलिएकाले त्यति आपतकालीन अवस्था आएको छैन । यहाँ अहिलेसम्म साढे ४ हजार मानिसमा संक्रमण भएको छ ।
यहाँ पहिलो चरणमा ५० जनाभन्दा बढी मानिस जम्मा हुने अनुमति छैन । राज्यलाई मानिसहरू आफैँ सचेत भएर सहयोग गर्न त्यहाँको सरकार विश्वस्त छ । यहाँ १६ वर्षभन्दा कम उमेरका बच्चाका स्कुलहरू खुल्लै छन् । होटल र रेष्टुरेन्टहरू टेबुलटेबुलमा सर्भिस दिइरहेका छन् । यहाँ सामाजिक काम गरिरहेका छन् । जस्तो पहिला गर्थे ।
६. मलेसिया
मलेसियाले आंशिक लकडाउन गरेको छ । यही समयमा आफैँले दिएको सल्लाहका लागि सरकारले माफी मागेको छ । मलेसियाको महिला मन्त्रालयले अनलाइनमा एक कार्टुन सन्देश जारी गरेको थियो ।
जसमा महिलाहरूलाई मेकअप गर्नु, सिंगारपटार गर्नु, तर यो समयमा आफ्नो श्रीमानसँग नजिस्कनु भनिएको थियो । पछि यसको विरोध भयो । यो कार्टुनका लागि माफी नै माग्नुपर्यो । सरकारले यो कार्टुन हटायो ।
७. तुर्कमेनिस्तान
तुर्कमेनिस्तानमा कोरोना भाइरसबाट मुक्ति पाउन फरक तरिका अपनाइएको छ । यहाँ ुकोरोना भाइरसु शब्दमाथि नै प्रतिबन्ध लगाएको छ ।
त्यहाँको तुर्कमेनिस्तान क्रोनिकलको समाचारअनुसार सरकारले आफ्नो हेल्थ इन्फर्मेसन ब्रोसर्सबाट यो शब्द हटाएको छ । रेडियो अजतलाइकमा काम गर्ने पत्रकारका अनुसार देशमा जुनसुकैलाई पनि कोराना भाइरसका बारेमा कुरा गर्न र मास्क लगाएर घुमेको देखेमा उसलाई प्रहरीले गिरफ्तार गर्न सक्छ ।
अधिकारीको भनाइ छ कि यहाँ अहिलेसम्म कोरोना भाइरस ९कोभिड–१९० को एक पनि केस देखिएको छैन । यसको सीमा इरानसँग जोडिएको छ । जुन एसियामा चीनपछि सबैभन्दा बढी प्रभावित बनेको देश हो ।
८. अस्ट्रिया
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले स्वस्थ मानिसले मास्क लगाउन अनिवार्य नरहेको बताएको छ । तर, अस्ट्रियाले भने सुपर मार्केटमा मास्क लगाउन अनिवार्य गरेको छ ।
अस्ट्रिया विश्वको चौथो देश हो । जसले सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरेको छ । योभन्दा पहिला चेक गणतन्त्र, स्लोभाकिया र बोस्निया हर्जगोभिनाले यस्तो नियम लगाएका थिए ।
९. फिलिपिन्स
फिलिपिन्समा लकडाउनको समयमा समस्या ल्याउनेलाई गोली हान्ने आदेश दिइएको छ । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुर्टेतेले देशमा लगाएको लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न सुरक्षा निकायलाई आदेश दिएका छन् । यही बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै राज्यले लागू गरेको क्वारेन्टाइनको मापदण्ड सबैले पालना गर्नुपर्ने बताएका छन् । होहल्ला गर्ने, भीडभाड गर्ने र नियम कानून नमान्नेलाई गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: