Swornakshar Logo

सर्वश्रेष्ठ इन्टरलक ईट्टा उद्योग प्रचारको अभावमा ओझेलमा

८ माघ । हेटौडा । काठमाडौंबाट करिव ८६ किलो मिटर दूरिमा रहेको मकवानपुरको हेटौडा अहिले ३ नम्बर प्रदेशको राजधानी बन्दैछ । त्यहाँ जानका लागि काठमाडौंको कलंकीबाट बस अनि बल्खुबाट सुमो गाडी पाइँदो रहेछ । करिव चार घण्टा सूमोको यात्रापछि हामी हेटौडाको बसपार्क पुग्यौ । हाम्रो यात्रा यहीसम्म थिएन । हामीलाई पदमपोखरी पुग्नु थियो । बसपार्कबाट नवलपुर हुँदै पदमपोखरी पुग्न रुटको गाडी पाइँदैन रहेछ, त्यसैले हामीसँगै जानुभएका गोविन्द श्रेष्ठले अटो रिक्सालाई फोन गर्नुभयो, रिक्सा आइपुग्यो अनि हामी चढ्यौं । काठमाडौंमा घरहरुको भीडमा हुर्केकी मलाई हेटौडाको त्यो फाँट, एकनास गम्भिर मुद्रामा बगेको राप्ती नदी, गाडीको आवाज नभई चराचुरुंगीको चिरबीरले मनलाई बहकाईसकेको थियो । त्यहाँबाट करिव ६ किलो मिटरको दूरिसम्म हामीले राप्ती नदी तर्दै त्यहाँको सुन्दर दृश्यावलोकन गर्दै पदमपोखरीको आन्दमार पुग्यौ । हाम्रो गन्तव्य त्यहाँ थियो । दुई बच्चासहित हामी ७ जना काठमाडौंबाट हेटौडाका लागि हिँडेका थियौं ।


