Swornakshar Logo

प्रगतिशील पूँजीवादले जन्माएको स्वर्गः कान्छी प्रधानमन्त्रीको देश फिनल्याण्डको कथा

अनु पार्टानेन, ट्रेभर कोर्सन

२५ मंसिर । काठमार्डां । हामीहरु दुई वर्षअघि ब्रुकलिनको एउटा रमणीय ठाउँमा बस्ने गर्थ्यौं । अनुभवी पेशाकर्मी भएकाले पनि एउटा विशेषाधिकारयुक्त जीवनयापन गरेका थियौं । पहिलो सन्तान छोरी होस् भन्ने हामी दुबैको ठूलो चाहना थियो। ब्रुकलिनमा नै छोरी जन्माउँदा दुबै जना निकै खुसी भयौं । किनकी हामी संयुक्त राज्य अमेरिकाका नागरिक थियौं । त्यसैले हाम्रो भविष्य उज्वल छ भन्ने धेरैलाई लाग्थ्यो । तर हामीहरु भित्रभित्रै अति असुरक्षित र चिन्तित बनेका थियौं ।

स्वतन्त्र ठेकेदारको अस्थायी रोजगारीबाट हुने आम्दानी विस्तारै कम हुँदै थियो । हरेक वर्ष निजी रोजगारदाताको योजना अनुसार चल्नुपर्ने, फ्रिल्यान्सरका लागि अति महंगो योजना र जटिल तथा महंगो ओबामा केयरले गर्दा स्वास्थ्य बिमासम्मको पहुँच हाम्रो लागि निरन्तर चिन्ताको विषय बन्दै थियो । छोरी जन्मिएपछि स्याहार सुसारको खर्च थपिएपछि नयाँ कुराको सामना गर्नुपर्‍यो । शिक्षाका लागि हुने खर्च र बिलले जीवन नै टाट पल्टिन सक्छ भनेर हामीले कहिल्यै चिन्ता गरेनौं । गुणस्तरीय सरकारी विद्यालय भएको जिल्ला वा निजी विद्यालय भएको जिल्ला जहाँ बसे पनि कुरा एउटै थियो । त्यसपछि उच्च शिक्षाको कुरा थियो । अर्थात् अधिकांश अमेरिकी र विशेषाधिकारयुक्त अमेरिकीलाई झैं विभिन्न खालका चिन्ताले हामीलाई पनि सताएको थियो ।

हामीले यस्ता कुरा सोचिरहेका बेला अनुलाई उनको गृह नगर हेलसिन्की ९फिनल्याण्डको राजधानी० मा एउटा काम मिल्यो ।

‘अदिगो र दमनकारी नर्डिक मुलुकमा फिनल्याण्ड पनि पर्छ,’ भनेर राष्ट्रपति ट्रम्पसहित केही अमेरिकीले भनेको सुनेका थियौं । उनीहरुको नजरमा फिनल्याण्डजस्ता नर्डिक मुलुकहरु ‘सुसारे समाजवादी राज्य’ थिए र उनीहरुले पटक(पटक यही भनेको सुनेका थियौं । हामीले फिनल्याण्डमा बसाइँसराइँ गर्ने भनेर सोचिरहँदा आर्लिङटनमा हुर्किएका ट्रेभरको परिवार र अन्य अमेरिकी साथीसँग यसबारे सहयोग र सल्लाह लिएका थियौं । उनीहरु कसैले पनि हामीहरु सोभियतकालीन तानाशाही शासन रहेको मुलुकमा जाँदैछौं भनेर सोचे जस्तो लागेन । वास्तवमा उनीहरु सबैले हामीलाई फिनल्याण्ड जान भने । सिलिकन भ्यालीमा ३ जना सन्तानसहित बस्ने एकजना लगानीकर्ताले समेत ‘पाए त म पनि फिनल्याण्ड गइहाल्थेँ नि’ भने । त्यसैले सबैको कुरा सुनेपछि हामी फिनल्याण्डतिर लाग्यौं ।

हामी फिनल्याण्डमा आएर बसेको पनि एक वर्षभन्दा बढी भइसक्यो । अमेरिकामा हामीले बिताएको जीवन र यहाँ हामीले बिताएको जीवनमा निकै अन्तर छ । तर यस्तो अन्तर अधिकांश अमेरिकीले सोचेभन्दा फरक छ । यहाँ आएपछि हामीले थप निजी स्वतन्तत्राको अनुभव गरेका छौं । हामीलाई आफ्नो जीवन व्यवस्थपान गर्न थप सहज भएको छ । छोरी हुर्काउनु पर्ने, बुढा भएका बाआमाको हेरचाह गर्नुपर्ने र दैनिक जीवनको काम र व्यवस्थापनलाई सन्तुलन गर्नुपर्ने जस्ता विभिन्न चुनौती भने हाम्रा सामु छन् ।

