Swornakshar Logo

कोरोना भाइरस पछाडिको शक्ति राष्ट्रको युद्ध, चीन बन्ला विश्व नेता ?

बिबीसी हिन्दीबाट

काठमाडौं । १२ चैत । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । कोरोना भाइरसका कारण अमेरिका र चीनबीच लडाइँ सुरु भएको छ । यो लडाइँमा दुवै देशले धेरै कुरा दाउमा लगाएका छन् । चीन विश्वको नेता बन्ने कोसिसमा छ, जबकि अमेरिकाले विश्वमा नेताको आफ्नो हैसियत गुमाउँदै गएको देखिन्छ ।

यो विश्वका लागि राम्रो समय होइन । चीन र अमेरिकाको सम्बन्ध पनि राम्रो छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनिरहेका छन् ।

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेयोले कोरोना भाइरसलाई ुवुहान भाइरसुको संज्ञा दिएका छन् । अमेरिकाका यी अभिव्यक्तिबाट बेइजिङ पक्कै पनि खुसी छैन ।

अमेरिकाका राष्ट्रपति र विदेशमन्त्री दुवैले कोरोना भाइरसलाई चीनले सुरुमा नै नरोकेको भन्दै आलोचना गर्दै आएका छन् । तर, चिनियाँ सरकारका प्रवक्ताले ती सबै आरोपहरू झूटा भएको बताएका छन् । अमेरिकाले कोरोना भाइरसका बारेमा सत्य कुरा गर्न नचाहेको आरोप चीनले लगाउँदै आएको छ ।

अर्कोतर्फ चीनका सामाजिक सञ्जालमा भने यो महामारी अमेरिकी मिल्ट्री जर्म वारफेयर प्रोग्रामको माध्यमबाट फैलिएको हल्ला तीव्र रूपमा फैलिइरहेको छ । वैज्ञानिकहरूका अनुसार यो भाइरसको संरचना पूर्ण रूपमा प्राकृतिक हो ।

अमेरिकाको गलत निर्णय र चीनको बुद्धिमत्ता
चीन र अमेरिकाबीचको यो युद्ध आरोप प्रत्यारोपमा सीमित छैन । धेरै महत्त्वपूर्ण घटनाहरू घटिरहेका छन् यसबीच । यो महिनाको सुरुमा अमेरिकाले इटालीसहित कयौँ युरोपियन देशका यात्रु र विमानहरूलाई अमेरिका प्रवेशमा रोक लगायो । चीनले घोषणा मात्र गरेन, इटालीमा आफ्नो देशबाट मेडिकल टिम, औषधि र अत्यावश्यक सामग्रीसमेत पठायो ।

इटाली अहिले कोरोना भाइरससँग सबैभन्दा बढी लडाइँ लडिरहेको छ । यति मात्र होइन, चीनले इरान र सर्बियामा पनि मेडिकल सामग्रीको आपूर्ति गरिरहेकोे छ ।

यो विश्वलाई देखाउनका लागि पनि धेरै ठूलो चिज थियो साथै यो पनि देखियो कि चीन र अमेरिकाबीच पर्दा पछाडि ठूलो लडाइँ सुरु भइसक्यो ।

चीन यो आपतको समयमा विश्वको नेतृत्वको रूपमा स्वयंलाई उभ्याउने कोसिस गरिरहेको छ । वास्तविकता यो हो कि अमेरिका यो लडाइँमा चीनको तुलनामा पछि परेको छ । यो लडाइँमा सानो मोबाइल युएस एयरफोर्स मेडिकल सुविधा ढिला इटाली पठाएको कसैले ध्यान नै दिएन ।

यो इतिहासमा पहिलो मौका हो, विश्वभरका देशहरूको प्रशासनिक र राजनीतिक व्यवस्थाको क्षमता जाँच भइरहेको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा नेतृत्व नै धेरै ठूलो कुरा हो ।

अहिले भएका राजनीतिक नेताहरूको यस आधारमा मूल्याङ्कन हुनेछ कि यो सङ्कटको समयमा उनले कसरी काम गरे र कति प्रभावकारी तरिकाले नियन्त्रण गरे । यी राजनीतिक नेतृत्वहरूले कसरी आफ्नो देशका साधन, स्रोत प्रयोग गरेर यस महामारीलाई रोके ।

