Bagmati Samachar Logo

कोरोना भाइरसपछिको विश्‍व व्यवस्थाः अन्तर्राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्दै चीन

कर्ट एम क्याम्पबेल रुस डोशी

काठमाडौं । ६ चैत । चीन अन्तर्राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्दै छ, यता अमेरिकाको वर्चस्व भने डगमगाउन थालेको छ।
चीन आफ्नो यो सुरुआती सफलताका सङ्केतलाई बृहत्तर रूपमा पूरै विश्वभर फैलाइ विश्व व्यवस्थाको नेतृत्व लिन चाहन्छ।
चीनलाई यस्तो प्रकोपका बेलामा सामग्री सहयोग गर्न यस कुराले पनि सहयोग गर्छ कि कोरोनाभाइरसविरुद्ध लड्न जुन कुरा विश्वलाई आवश्यक छ, त्यो चीनमा बनाइन्छ।
विश्‍वभर करोडौँ मानिसहरू आफूलाई आइसोलेसनमा राख्दै गर्दा नोभेल कोरोनाभाइरस महामारी साँच्चिकै विश्‍वव्यापी भएको छ। स्वास्थ्य र सुरक्षाका मामिलाका अगाडि यसको भूराजनीतिक असर त्यति महत्त्व नहोला, तर कालान्तरमा यो महत्त्वका साथ हेरिनेछ, विशेषतः विश्‍वमा संयुक्त राज्य अमेरिकाको स्थानको कुरा गर्दा। विश्‍व व्यवस्था परिवर्तन प्रायः बिस्तारै र सधैँका लागि हुन्छ। सन् १९५६ मा स्वेज नहरमा संयुक्त अधिराज्यको हस्तक्षेपले उसलाई विश्‍वशक्तिको स्थानबाट हटाएको थियो। आज अमेरिकाका लागि कोरोनाभाइरस ९कोभिड(१९० अर्को ‘स्वेज’ घटना हुन सक्छ।

अमेरिका यस्तो विश्‍वव्यापी महामारीविरुद्ध लड्न तयार कतिसम्म छैन भन्ने प्रस्ट देखिएको छ। ह्वाइट हाउस र मातृभूमि सुरक्षा विभागदेखि रोग नियन्त्रण तथा रोकथाम केन्द्रसम्मका कदमले अमेरिकाको क्षमतामाथि प्रश्‍न खडा गरेको छ। त्यस्तै, राष्ट्रपति डोनाल्ड ट्रम्पका वक्तव्य, ओभल अफिसको सम्बोधन वा बिहान(बिहानका ट्वीट सबैले यस्तो अन्योललाई झन् बढाएको छ। सरकारी र निजी क्षेत्र दुवै यस किसिमको महामारीविरुद्ध तयारीमा कमजोर देखाउँछ।

चीन अन्तर्राष्ट्रिय नेतृत्वतर्फ अघि बढ्दै छ, यता अमेरिकाको वर्चस्व भने डगमगाउन थालेको छ।
विगत सात दशकयता अमेरिकालाई विश्‍वशक्ति भनिनुको कारण उसको सम्पत्ति र शक्ति मात्र होइन, यससँगै महत्त्वपूर्ण छ अमेरिकाको आन्तरिक शासन प्रणालीको वैधानिकता, विश्‍वव्यापी रूपमा जनतालाई आवश्यक उत्पादनको व्यवस्था र ठुल्ठूला आपतविपत आइपर्दा विश्‍वव्यापी नेतृत्व लिन सक्ने क्षमता र तदारुकता। तर अहिले भने अमेरिका कोभिड(१९ को परीक्षामा असफल भइरहेको देखिन्छ।

यसरी अमेरिका डगमगाउँदा चीन भने चाँडो र प्रभावकारी रूपमा अगाडि बढ्दै अमेरिकाको गल्तीको फाइदा लिइरहेको छ। महामारीको अवस्थालाई सम्बोधन गर्न विश्‍वको नेतृत्व लिँदै चीन आफ्नै प्रणालीअनुरूप अन्य प्रभावित देशलाई सामग्री सहयोग गर्ने र अन्य देशका सरकारसँग समन्वय कार्य पनि गरिरहेको छ। हुन त चीनले पहिले नै आफैले लुकाउन खोजेको गल्तीले विश्‍वमा यस्तो विपत् अवस्था ल्याएको हो। तर चीनले राम्रोसँग बुझेको छ कि यदि चीन यस्तो महामारीमा नेतृत्वमा र अमेरिकाले यसलाई सम्बोधन गर्न नसकेमा अमेरिकाको विश्‍व राजनीतिमा र २१ औँ शताब्दीको नेतृत्व भूमिकामा स्थान खस्किनेछ।