तर फिनल्याण्डमा करदाताले तिरेको कोषबाट सञ्चालित सर्वव्यापी स्वास्थ्य सेवा (युनिभर्सल हेल्थ केयर) अमेरिकाको स्वास्थ्य सेवा जत्तिकै स्तरीय छ । यसका लागि ठूलो रकम वा कागजातको थुप्रो जम्मा गर्नुपर्दैन । यसमा हामी स्वतः समावेश भएका छौं । हामीले हाम्री छोरीलाई अति सुन्दर, स्तरीय र जातीय रुपमा विविधतायुक्त सरकारी बाल स्याहार केन्द्र ९पब्लिक डे केयर सेन्टर० मा भर्ना गरेका छौं । बालविकासका लागि केन्द्रमा सञ्चालन हुने गुणस्तरीय र व्यावसायिक क्रियाकलापबाट हामी निकै चकित भएका छौं । अनि शुल्क महिनाको ३ सय डलर मात्रै १ उक्त शुल्क पब्लिक डे केयरका लागि तिर्नुपर्ने अधिकतम शुल्क हो किनभने यहाँको सरकारले डे केयरका लागि सबै परिवारलाई अनुदानको व्यवस्था गरेको छ ।

र, हामी यही बस्यौं भने हाम्री छोरीले सामान्य खर्चमा नै किन्डरगार्टेनदेखि कक्षा १२ सम्म विश्वकै उत्कृष्ट शिक्षा पाउने छिन् । फिनल्याण्डको जुन ठाउँमा बसे पनि उनले यस्तो शिक्षा पाउन सक्छिन् । कलेजमा समेत कुनै शैक्षिक शुल्क तिर्नुपर्दैन । यदि हामीले अर्को सन्तान जन्मायौं भने स्वतः सन्तान स्याहार विदा ९प्यारेन्टल लिभ० पाउँछौं । १ वर्षसम्म पाइने यो विदा बाबुआमाले पालैपालो लिन सक्छन् र करबाट नै विदाबापतको तलब भुक्तान गरिन्छ । त्यस्तै यहाँ वर्षमा ४ देखि ६ हप्तासम्म तलबी विदा पाइन्छ ।

अमेरिकामा हामीले बिताएको जीवनसँग तुलना गर्ने हो भने यहाँको जीवन निकै रमाइलो छ । केही अमेरिकीहरुले फिनिश प्रणाली अस्तव्यस्त र निरंकुश भएको अनुमान गर्छन् । तर, फिनिश नागरिकले जीवनमा अस्वभाविक रुपमा सन्तुष्ट रहेको बताउँछन् । आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) का अनुसार फिनल्याण्डका नागरिक विश्व कै सन्तुष्ट नागरिकमा पर्छन् । त्यसपछि नर्वे, डेनमार्क, स्विट्जरल्याण्ड र आइसल्याण्डका मानिस आउँछन् । यो वर्षको विश्व खुसी प्रतिवेदनमा समेत फिनल्याण्ड विश्व कै खुसी मुलुक बन्न सफल भएको छ । योसँगै फिनल्याण्ड २ वर्षसम्म लगातार विश्वकै खुसी मुलुक बन्न सफल भएको छ ।

तर संयुक्त राज्य अमेरिकामा बस्नेहरुले भने फिनिश नागरिक र व्यवसायीले स्वतन्त्रता, अवसर र सम्पत्तिका लागि ठूलो मूल्य चुकाएको निष्कर्ष निकाल्छन् । पक्कै पनि फिनल्याण्डसँग आफ्नै आर्थिक चुनौतीहरु छन् र कुनै कुरा खराब भयो भने यहाँका मानिसहरुले तत्काल गुनासो गरिहाल्छन् । तर विद्यमान प्रणाली अन्तर्गत विश्वकै एउटा धनी मुलुक बनिरहेको छ, फिनल्याण्ड । अन्य नर्डिक मुलुकमा झैं विश्वका सफल कम्पनीहरु यहीं छन् ।

केही समयअघि जेपि मोर्गन एसेट म्यानेजमेन्टको बजार तथा लगानी हेर्ने अध्यक्षले तयार गरेको एक प्रतिवेदनमा सबैलाई चकित पार्ने निष्कर्ष निकालिएको छ । उक्त प्रतिवेदनमा ‘नर्डिक क्षेत्र अमेरिका जस्तै व्यवसायी मैत्री मात्रै छैन’, ‘स्वतन्त्र बजारसम्बन्धी महत्वपूर्ण सूचक समेत अमेरिकामा भन्दा राम्रो भएको’ उल्लेख छ । साथै निजी सम्पत्तिको राम्रो सुरक्षा, सरकारी नियन्त्रणका कारण प्रतिस्पर्धामा कम प्रभाव र पूँजी प्रवाह तथा व्यापारमा थप खुलापन रहेको उल्लेख छ । त्यस्तै विश्व बैंकले ‘डेनमार्क र नर्वेमा व्यापाररव्यवसाय गर्न संयुक्त राज्य अमेरिकामा भन्दा सजिलो रहेको’ बताएको छ ।