विश्व अर्थव्यवस्थामा चीनको हुनेछ दबदबा
यो महामारी यस्तो समयमा फैलिएको छ, जब अमेरिका र चीनको सम्बन्ध पहिलेदेखि नै राम्रो छैन । २ देशबीच लामो समयदेखि व्यापारिक युद्ध चलिरहेको छ । उनीहरूबीच एउटा व्यापार वार्ताबाट ‘डेडलक’ केही हदसम्म तोड्ने काम भएको छ तर पूर्ण रूपमा वार्ता सफल भएको छैन ।

चीन र अमेरिका दुवै एक पटक फेरि हतियारको होडबाजीमा जुटेका छन् । दुवै देश भविष्यमा एसिया प्रशान्त क्षेत्रमा हुन सक्ने कुनै टकरावका लागि स्वयंलाई तयारी गर्न जुटेका छन् ।

चीन कमसे कम यस क्षेत्रमा स्वयंलाई एक सैन्य ुसुपरपावरु सावित गर्न सफल भइरहेको छ । चीनलाई अन्तर्राष्ट्रिय परिदृश्यमा आफ्नो भूमिका निभाउने उसको समय आइसक्यो भन्ने लागिरहेको छ ।

चीन र अमेरिकाबीचको सम्बन्ध धेरै जटिल भएको छ । सङ्कटका समयमा यस महामारीबाट मुक्ति पाउनु र यसबाट मुक्तिपछि विश्वका लागि २ देशको सम्बन्ध कस्तो हुनेछ भन्ने महत्त्वपूर्ण कुरा हो ।

जब कोरोना भाइरसमाथि विजय हासिल हुनेछ, त्यसपछि चीन आर्थिक रूपमा पुनस् उदाएर विश्व अर्थतन्त्रलाई फेरि उठाउन महत्त्वपूर्ण हुनेछ ।

चीनको सहयोग लिन आवश्यक
कोरोना भाइरससँग लड्न चीनको सहयोग लिनु आवश्यक छ । मेडिकल डाटा र अनुभव सबैलाई भन्न आवश्यक छ । चीन मेडिकल सामग्री, मास्क र सुरक्षात्मक उपकरणहरू जस्ता ुडिस्पोजेबलु कुराको उत्पादक हो ।

संक्रमित बिरामीको उपचार गर्ने टिम र यस भाइरसबाट बच्नका लागि काम गर्ने अन्य मानिसहरूका लागि यी उपकरणहरू अत्यावश्यक वस्तु हुन् । विश्वभर यी सामग्री आपूर्ति गर्न आवश्यक छ ।

धेरै मानेमा चीन विश्वभरको उत्पादनको ुवर्कसपु हो । चीनबाहेक केही देशसँग मात्र आफ्ना उत्पादन कयौँ गुणा बढाउन सक्ने क्षमता छ । चीन यो मौकालाई सदुपयोग गरिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यो मौका गुमाएको उनका आलोचकको आरोप छ ।

ट्रम्प प्रशासनले सुरुमा नै यो संकटलाई गम्भीर रूपमा लिन सकेन । उनले ‘अमेरिका सबैभन्दा अगाडि’को नारा दिँदै आए पनि यो मौकालाई सदुपयोग गर्नबाट चुके ।

को बन्ला विश्व नेता
यो भाइरसले धेरै चिजलाई दाउमा लगाएको छ । त्यसमा प्रमुख कुरा हो, विश्वको नेतृत्व । एसिया विज्ञ तथा ओबामा प्रशासनको समयमा पूर्वी एसिया र प्रशान्त क्षेत्रीय मामला हेर्ने उपविदेशमन्त्री कर्ट एम कैम्पबेला र रेस दोषीले फरेन अफेयर्समा एक लेख लेखेका छन्, ‘बितेका ७ दशकमा विश्व शक्तिको रूपमा अमेरिकाको दर्जा केवल पुुँजी र सैन्यबलमा खडा थिएन, अमेरिकाको घरेलु शासनको वैधानिकता, विश्वमा सार्वजनिक कुराको प्रावधान र संकटको समयमा तीव्र रूपमा काम गर्ने र सहयोग गर्ने इच्छाको आधारमा आधारित थियो ।’

उनीहरूको भनाइ छ, ‘कोरोना भाइरसको महामारीले अमेरिकाको नेतृत्वमा यी तीनै कुराको परीक्षण गरिरहेको छ । अहिलेसम्म वासिङटन यो परीक्षणमा असफल भएको छ । अर्कोतर्फ, जब वासिङटन असफल भइरहेको छ, बेइजिङ तीव्र रूपमा यो मौकामा अमेरिकाको गल्तीको फाइदा उठाइरहेको छ । महामारीको समयमा राम्रो व्यवहार गरेर खालि रहेको अवस्थामा उसले स्वयंलाई विश्वको नेता साबित गर्न चाहन्छ ।’