गल्तीहरू भए

कोरोनाभाइरस सङ्‍क्रमणको सुरुआतमै चिनियाँ नेतृत्वले त्यसमा पर्दा हाल्न खोज्यो। भाइरस पहिलोपटक उहानमा सन् २०१९ नोभेम्बरमा देखिएको थियो, तर लामो समय उक्त भाइरसबारे कुरा उठाइएन। अझ त्यसबारे कुरा उठाउने डाक्टरलाई दण्ड दिइयो, जसले गर्दा सावधानीका उपाय अपनाउन केही ढिलो भयो। महामारी फैलिँदै गर्दा पनि चीनले सूचनामाथि नियन्त्रण गर्दै थियो, उहानमा विश्‍व स्वास्थ्य संगठनको भ्रमण सीमित पारेको थियो र, कोभिड १९ को औपचारिक सूचनाबारे भ्रम फैलाएको थियो।

ईश्‍वीको नयाँ वर्षमा जनवरी र फेब्रुअरीमा प्रकोप बढ्दै जाँदा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वसमेत धराशायी हुने अवस्था बनेको थियो। एक युवा ‘ह्विसलब्लोवर’ डा. ली वेनलियाङ्गलाई टियानन्मेन स्क्‍वायरका ‘ट्याभर्त्‍सना म्यान’ भनिएको थियो, तर उनको आवाज दबाइयो र, उनी कोभिड( १९ कै सङ्‍क्रमणबाट मरे।

मार्चको सुरुमा चीन आफू जितेको दाबी गर्दै छ। विशाल रूपमा क्‍वारेन्टाइन, यात्रामा निषेध र देशभर दैनिक जीवनमा पूर्ण रोकले यसलाई सहयोग पुर्‍यायो। महामारीको ‘इपिसेन्टर’ उहानमा नै कुनै नयाँ सङ्‍क्रमण देखिएको छैन। पहिले चुप बसेका चीनका राष्ट्रपति सि जिनपिङ्ग आफै उहानसमेत पुगे।

चीनमा जीवन सामान्यमा आउन बाँकी नै छ, हुन त कसैले चिनियाँ तथ्याभर्त्‍सनाको सत्यतामा पनि प्रश्‍न उठाएका छन्। तर चीनले यो जितलाई बृहत्तर रूपमा भने आफ्नो सुरुवाती सफलताका रूपमा प्रस्तुत गर्दै छ(जसले चीनलाई आगामी विश्‍वव्यापी पुनर्लाभमा महत्त्वपूर्ण भूमिकामा उभ्याउनेछ र यससँगै अगाडिका अव्यवस्थालाई हटाउनेछ।

यसको महत्त्वपूर्ण पक्ष चीनले भाइरसविरुद्ध पाएको सफलता हो। विभिन्न भाषामा प्रोपोगान्डा लेख र सन्देशहरूले चीनको आन्तरिक प्रशासन मोडलको प्रभावकारिता देखाउँदै चीनको सफलता देखाइरहेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानका शब्दमा चीनले ‘महामारीविरुद्ध विश्‍वव्यापी प्रयासमा नयाँ स्तर’ निर्धारण गरेको छ। यस विरुद्धका आवाजमा भने कडा रूपमा सूचना नियन्त्रण गर्न खोजिएको छ।

यस्तो सन्देशको प्रभावकारितामा पश्चिमा विशेषतः कोरोनाविरुद्ध अमेरिकी प्रयासको असफलताले झन् सहयोग गरेको छ। अमेरिकाले आवश्यक सङ्ख्यामा परीक्षण किट उत्पादन गर्न सकेको छैन, थोरै जनामा मात्र परीक्षण गरेको छ र ट्रम्पको प्रशासन यस महामारीको प्रतिकार गर्न तयार देखिँदैन। चीनले यो अवसरलाई उपयोग गर्दै विश्‍वव्यापी महामारीविरुद्धको प्रयासमा आफ्नो सर्वोच्चता देखाउँदै छ र, यससँगै अमेरिकाको ‘कथित सम्भ्रान्त वर्ग’को ‘गैरजिम्मेवारीपना र असक्षमता’को भत्र्सना गरिरहेको छ।