साथै फिनल्याण्डमा विभिन्न पुस्ताबीचको आर्थिक गतिशीलता समेत उच्च छ । सन् २०१८ को विश्व बैंकको एक प्रतिवेदन अनुसार फिनल्याण्डका बालबालिकाहरुको अवस्था आफ्ना बाबुआमाको भन्दा राम्रो हुने र आफ्नै परिश्रमबाट उनीहरु सफल हुने संभावना अमेरिकी बालबालिकाभन्दा बढी रहेको देखाउँछ ।

फ्रिडम हाउस नामक गैरराजनीतिक अनुगमन समूहले अमेरिकी नागरिकभन्दा फिनल्याण्डका नागरिकहरुले व्यक्तिगत र राजनीतिक स्वतन्त्रता बढी उपभोग गरेको, यहाँ राजनीतिक अधिकार अमेरिकामा भन्दा सुरक्षित रहेको बताएको छ ।

यी सबै कुराले के अर्थ राख्छ त ?

यी सबै विशेषतालाई झट्ट हेर्दा अमेरिकी राजनीतिज्ञले नर्डिक मुलुकलाई ‘समाजवादी’ भन्नुपूर्व दुईपटक सोच्न सक्लान् । तर हाम्रो आँखाबाट हेर्दा यो शब्दले अमेरिकाका लागि थप महत्व राख्छ जस्तो लाग्छ ।

अमेरिकामा सिनेटर बर्नी स्यान्डर्स र सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्जेटलाई खतरनाक उग्रपन्थी भनेर दानवीकरण गरिन्छ । तर फिनल्याण्डमा भने उनीहरुको विचारलाई सामान्यरुपमा लिने गरिन्छ र उनीहरुलाई समाजवादी पनि ठानिँदैन ।

सन् २०१६ मा बर्नी स्यान्डर्स राष्ट्रपति चुनावमा उठ्दा हाम्रा फिनिश साथीहरु आश्चर्यमा परेका थिए । अमेरिकाजस्तो धनी मुलुक र पूँजीवादी व्यवसाय सफलरुपमा फस्टाएको मुलुकमा अझै पनि सर्वसुलभ सरकारी स्वास्थ्य सेवा र निःशुल्क उच्च शिक्षा उपलब्ध नभएको सुन्दा कतिलाई विश्वास नै लागेको थिएन । जबकी २१ औं शताब्दीमा व्यवसायमैत्री हरेक मुलुकले प्रतिस्पर्धा गर्न निःशुल्क स्वास्थ्य र शिक्षा आवश्यक पर्छ भनेर नर्डिक मानिसहरुले सोच्ने गर्छन् ।

अझ अनौठो के छ भने (दक्षिण) अमेरिकामा जस्तो समाजवादी आन्दोलन फिनल्याण्डमा अस्तित्वमा छैन । ल्याटिन अमेरिकामा लोकप्रिय बन्दै गरेका बजारलाई सीमित पार्नुपर्ने र उत्पादन साधनलाई राष्ट्रियकरण गर्नुपर्ने जस्ता मुद्दा यहाँ छैनन् । यदि फिनल्याण्डको जस्तो समाजवाद विकास गर्ने हो भने चुनौती पनि कम हुन्छन् । यो कुरा सुन्दा आफैंमा अनौठो लाग्छ ।

कतै यसले समाजवादी मानिएको फिनल्याण्डमा भन्दा पूँजीवादी अमेरिकामा समाजवाद बढी लोकप्रिय छ भन्ने देखाउँदैन त ?

एकपटक फिनल्याण्डमा समाजवादी क्रान्तिको प्रयास गरिएको थियो । झण्डै १ सय वर्ष पहिला यस्तो प्रयास भएको थियो । त्यतिबेला रुसी साम्राज्यको पतनपछि स्वतन्त्र भएको फिनल्याण्डमा ओद्योगीकरणको प्रक्रिया सुरु भइरहेको थियो । त्यतिबेला आफ्नो दयनीय कार्यगत अवस्थाबाट वाक्क भएका शहर र गाउँका फिनिश मजदूर र मोहियानी किसानहरुले विद्रोह गरेका थिए । फिनल्याण्डका पूँजीपति, भूस्वामि र मध्यम वर्ग तथा उच्च वर्गको प्रतिक्रिया निकै तीव्र र निर्मम थियो । फलस्वरुप, गृहयुद्ध सुरु भयो । आम नरसंहारका घटना घटे । केही महिनापछि पूँजीपति र पुरातनवादीहरुले समाजवादी विद्रोहलाई दबाए । महिनौं चलेको गृहयुद्धमा ३५ हजारभन्दा बढी मानिसको ज्यान गयो। गृह युद्धका कारण उत्पन्न आघात र गरिब बनेका फिनिशहरुले तङ्ग्रिन र मुलुकको निर्माण गर्न कैयौं दशक खर्च गरे ।

