Bagmati Samachar Logo

कहिलेसम्म बन्ला त कोरोनाको खोप ?

अहिले नयाँ कोरोनाभाइरस विश्वभर फैलिरहेको छ र प्रत्येक दिन सङ्क्रमण हुनेको संख्या बढिरहेको छ । तर अहिलेसम्म कोरोनाभाइरस (कोभिड १९)बाट मानिसलाई बचाउने खोप भने बनेको छैन।

खोप कहिलेसम्म बन्ला त ?

वैज्ञानिकहरूले खोप विकास गरिसकेका छन् र अहिले त्यसलाई जनावरमाथि परीक्षण गरिरहेको छन् । जनावरमाथिको परीक्षण सफल भयो भने यो वर्षको अन्त्यसम्ममा मानिसमाथि पनि परीक्षण हुनसक्छ ।

तर यो वर्षको अन्त्य अगाडिनै पनि वैज्ञानिकहरूले खोप पत्ता लगाएको दाबी गरेपनि त्यसलाई ठूलो सङ्ख्यामा बनाउन समय लाग्नेछ । यसको अर्थ सबैभन्दा छिटो खोप उपलब्ध हुने समय भनेको सन् २०२१ को बीचतिर मात्रै भनेर बुझ्न सकिन्छ ।

मानिसमा अहिले चार प्रकारको कोरोनाभाइरस सङ्क्रमण छ । सबैले रुघाखोकी लगाउँछ र हामीसँग कुनैको पनि खोप छैन ।

के खोपले सबै उमेरका मानिसलाई बचाउँछ ?

वृद्ध मानिसहरूको रोग प्रतिरोधी क्षमता कम हुने भएकाले खोप बनेपनि वृद्ध मानिसहरूमा कम सफल हुन सक्छ । सबै औ‍षधिहरूको साइड इफेक्ट हुन्छ नै । तर खोपको परीक्षण राम्ररी नगरी यसको साइड इफेक्टहरूबारे थाहा हुन सक्दैन ।

खोप नबनेसम्म के उपचार छ त ?

खोपले सङ्क्रमणबाट जोगाउँछ र खोप लिने सही समय सङ्क्रमण अगाडि स्वस्थ अवस्थामा नै हो ।

कोरोना भाइरसको सङ्क्रमण भएको छ भने धेरै मानिसहरूमा यसको असर सामान्य हुन्छ । केही एन्टीभाइरल औषधिहरू परीक्षण भइरहेका छन् तर त्यो कहिले तयार हुन्छ भन्ने अहिल्यै भन्न सकिन्न ।

खोप कसरी बन्छ ?

खोपले थोरै सङ्ख्यामा भाइरसलाई हाम्रो शरीरमा पठाउँछ जसले हाम्रो शरीरले त्योसँग लड्न सिक्छ । र त्यसपछि कुनै बेला त्यो भाइरस हाम्रो शरीरमा आयो भने शरीरलाई त्योसँग कसरी जुध्ने भन्ने थाहा हुन्छ । खोपमा कमजोर बनाइएका भाइरसहरू प्रयोग गरिन्छ जसले शरीरमा पुरै सङ्क्रमण गर्न सक्दैनन् ।

तर कोरोना भाइरसको लागि खोप बनाउन वैज्ञानिकहरूले फरक विधि प्रयोग गरिरहेका छन् । यसको अनुवांशिक कोड थाहा भएको भएर वैज्ञानिकहरूले यो भाइरस निर्माणु गर्न सक्छन् ।

केही वैज्ञानिकहरूले कोरोना भाइरसको कोडलाई अर्कै हानिरहित भाइरसमा हालेर परीक्षण गरिरहेका छन् । यदि यो विधि सफल भयो भने शरीरमा हानिरहित भाइरस पठाएर कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ ।

अन्य वैज्ञानिकहरूले भने यसको डीएनएलाई प्रयोग गरेर शरीरमा भाइरल प्रोटिन बनाउने र शरीरको प्रतिरोधी क्षमता विस्तार गर्ने विधिमा खोप विकास गर्न खोजिरहेका छन् ।