चिनियाँ पक्षले आफ्नो देशबाट यो भाइरस उद्गम नभएको बताउँदै यस्तो महामारीमा आफू निर्दोष दाबी गर्दै आएको छ। रुसको गलत सूचनाको अभियानजस्तै चिनियाँ विदेश मन्त्रालयले यसको दोष अमेरिकी सेनालाई दिइरहेको छ। यस्तो गतिविधि र चीनले तीन ठूला अमेरिकी पत्रिकाका पत्रकारलाई देशबाट निकाल्नेजस्ता कदमले चीनको विश्‍व नेतृत्वको सपनामा असर गर्छ।

चीनले बनाउँछ, विश्‍वले लिन्छ

चीनका राष्ट्रपति सि जिनपिङ्गले वर्षौँयता चीनको विदेश नीतिलाई ‘विश्‍व शासन’प्रति ढल्काएका छन् र उनको यो सिद्धान्तलाई अब कोरोनाभाइरसको प्रकोपले व्यवहारमा उतार्ने मौका दिएको छ। चीनले मास्क, रेस्पिरेटर, भेन्टिलेटर र औषधिजन्य सामग्री ठूलो मात्रामा सहयोगका रूपमा पाएका थिए, अहिले चीन ती सामग्री अरूलाई सहयोगका रूपमा दिन चाहन्छ।

जब कुनै पनि युरोपेली राष्ट्रले इटालीको मेडिकल सामग्री र प्रोटेक्टिभ गियरको मागलाई सुनेन, चीनले सार्वजनिक रूपमै १ हजार भेन्टिलेटर, २० लाख मास्क, १ लाख रेस्पिरेटर, २० हजार प्रोटेक्टिभ लुगा र ५० हजार परीक्षण किट सहयोग गर्‍यो। यससँगै चीनले स्वास्थ्यकर्मी र २ लाख ५० हजार मास्क इरानलाई सहयोग पठायो, अनि सर्बियालाई पनि सहयोग पठायो। सर्बियाले युरोपी साथलाई कुनै मिथक भन्दै चीनले मात्र सहयोग गर्नसक्ने बताएको थियो। अलिबाबाका सहसंस्थापक ज्याक माले अमेरिकालाई ठूलो मात्रा परीक्षण किट र मास्क सहयोग गर्ने तथा अफ्रिकाका सबै ५४ देशलाई २० हजार परीक्षण किट र १ लाख मास्क उपलब्ध गराउने बताएका थिए।

चीनको यस्तो सहयोगको महत्त्व किन पनि हुन्छभन्दा विश्‍वभर कोरोनाभाइरसविरुद्ध लड्न आवश्यक सामग्री चीनमा नै बन्छ। मास्क सबैभन्दा धेरै उत्पादन हुने ठाउँ चीन नै हो र अहिले युद्धस्तरको उत्पादनसँगै यो १० गुणाले बढेको छ। चीनले विश्‍वभरमध्ये आधा ऐन ९५ रेस्पिरेटर बनाउँछ र, कोभिड(१९ बाट हुनसक्ने अन्य सङ्‍क्रमणमा चाहिने एन्टिबायोटिक पनि चीनले ठूलो मात्रामा उत्पादन गर्छ। यसरी मेडिकल सामग्री पनि चीनले आफ्नो विदेश नीतिका लागि प्रयोग गरिरहेको छ।

‘१७ं१’ व्यवस्थाबाट मध्य र पूर्वी युरोपसँग, सांघाइ कोअपरेसन अर्गनाइजेसनको सचिवालयसँग, १० वटा प्यासिफिक आयल्याण्डका देशसँग र अफ्रिका, युरोप र एसियाभर विभिन्न समूहसँग चीनले कुराकानी गरेको छ।
अर्कोतर्फ अमेरिका भने आफ्नै माग पूरा गर्न क्षमता राख्दैन, अन्य देशलाई सहयोग गर्ने त टाढाकै कुरा भयो। अमेरिकाको रणनीतिक राष्ट्रिय भण्डारणमा यस्तो महामारीसँग जुध्न आवश्यक मास्क र रेस्पिरेटरको १ प्रतिशत र भेन्टिलेटरमा १० प्रतिशत मात्र छ। यी सबै माग चीनबाटै आयात गरिन्छ। अमेरिकी एन्टिबायोटिक बजारमा चीनको ९५ प्रतिशतको दबदबा छ। यो सङ्‍क्रमण सुरु हुँदा अमेरिकाले चीनलाई सहयोग गरे पनि अहिले अमेरिकाकै स्थिति झन् गम्भीर छ, र यसको ठीक उल्टो चीनले विश्‍वमा आवश्यक हुँदा चाहिने सहयोग गरिरहेको छ।