त्यसपछि फिनल्याण्डमा समाजवादका लागि के गरियोरफिनल्याण्डमा समाजवादमाथि के भयो ? फिनल्याण्डका चर्चित राजनीतिक इतिहासकार तथा हेल्सिन्की विश्वविद्यालयका प्राध्यापक पाउली केटुनेनले गृहयुद्धपछि फिनल्याण्डका रोजगारदाताले ‘किसानलाई लालपूर्जा दिएर स्वतन्त्र रुपमा कृषि कर्म दिनुपर्ने’ अवधारणा लागू गरेको बताउँछन् । वीरतापूर्ण व्यक्तिवादको यो अवधारणाबाट उनीहरुले मजदूर युनियनलाई कमजोर बनाउन खोजेको केटुनेनले बताए । बिसौं शताब्दीको पूर्वार्द्धमा समाजवादीहरुले फिनल्याण्डको राजनीतिमा भूमिकासहित फर्किएका थिए । तर फिनल्याण्डमा पनि समाजवादी धारको क्रान्तिकारी शक्तिको रुपमा उदाउन सकेन, अमेरिकामा झैं यो धारलाई क्रान्तिकारी शक्तिको रुपमा उदाउनबाट रोकियो ।

फेरि फिनल्याण्ड अर्को रक्तपातपूर्ण युद्धमा फस्यो । दोस्रो विश्वयुद्धमा नाकैमा रहेको साम्यवादी रुससँग ठूलो मूल्य चुकाएर लड्यो । युद्धपछि फिनल्याण्डमा औद्योगिक युगले थप गति लियो, अन्तर्राष्ट्रिय मञ्जमा देखिन थाल्यो । मजदूर युनियनको शक्ति बढ्यो, समाजवादप्रति पुनः समर्थनरसहानुभूति देखियो । यही क्षणमा नै फिनल्याण्डको इतिहासले अभूतपूर्व दिशा लिएको थियो ।

फिनल्याण्डका पूँजीपतिररोजगारदाताहरु पूँजीवादमाथि समाजवादले उत्पन्न गर्न सक्ने खतराबारे निकै सचेत र गम्भीर थिए । उनीहरुले मजदूरका आवश्यकताबारे बोल्ने राजनीतिज्ञहरुको निरन्तर दबाबमा पर्न थालेको महसुस गरे । फिनल्याण्डका पूँजीपतिले देशमा हुन सक्ने सम्भावित समाजवाद रोक्न, आफ्नो निजी सम्पत्ति र उद्योगको सुरक्षा गर्न आफ्नो कार्यनीति फेरे । दोस्रो विश्वयुद्धपछि उनीहरुले शोषण गरेर मजदूरको अवस्था थप दयनीय गर्नुको साटो सरकारसँग सहकार्य गर्न थाले । उनीहरुले दीर्घकालीन रणनीति तर्जुमा गर्ने र यस्तो रणनीतिमा मजदूर युनियनमार्फत् मजदूरलाई सहभागी गराउने भन्दै सरकारसँग सहकार्य गरेका थिए ।

अचम्मको कुरा के छ भने फिनल्याण्डका पूँजीपतिहरु दीर्घकालीनरुपमा आफूलाई नै फाइदा हुने सोचेर नै उच्च दरको प्रगतिशील करप्रति सहमत भएका थिए । करमार्फत् सरकारी कार्यक्रमको खर्च व्यहोर्न सकिने, मजदूरहरु स्वस्थ र उत्पादनशील बन्ने र श्रमबजारले लाभ उपलब्ध गर्न सक्ने भएको थियो । यिनै कार्यक्रम नै आज करदाताद्वारा सञ्चालित सर्वव्यापी सामाजिक सुरक्षा सेवा बनेका छन् । जसमा सार्वजनिक स्वास्थ्य सेवा, सार्वजनिक दिवा हेरचाह तथा शिक्षा, तलबी शिशु स्याहार विदा, बेरोजगार बिमा जस्ता कार्यक्रम पर्छन् ।

तर, अमेरिकीहरुलाई फिनल्याण्डका पूँजीपतिले चालेका यी कदम अकल्पनीय लाग्न सक्छ किनभने अमेरिकामा यसखाले सर्वव्यापी सरकारी कार्यक्रम र नाफामुखी निजी व्यवसाय तथा मजबुत आर्थिक वृद्धिसँगै अघि बढ्न सक्दैन भन्ने मिथ्या कुरा सिकाइएको छ । यस्तो सहकार्य असम्भव भएको देखाउन गत वर्ष ट्रम्प प्रशासनले ‘समाजवादले नर्डिक मुलुकको जीवन स्तरलाई नकरात्मक असर पारेको’ भन्दै एउटा अनौठो प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तर, सन् २००६ मा फिनिश अनुसन्धानकर्ता मार्कस एन्टी, युहो सारी र युहाना भार्टिआनेनले गरेको एक अध्ययनले यसको ठीकविपरीत निष्कर्ष निकालेको थियो । उक्त प्रतिवेदनको पहिलो निष्कर्ष छ( बिसौं शताब्दीभर र अहिले पनि फिनल्याण्ड र यहाँको अर्थतन्त्र खुला बजार, निजी व्यवसाय र पूँजीवादप्रति प्रतिबद्ध रहेको छ ।