पदमपोखरी उपमहानगरपालिका–१२ स्थितको आल्दमारसम्म पुग्नका लागि यसअघि नै मलाई निम्तो थियो । त्यहाँस्थित ‘सर्वश्रेष्ठ इन्टरलक ईट्टा उद्योग’का सञ्चालक गोविन्द श्रेष्ठले मलाई त्यहाँ आउन अनुरोध गरेका थिए । म त्यसै सिलसिलामा माघ १ गते हेटौडा पुगेकी हुँ ।
आल्दमारको सुन्दर फाँटमा ‘सर्वश्रेष्ठ इन्टरलक ईट्टा उद्योग’ संचालनमा रहेछ । गोविन्द श्रेष्ठले संचालन गर्नुभएको यस ईट्टा उद्योगका लागि साढे ६ लाखको इट्टा बनाउने मेसिन जापानबाट झिकाएर काारखाना संचालन गर्नुभएको रहेछ । वरिपरि फाँट खेतको बीचमा यो कारखाना संचालित रहेछ छ । माथिबाट जस्तापाताले छाएको अवस्थामा बाहिरपट्टी उत्पादित ब्लग ९ईट्टा० तथा निर्माणका लागि तयारी कच्चा पदार्थको थुप्रो टाढैबाट देखिन्थ्यो । हामी त्यहाँ पुग्दा चार जना कामदारहरुले काम गरिरहेका थिए । सिमेन्ट, बालुवा, रातो माटो र डस्ट ९ढुंगाको धुलो०को मिश्रणबाट इन्टरलकिङ इट्टा ९ब्लग० को निर्माण गरिँदो रहेछ । यस कारखानामा हाफ र फूल गरी दुई प्रकारका ब्लगहरु उत्पादन हुँदा रहेछन । चार जना कामदारहरुले दैनिक ५०० ब्लग उत्पादन गर्दा रहेछन् । एउटा ब्लग निर्माण कार्य सम्पन्न गर्नका लागि करिव ४२ रुपैयाँ लागत खर्च हुँदो रहेछ ।
चाइनिज रातो ९भट्टी०इट्टा भन्दा ठूलो आकार हुने यस इट्टा त्यो भन्दा पनि बलियो हुने संचालक श्रेष्ठले जानकारी दिए । घर, ट्वाइलेट, सरकारी पर्खाल आदि इत्यादिमा यो इट्टा प्रयोग गर्न सकिने उनी बताउँछन् । यस ब्लग उद्योगसम्म गाडी जान सक्ने भएपनि रुटको गाडी नभएका कारण यस स्थानमा ब्लग निर्माण हुन्छ भन्नेबारे धेरैलाई थाहा नै नभएको उनी बताउँछन् । ‘कारखाना भीडभाड मानव वस्तीबाट अलि टाढा संचालन गरियो, यसले गर्दा कतिलाई थाहै भएन यहाँ ब्लग बन्छ भनेर’ उनी थप्छन्, ‘मभन्दा पछि संचालनमा ल्याएका ब्लग उद्योगको व्यवसाय फस्टाउँदै गएको छ, मेरो भने प्रचार प्रसारको अभावमा विक्री वितरणमा अलि कठिनाई भएको छ ।’ मानव वस्तीबाट अलि टाढा भएपनि उत्पादनमा कुनै समस्या नभएको, दैनिक चार जनालाई रोजगारी दिएको उनी बताउँछन् । ‘म आफै पनि दिन रात नभनी काम गर्छु, इट्टा निर्माण सम्बन्धी मैले तालिम लिएको छुृ, त्यसैले यहाँ कामदारहरुलाई पनि म नै सिकाउँछु’ उनी भन्छन् ।
स्थायी बसोबास ललितपुरको बडिखेलमा रहेका श्रेष्ठलाई उद्योग सञ्चालनका लागि स्थानीय होम प्रसाद सुवेदीले निकै सहयोग गरिरहेका छन् । ‘विहान बेलुका कारखाना हेर्छु, अनि दिनभरी उहाँ ९होम प्रसाद सुवेदी०सँग बजारका लागि डुल्छु ।’ उनी भन्छन्, ‘हालसम्म स्थानीय बजारमा त सामान्य विक्री वितरण भइरहेको छ तर जति हुनपर्ने हो त्यो भने भएन । मैले सोचे अनुरुप उत्पादन गरेर बजार पाउँछ भन्ने लागेको थियो, त्यो प्रचार प्रसारको अभावमा बजार पाउन सकेन । बजारमा हेर्ने हो भने, यही ब्लग अन्य उद्योगहरुले महंगोमा विक्री गरिरहेका छन्, म सस्तोमा दिँदा पनि कत्तिलाई थाहा नै हुँदैन, कतिले थाहा पाउँदा ढिलो भइसकेको हु्रन्छ ।’
गत बैशाख १ गते उद्घाटन गरिएको यस उद्योगले अहिलेसम्म चार जनाको परिवारलाई पालिरहेको छ । चार जनाले दैनिक पाँच हजारसम्म कमाई गर्छन् । हालसम्म ३२ खाल खर्च भइसकेको बताउने श्रेष्ठले २ कठ्ठा जग्गा भाडामा लिएर उद्योग संचालन गरेका हुन् । हालसम्म स्थानीय बजारमा ब्लगले राम्रै चर्चा पाइरहेको भएपनि उनी यसको बजार थप विस्तार गर्ने योजनामा छन् । उनी सरकारी तवरबाट निर्माण हुने भवन, पर्खालहरुमा यस इट्टाको प्रयोग गर्न सके त्यो निकै उपयोगी र बलियो हुने दावी गर्छन् । बाहिरी बजारका लागि भनेर श्रेष्ठले ६० हजार बढी ब्लग उत्पादन गरिराखेका छन् । यस इट्टाको प्रयोग उच्च गुणस्तरको हुने र भट्टी इट्टा भन्दा आकारमा ठूलो हुनाले निर्माण कार्यमा पनि ५० प्रतिशत छिटो हुने उनी बताउँछन् । त्यस्तै यस इट्टाको प्रयोगपछि प्लस्टर गर्ने झण्झटबाट पनि मुक्त हुने हुनाले निर्माण लागत पनि कम हुने उनले बताए । भट्टी इट्टाभन्दा तीन गुणा ठूलो र बलियो पनि त्यत्तिकै मात्रामा हुने उनको दावी थियो । यस इट्टाको प्रयोगबाट भूकम्प प्रतिरोधी घर बनाउन सकिने उनले बताए ।
सडकले उद्योगको ढोकासम्म छोएको भएपनि पातलो मानव बस्ती र रुटको सवारी साधनको प्रयोग नभएका कारण गोविन्द श्रेष्ठले निर्माण गरेको इन्टरलकिङ इट्टाले बजार पाउन सकेको छैन । श्रेष्ठले आफ्नो जीवनभरको कमाइ यही उद्योगमा लगाएका छन् । उनको मेहनत र पसिनाले बजार नपाउनु दुःखद कुरा हो । यदि रातो इट्टाभन्दा सस्तो र बलियो छ भने किन बरु सबैले त्यही किन प्रयोग नगर्नु रु कुनै पनि उत्पादित सामानहरुका लागि नेपाल परनिर्भर छ, स्वदेशमै उत्पादित सामानले किन बजार नपाएको होला रु श्रेष्ठले उत्पादन गरेको ब्लगको व्यवस्थापनका लागि सरकारी तवरबाट पनि केही पहल गर्न पो सकिन्छ कि रु सरकारी भवनहरुमा पनि प्रयोग हुन्छ भने उनको ब्लग नै प्रयोग गर्न पाए त ।।।