यसरी महामारीको सम्बोधन गर्नु सामग्रीसँग मात्र सम्बन्धित छैन। सन् २०१४(१५ को इबोला प्रकोपताका अमेरिकाले अन्य दर्जन देशसँग मिलेर रोग फैलिन नदिन काम गरेको थियो। ट्रम्पको प्रशासनले भने यस्तो नेतृत्वदायी भूमिका निभाउन सकेको छैन र अझ अन्य देशसँग सहकार्य(समन्वयमा पनि कमी छ। युरोपेली देशहरूमा निषेध लगाउनुअघि ती देशहरूलाई पूर्वसूचनासमेत पनि अमेरिकाले दिन आवश्यक ठानेन।

यसको विपरीत चीनले आफ्नो कूटनीतिक अभियानलाई सुदृढ रूपमा अगाडि बढाएको छ, जहाँ दर्जनौँ देशसँग र सयौँ अधिकारीसँग भिडियो सम्मेलनमार्फत् यस महामारीको सूचना प्रवाह गरेको छ र यसविरुद्ध आफ्नो अनुभवका पाठ सिकाइरहेको छ। चीनको यस्तो कूटनीतिक अभ्याससँगै यस्ता कार्य क्षेत्रीय स्तरमा समेत जारी छ। ‘१७ं१’ व्यवस्थाबाट मध्य र पूर्वी युरोपसँग, सांघाइ कोअपरेसन अर्गनाइजेसनको सचिवालयसँग, १० वटा प्यासिफिक आयल्याण्डका देशसँग र अफ्रिका, युरोप र एसियाभर विभिन्न समूहसँग चीनले कुराकानी गरेको छ। अझ चीनले आफ्नो अभियानलाई प्रचारप्रसार गर्न कसरत गर्दै छ। सबैजसो कार्यलाई अन्तर्राष्ट्रिय प्रकाशनको पहिलो पृष्ठमै राख्नुले पनि चीनको यस्तो प्रयासको विज्ञापन गरिरहेको छ।

कसरी गर्ने नेतृत्व

कोरोनाभाइरसको प्रकोपबीच चीनलाई विश्‍व नेतृत्वमा आउन एउटा कुराले धेरै सहयोग गरेको छ अमेरिकाको आफूकेन्द्रित नीति। चीनको सफलता केही हदसम्म वासिङ्गटनमा के हुन्छ र बेइजिङ्गमा के हुन्छले निर्धारण गर्नेछ। अहिलेको अवस्थामा यदि अमेरिकाले अपेक्षाभन्दा माथि उठेर देशका समस्या समाधान गर्न सक्यो, आवश्यक सामग्री व्यवस्था गर्न सक्यो र विश्‍वव्यापी समाधानका लागि समन्वय गर्न सक्यो भने विश्‍व व्यवस्थाको अवस्था अर्कै हुन सक्ला।

यसका लागि पहिलो र तत्काल जरुरी कदम नै यो भाइरस सङ्‍क्रमणबाट मुक्त भएर सबैलाई बचाउनु हो। यो आन्तरिक प्रशासनको कुरा हो, कुनै भू(राजनीतिको होइन। तर अमेरिकाले यसलाई कसरी हेर्छ भन्नेले भू(राजनीतिक महत्त्व राख्छ, जति यसले महामारीको अवस्थामा अमेरिकाको आत्मविश्‍वास पुनस्र्थापित गर्छ। उदाहरणका लागि यदि अमेरिकाले तुरन्तै मास्क, रेस्पिरेटर र भेन्टिलेटरको उत्पादन बढाउनुपर्छ र त्यो पनि युद्धस्तरमै। यसले अमेरिकालाई सुरक्षित पार्छ नै, अझ विश्‍वमा यस्तो सामग्रीको मागलाई पनि सम्बोधन गर्छ।