अझ अचम्मको कुरा के छ भने उक्त अध्ययनबाट फिनल्याण्डको पूँजीवादी विकास र गतिशीलताले मानव समृद्धिका लागि उदार र सर्वव्यापी सरकारी सेवा उपलब्ध गराउने सरकारको प्रतिबद्धतालाई थप सहयोग गरेको देखाउँछ, हानी गरेको देखाउँदैन । फिनल्याण्डमा यिनै सेवाका कारण नै पूँजीवादले पैदा गर्ने जोखिम र अव्यवस्थाहरु निरुत्साहित र न्यूनीकरण हुँदै गएको हो ।

वृद्धि र क्रमभंगताका लागि फिनल्याण्डको स्थिर आधारशीलासँगै मुलुकको सानो तर गतिशील खुला बजार अर्थतन्त्र आफ्नो भारभन्दा निकै माथि उठेको छ । फिनल्याण्डका सबैभन्दा चर्चित व्यवसायमा विश्वकै ठूलो मोबाइल कम्पनी, विश्वकै ठूलो लिफ्ट उत्पादन कम्पनी र विश्वकै ठूला दुई मोबाइल गेमिङ कम्पनी पर्छन् । यदि फिनल्याण्डको भ्रमण गर्नुभयो भने वृद्धि भइरहेका सपिङ मल, मनमोहक कार र अन्तर्राष्ट्रिय रुपमा नै निकै प्रतिस्पर्धी निजी कम्पनीसँगै अति नै अपेक्षा गरिएको गुणस्तरीय जीवन फैलिरहेको पाउनुहुन्छ ।

अन्य नर्डिक मुलुकले पूँजीवादको यो स्वरुप फिनल्याण्डमा भन्दा पहिला नै लागू गरिरहेका छन् । ती मुलुकमा यो प्रणाली थप सफल भएको पाइन्छ । पाउली केटुनेनका अनुसार सन् १९३० को दशकमा नै नर्डिक क्षेत्रका रोजगारदाताले महामन्दीसँगै प्रकट भइरहेको संकट देखेका थिए । उनीहरुमध्ये अधिकांशले सिकेको एउटा महत्वपूर्ण पाठ थियो( सबैभन्दा उत्तम विकल्प भनेको पूँजीवादको नर्डिक विधिप्रति सहमति जनाउनुपर्छ र यसलाई अनुशरण गर्नुपर्छ ।

प्रत्येक नर्डिक मुलुकका आ(आफ्नै विशिष्टतारभिन्नता छन् । सबै मुलुकभित्र आ(आफ्नै त्रुटि र कमजोरी छन्, विशिष्ट खालको इतिहास र नागरिक असहमति कायम छ । सशक्त युनियन र रोजगारदाताबीच देखिने निरन्तर विवादरद्वन्द्वले यहाँको प्रणालीलाई सन्तुलनमा राख्न सहयोग गरेको छ । कहिलेकाहीं यस्तो विवाद निकै भद्रगोल समेत हुने गर्छ । यही हप्ता नै मजदूर विवादका कारण फिनल्याण्डका प्रधानमन्त्रीले राजीनामा दिनुपरेको छ ।

तर समग्रमा हेर्दा सबै नर्डिक मुलुकहरु र यहाँका व्यवसायिक घरानाहरु एउटा सामान्य सुत्रप्रति सहमत देखिन्छन् । अर्थात् यदि कामदारलाई राम्रो पारिश्रमिक दिने हो र उनीहरुको जीवन गुणस्तरीय बनाउने, सबै नागरिक र उनीहरुका सन्ततिले स्वस्थ जीवनयापन गर्ने खालको र सबैले मर्यादित जीवनयापन बिताउन सक्ने, सबैले समान अवसर उपयोग गर्न सक्ने लोकतान्त्रिक र जवाफदेही सार्वजनिक सेवा उपलब्ध हुने हो भने पूँजीवादले राम्रोसँग काम गर्न सक्छ भन्नेमा आम सहमति देखिन्छ । हाम्रा लागि यसले एउटै अर्थ राख्छ( योसँगै हाम्रा लागि व्यक्तिगत स्वतन्त्रता र राजनीतिक अधिकार वृद्धि भएको छ ।

