Swornakshar Logo

प्रदेश ३ राजधानी विवादः नेकपा संसदीय दलको बैठकमा कुरा मिलेन

२२ पुस । हेटौंडा । प्रदेश नम्बर ३ को नेकपा संसदीय दलको बैठक अनिश्चित समयकोलागि स्थगित भएको छ । आज विहान ११ वजेका लागि बोलाइएको संसदीय दलको वैठक स्थगित भएको हो । प्रदेशको नाम र राजधानी विषयमा निर्णय गर्नका लागि बस्न लागेको संसदीय दलको वैठक स्थगित भएको नेकपाका प्रमुख सचेतक रामेश्वर फुयालले वताउनुभयो ।

प्रदेश ३ को नामाकरणका विषयमा सवैजसो सांसदहरु सहमत भएपनि राजधानीका विषयमा नेकपा भित्रनै विवाद छ । त्यसैले तीन दिन सम्मको वैठकमा ६४ जना सांसदहरुले आफ्ना धारणा राखेपछी संसदीय दलको वैठक स्थगित भएको थियो । संसदीय दलको वैठक आज मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बोलाइएको थियो । तर, वैठक स्थगित भएको केही सांसदहरुले अझैपनि थाहा पाएका छैनन् ।

यसअघी तीन दिन सम्म बसेको संसदीय दलको वैठकमा केही सांसद तथा मन्त्रीहरुले आफ्ना धारणा राखीसकेपछी प्रदेशको नाम र राजधानीका विषयमा संसदीय दलले निर्णय गर्ने र त्यसपछी प्रदेश सभामा मतदान गर्ने भनीएको थियो । भोली दिउसो ३ वजे सम्ममा नेकपा संसदीय दलको बैठक बस्न सकिने फुयालले बताए ।

प्रदेशको नाम र राजधानीका विषयमा सत्तारुढ दल नेकपाका सांसदहरुविचमा कुरा नमिलेपछी संसदीय दलको बैठक पनि सरेको हो । आज बिहान १० वजेका लागि नेकपाका अध्यक्ष र केही सचिवालयका नेताहरु सहितले नेकपा प्रदेशका पार्टीका नेताहरु र प्रदेशसभामा रहेका केही केन्द्रीय सदस्यहरु संगको वैठकपछी मात्र संसदीय दलको वैठक राखीने नेकपाका प्रदेश सांसद राजेन्द्र पाण्डेले बताए स