तर, अमेरिकाले हाल यस्तो मागलाई सम्बोधन गर्न सकेको छैन। अमेरिकाले अर्को क्षेत्रबाट यसमा काम गरेर देखाउन सक्छ( आफ्नो जीवविज्ञान प्रविधिको उत्कृष्टताको अधिकतम उपयोग गर्दै खोप आविष्कार गरेर। यसका लागि प्रयोगशालालाई आवश्यक सहयोग दिएर वा मेडिकल आयोजना तयार गर्दै परीक्षणपश्चात् ठूलो सङ्ख्यामा खोप उत्पादन गर्न सकिन्छ। अमेरिकाको अव्यवस्थाका बाबजुद राज्य सरकार, अन्य निकाय, विश्‍वविद्यालय र निजी कम्पनीहरू सरकारलाई ताकेर बसेका छैनन्। खोप आविष्कार गर्न केही अनुसन्धान धेरै अगाडि पुगिसकेको छ तर सबै अवस्था मिले पनि यसलाई परीक्षण गरी प्रयोगमै ल्याउन केही समय अवश्य लाग्नेछ।

यस्तो नेतृत्वले भने कसले के गर्‍यो भन्ने विवादमा अल्झिनुभन्दा चीनसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्छ। पटकपटक कोरोनाभाइरस कहाँबाट आयो भनेर झगडा गर्नुले केही प्राप्त हुँदैन।
अझ अमेरिकाले देशभित्र मात्रै प्रयास जारी राख्दै गर्दा समन्वयात्मक विश्‍वव्यापी प्रयासलाई बेवास्ता गर्न मिल्दैन। सशक्त नेतृत्वले मात्र यात्रा निषेधका समस्या, सूचना आदानप्रदान र आवश्यक सामग्रीको निर्बाध आयात(निर्यातलाई सम्बोधन गर्न सक्छ। धेरै दशकसम्म अमेरिकाले यस्तो नेतृत्वदायी भूमिका निभाउँदै आएको थियो र यसपटक पनि गर्नै पर्छ।

यस्तो नेतृत्वले भने कसले के गर्‍यो भन्ने विवादमा अल्झिनुभन्दा चीनसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्छ। पटकपटक कोरोनाभाइरस कहाँबाट आयो भनेर झगडा गर्नुले केही प्राप्त हुँदैन। चीनले पनि यसरी प्रत्यारोप लगाउँदै गरे पनि अमेरिकाले भने आफ्नो प्रयासमार्फत् चीनलाई कोरोनाका बारेमा जुनसुकै कुरामा बीचमा राख्नबाट पन्छिनुपर्छ। यसबाट सभर्त्‍सना्रमित धेरै देशले यस्तो विश्‍वव्यापी सभर्त्‍सनाटको गम्भीरता र कसरी अगाडि बढ्ने भन्ने कुरा हेर्छ। यसमा ताइवान र दक्षिण कोरियाजस्ता देशका सफलतालाई आत्मसात गर्नुपर्छ।

यसबाहेक अमेरिका र चीन दुवैले सँगै विश्‍वकै लागि केही गर्नसक्छ( खोपको अनुसन्धान गर्ने, त्यसको परीक्षण गर्ने, त्यसलाई सहयोग गर्ने, यसको सूचना आदानप्रदान गर्ने, रेस्पिरेटर र भेन्टिलेटरजस्ता आवश्यक सामग्री बनाउन उद्योग परिचालन गर्ने र विश्‍वका अन्य देशलाई एकसाथ सहयोग गर्ने।

विश्‍वले भोगिरहेका अन्य समस्यामा अमेरिका(चीनले संयुक्त रूपमा गर्नुपर्ने कार्यका लागि एउटा बोलावट हुन सक्छ, यो कोरोनाभाइरस। यसलाई चीनको शक्तिका रूपमा मात्र हेरिनु हुँदैन वा हेरिँदैन पनि, बरु यसले भविष्यमा पनि अमेरिकाको विश्‍वको नेतृत्वप्रति विश्‍वास बढाउँछ। आजको भूराजनीतिक परिवेशमा र अझ यस प्रकोपमा अमेरिकाले राम्रो काम गरेर देखाउनु जरुरी छ। (फरेन अफेयर्स म्यागेजिनबाट)