तर यसका लागि पूँजीपति र व्यवसायीहरुले अमेरिकी पूँजीपति र व्यवसायीले दिनेभन्दा राम्रो र स्तरीय पारिश्रमित दिनुपर्छ, उनीहरुले थप कर तिर्नुपर्छ । नर्डिक नागरिकले सामान्यतया बढी नै कर तिर्छन् । तर बढी कर तिर्ने कार्य अमेरिकामा भने कलंकपूर्ण सुनिन सक्छ जहाँ व्यवसायिक नेता र अर्थशास्त्रीले कर बढाउने कार्यले वृद्धि सुस्त हुने र लगानीलाई निरुत्साहित गर्ने भनेर निरन्तर चेतावनी दिइरहेका छन् ।

यद्यपि, एउटा कुरा भने निकै रमाइलो छ । क्रेडिट सुइसको एक तथ्याङ्कले बिगत ५० वर्षमा नर्डिक इक्विटीमा लगानी गर्नुभएको छ भने यसको अर्थ तपाईंको वार्षिक लाभांश सोही अवधिमा अमेरिकी धितो बजारबाट प्राप्त हुने लाभांसभन्दा उच्च हुन्छ भन्ने देखाउँछ ।

नर्डिक पूँजीपतिहरु मुर्ख छैनन् । कर तिरेपछि राम्रो वित्तीय लाभांश प्राप्त गर्न सकिन्छ भनेर उनीहरुलाई राम्रोसँग थाहा छ । उनीहरुले विलासीपूर्ण जीवन बिताउन, प्रभाव जमाउन र सामाजिक हैसियत प्राप्त गर्नका लागि आफूले कमाएको नाफा सुरक्षित साथ राखेका हुन्छन् । नर्डिक मुलुकमा दर्जनौं अर्बपति छन् । त्यस्तै नर्डिक नागरिक समेत चलाख छन् । यदि तपाईं फिनल्याण्डको सम्पन्नशाली मध्यम वर्गीय नागरिक हुनुहुन्छ भने कम झण्झटमा नै सोही हैसियतका अमेरिकीभन्दा तपाईंले सामान्यता आफूले तिरेको कर र व्यक्तिगत खर्चको संयोजनसँगै राम्रो अवसर समेत पाउनुहुन्छ, राम्रो प्रतिफल पाउनुहुन्छ ।

नर्डिक मुलुकका धनाढ्य वर्ग किन यही प्रणली अनुसार चलिरहेका छन् त ? नर्डिक मुलुकका केही पूँजीपतिहरुले वास्तवमै समान अवसरमा विश्वास गर्छन् र समाजका सबै नागरिकलाई केन्द्रमा राखेर गरिने लगानीको महत्व उनीहरुलाई राम्रोसँग थाहा छ । तर यसको अलि निरस कारण पनि छ । अर्थात् पूँजीपतिले कर तिरेर मजदूरलाई स्वस्थ र शिक्षित राख्ने जिम्मेवारी सरकारलाई दिन चाहन्छन्, यो उनीहरुका लागि सहज उपाय पनि हो ।

संयुक्त राज्य अमेरिकाका कम्पनीले स्वास्थ्य योजना कार्यान्वयन गर्न र कम्पनीका लागि योग्य र शिक्षित कामदार खोज्नका लागि संघर्ष गरिरहेका छन् भने नर्डिक मुलुकमा भने सबै नागरिकलाई सरकारले नै गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनुपर्छ भन्ने माग उठिरहेको छ । यसले गर्दा व्यवसायीहरुलाई सर्वोत्कृष्ट व्यवसायिक प्रतिफल निकाल्नेप्रति केन्द्रित हुन सहज भएको छ । यसले सबैलाई सहज बनाइदिएको छ । फिनल्याण्डका विद्यार्थी, श्रमिकरमजदूर, वैध आप्रवासी, उच्च पारिश्रमिक पाउने व्यवस्थापक, सम्पन्न परिवार सबैले यहाँको करमा आधारित स्वास्थ्य सेवा र विश्वकै उत्कृष्ट सरकारी विद्यालयबाट लाभान्वित भएका छन् ।

यसबाट एउटा महत्वपूर्ण पाठ सिक्न सकिन्छ( जब पूँजीपतिले सरकारलाई वैचारिक शत्रुको साटो व्यवस्थापकीय सहयोगीको रुपमा लिन्छन्, जब सबै नागरिकले उच्च गुणस्तरका सार्वजनिक संस्थाहरुमा आफ्नो पनि हिस्सा भएको महसुस गर्छन् तब सरकारले आश्चर्यजनक र प्रभावकारी रुपमा काम गर्न सक्छ ।