प्रोपोगण्डामा चीन अगाडि
मौका परस्त हुनु सजिलो हुन्छ । कयौँ मानिस यो सोचेर आश्चर्यचकित छन् कि यस्तो अवस्थामा पनि चीनले आफ्नो फाइदा कसरी सोचेको होला रु

कोरोना भाइरस चीनमा देखियो । वुहानमा विकसित भएको यस संकटमा बेइजिङले सुुरुवाती समयमाा राम्रोसँग ध्यान दिएन । यसलाई गोप्य रूपमा समाधान गर्न खोज्यो । तर, पछि चीनले आफ्नो साधन, स्रोतले प्रभावकारी र प्रभावित गर्ने गरी काम गर्‍यो ।

प्रेस फ्रिडम अर्गनाइजेसन अमेरिकाका सीईओ सुजेन नोसेलले फरेन पोलिसी वेबसाइटमा एक लेख लेखेका छन् । त्यसमा भनेका छन्, ‘सुरुवाती समयमा चीनले यसलाई नस्वीकार्नुका पछि अव्यवस्थाको कारणले सामाजिक व्यवस्थाले आक्रोश उत्पन्न हुन सक्छ भन्ने डर थियो । यस्तोमा बेइजिङले ठूलो मात्रामा आक्रामक तरिकाले घरेलु र विश्वमा प्रोपोगाण्डा क्याम्पेन सुरु गर्‍यो । विश्वव्यापी रूपमा यो भाइरस फैलिनमा आफ्नो भूमिका लुकाउन र पश्चिमा देश विशेष गरेर अमेरिकाविरुद्ध आफ्नो राम्रो छवि बनाउन सुरु गर्‍यो ।’

के विश्व समीकरण बदलिन्छ
कयौँ पश्चिमी टिप्पणीकार चीनलाई तानाशाह र बढी राष्ट्रवादी देश बनिरहेको देखिरहेका छन् । यिनीहरूलाई डर छ कि महामारीको असरले यो प्रवृत्ति तीव्र रूपमा बढ्न सक्छ । तर, वासिङटनको विश्व नेताको दर्जामा यस महामारीको असर धेरै बढी हुन सक्छ ।

अमेरिकाका सहयोगी राष्ट्रले संकटको यस समयमा उसको भूमिकालाई नजिकबाट नियालिरहेका छन् । उनीहरू खुला रूपमा ट्रम्पको आलोचना गरिरहेका छैनन् । तर, यीमध्ये केही चीनसँग अमेरिकाले गरेको व्यवहारलाई राम्रो मान्दैनन् । यसमा चिनियाँ प्रविधि ९हुवावेई विवाद० र इरान र अन्य क्षेत्रीय मुद्दासमेत छन् ।

चीन यस महामारीको समयमा आफ्नो पहुँको प्रयोग गरिरहेको छ । ऊ भविष्यको सम्बन्धका लागि नयाँ मानक बनाइरहेको छ । यसमा चीन तीव्र रूपमा विश्वका लागि एक आवश्यक शक्ति बनिसकेको छ ।

कोरोना भाइरससँगको लडाइँको समयमा आफ्नो छिमेकी जापान र दक्षिण कोरियासँग हुने गठबन्धन र युरोपियन युनियनका लागि स्वास्थ्य उपकरण पठाएकालाई यसै सन्दर्भमा हेरिएको छ ।

के अमेरिकाका लागि स्वेज मुभमेन्ट हुन्छ
केम्पबेल र दोषीले आफ्नो फरेन अफेयर्समा लेखेको लेखमा यसको तुलना बेलायतको पतनसँग गरेका छन् । उनीहरूले भनेका छन्, ‘सन् १९५६ मा बेलायतले गरेको स्वेज क्यानल कब्जा गर्ने असम्भव कोसिस उसको शक्ति समाप्त भएको थाहा पाउने महत्त्वपूर्ण क्षण थियो । यसले बेलायत विश्वको शक्तिशाली देशको दर्जाबाट सकिएको देखाएको थियो ।

उनीहरूले लेखेका छन्, ‘आज अमेरिकी सरकारले बुझ्नुपर्छ कि यदि अमेरिकाले यो समयमा आवश्यकतालाई पूरा गर्न सकेन भने कोरोना भाइरस अमेरिकाका लागि एक स्वेजको घटना साबित हुन सक्छ ।’