यदि हामीले नर्डिक मुलुकको प्रणालीलाई ‘समाजवाद’ को बिल्ला लगाइदियौं भने दुर्भाग्य हुन जान्छ । यसो गर्दा यहाँ के भइरहेको भन्ने वास्तविकता देख्न सक्दैनौं । हामीले नर्डिक क्षेत्र एउटा प्रयोगशाला हो जहाँ पूँजीपतिले स्वस्थ तबरले नाफा पनि कमाउँछन् र दीर्घकालीन स्थिरता तथा मानव विकासमा लगानी पनि गरिरहेका छन् भन्ने बुझ्दैनौं ।

अमेरिकाका पूँजीपतिले यहाँको भन्दा पृथक बाटो अपनाएका छन् । उनीहरुले करमा कटौती गरेका छन् । उनीहरुले सरकारलाई कमजोर बनाएका छन् । उनीहरुले युनियनलाई दबाएर राखेका छन् । उनीहरुले अत्याधिक नाफा कमाउने धुनमा अत्यावश्यक सेवालाई निजीकरण गरिरहेका छन् । यस्ता कार्यले मजदूरहरु पूँजीवादले निम्त्याउने अस्तव्यस्तताको जोखिममा नराम्रोसँग फँस्छन् । राम्रो अवस्थामा रहेका अमेरिकीहरु समेत घातक पूँजीवादी दबाबमाझ संघर्ष गरिरहेका छन् । फलस्वरुप, अमेरिकामा गरिबी, सुकुम्बासी, टाट पल्टाउने मेडिकल खर्च, दुर्व्यसन, कारागार जस्ता दुर्दशा देखा पर्न थालेका छन् ।

अमेरिकीहरुलाई ‘यही नै स्वतन्त्रता हो’ र ‘यसरी नै उत्कृष्ट जीवनयापन गर्न सकिन्छ’ भनेर पठाइएको छ । र, एक शताब्दी अघि फिनल्याण्डमा पनि यस्तै अवस्था थियो ।

पूँजीपतिका लागि अमेरिकामा व्यवसाय गरी सबैभन्दा प्रभावकारी बन्ने वा नाफा कमाउने सबैभन्दा उत्तम विधि यही नै हो त रु हाल अमेरिकामा आक्रोश र डर व्याप्त हुँदै गइरहेको छ । विश्वव्यापीकरणलाई पछाडि धकेल्ने भनेर नै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यो कुनै नौलो कुरा होइन् । त्यस्तै अमेरिकी मजदूरले प्रतिरोध गरिरहेका छन् । गत वर्ष अमेरिकामा सन् १९८० को दशकपछि कै ठूलो संख्यामा मजदूरहरु बन्दरहड्तालमा सहभागी भएका थिए । यसै वर्ष जनरल मोटर्सका मजदूरले गरेको हड्ताल ५० वर्षमै सबैभन्दा ठूलो थियो । यो कुनै आश्चर्यको कुरा होइन । त्यस्तै गलअपले गरेको एक सर्वेक्षण अनुसार १८ देखि २९ वर्ष उमेर समूहका अमेरिकीमध्ये ५० प्रतिशत अमेरिकीले समाजवादप्रति सकरात्मक सोंच राख्छन् । यो पनि कुनै अचम्मको विषय होइन ।

भविष्यमा समाजवादीको वर्चश्व हुन सक्नेप्रति अमेरिकी पूँजीपति र व्यवसायीको ध्यान जान थालेको छ । केही वर्षदेखि अमेरिकी पूँजीपति निक हानाउरले आफ्ना अति धनाढ्य साथीहरुलाई ‘हामीलाई घोच्न पिचफोर्क ९एकखालको चुच्चो औजार० तयारी अवस्थामा राखिएको छ’ भनेर चेतावनी दिँदै आएका छन् । वारेन बफेटले धनीका लागि कर बढाउनुपर्ने आवाज उठाइरहेका छन् । यसै वर्ष अर्बपति लगानीकर्ता रे डालियोले ‘आधारभूत रुपमा नै पूँजीवादले अधिकांश मानिसको पक्षमा काम नगरेको’ स्विकारेका छन् । योङ एण्ड रुबिक्यामका मानार्थ अध्यक्ष ९चेयरमेन एमेरिटस० पिटर जर्जेस्कुले अझ प्रस्ट रुपमा पूँजीवादबारे टिप्पणी गरेका छन् । जर्जेस्कुले ‘पूँजीवादले विस्तारै आत्महत्या गर्दैछ’ भन्ने ठान्छन् । पछिल्लो समय पूँजीवादी वृत्तमा यस खाले चिन्ता व्यापक रुपमा फैलिएको पाइन्छ । द फाइनान्सिअल टाइम्सले आफ्ना व्यवसाय मैत्री पाठकसामु ‘पूँजीवाद संकटमा परेको’ र वास्तविक स्वतन्त्र बजार र अवसरलाई पुनर्स्थापना गर्न ‘पूँजीवादको पुनर्संरचा गर्नुपर्ने’ भनेर एउटा उच्च स्तरीय संस्करणरश्रृङ्खला नै सुरु गरेको थियो । अमेरिकाका मुख्य वित्तीय तथा औद्योगिक अगुवाहरुले एउटा आर्थिक गोलमेच सम्मेलन गरी ‘अबदेखि आफूहरुले नाफालाई मात्रै होइन, कर्मचारीरमजदूर, ग्राहक, शेयरधनी र समुदायलाई पनि प्राथमिकतामा राख्ने’ घोषणा गरेर आर्थिक वृत्तमा सनसनी नै फैलाएका थिए । उनीहरुले यो नयाँ अवधारणालाई ‘सरोकारवाला पूँजीवाद’ भनेर नामाकरण गरेका छन् ।

यदि धनाढ्य उद्योगपतिले दीर्घकालीन उपायबारे गम्भीर रुपमा सोचेका हुन् भने पूँजीवादको चक्रलाई पुनः आविष्कार गर्नुपर्ने आवश्यकता छैन । उनीहरुले नर्डिक पूँजीपतिहरुसँग परामर्श लिन सक्छन् । यदि नर्डिक पूँजीपतिसँग उनीहरुले परामर्श गरे भने समुदायलाई सहयोग गरेका कारण पूँजीवाद सफल बनेको होइन भनेर थाहा पाउने छन् । यसको ठीक विपरीत अर्थात् नर्डिक पूँजीपतिले समुदायलाई कम सहयोग गरेका छन् भन्ने थाहा पाउने छन् । नर्डिक मुलुकका पूँजीपतिले असल नियत राखेर युनियनहरुसँग वार्ता गर्दै व्यवसायलाई जोड दिन्छन्, अर्कोतिर नागरिकलाई स्वतन्त्र रुपमा राजनीतिज्ञलाई भोट हाल्ने अवसर प्रदान गर्छन् र राजनीतिज्ञहरुले सरकारमार्फत् सर्वव्यापी सरकारी सेवाहरु प्रभावकारी रुपमा प्रवाह गर्छन् भनेर अमेरिकी पुँजीपतिले बुझ्नेछन् ।

यो कुरा पिउ रिसर्च सेन्टरको एक सर्वेक्षणले देखाएको र अधिकांश अमेरिकीहरुले मनैदेखि चाहेको कुरासँग मिल्न जान्छ । उक्त सर्वेक्षणमा सहभागी उत्तरदाताले भावी पुस्ताको जीवन स्तर सुधार्नका लागि अमेरिकी सरकारले स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताएका थिए ।

तर सर्वेक्षणले मुलुकको भविष्यबारे अमेरिकीहरु त्यति उत्साहित देखिँदैनन् र शीघ्र नै अमेरिकामा अस्वस्थरखराब राजनीतिक द्वन्द्व सुरु हुन लागेको देखाउँछ । केही सैन्य विज्ञ र इतिहासकारहरु यसमा सहमत देखिन्छन् । अमेरिकामा गृहयुद्ध भड्किन सक्ने सम्भावना निकै रहेको उनीहरुको विश्लेषण छ ।

अमेरिकी पूँजीपतिले ‘लागत(लाभको कुन प्रणालीरनीति अपनाउँदा सबैभन्दा विवेकपूर्ण हुन्छ रु’ भनेर गम्भीर भएर आफैलाईं सोध्नुपर्ने बेला आएको छ । फिनल्याण्डमा गएर नबुझ्ने तर कसरी मुनाफा कमाउन सकिन्छ भनेर मात्रै सोचे भने यो झन घातक हुन सक्छ ।

यतिबेला हामीले हेल्सिन्कीमा दोस्रो पटक हिउँद र हिउँदसँगै आउने निरसता सामना गरिरहेका छौं । हामीलाई हाम्रा फिनिश साथीहरुले ‘पहिलो हिउँदलाई कसरी सामना गर्नुभयो र यो हिउँदमा पनि यही बस्न सक्नुहुन्छ त ?’ भनेर सोधिरहनु हुन्छ । र हामीले सधैँ एउटै जवाफ दिने गर्छौं( ‘हिउँदल आउँदैमा हामीहरु डराउनु पर्दैन, वास्तवमा यसले तपाईंलाई खुसी बनाउँछ ।’ अधिकांश मानिसले गुणस्तरीय जीवनयापन गरिरहेको फिनल्याण्डको कार्यक्षेत्रमा जानुपूर्व खिन्न पार्ने र हिउँले भरिएको सडक हुँदै दुई वर्षीया छोरीलाई स्ट्रोलरमा राखेर रमाइलो डे केयर सेन्टरमा लैजाँदा होस् वा उनलाई मैत्रीपूर्ण, गुणस्तरीय र पूर्ण निशुल्क बाल स्वास्थ्य केन्द्रमा लैजाँदा होस्, हिउँदसँग हामी डराएका छैनौं । हिउँद आएपछि हामीहरु झन खुसी भएका छौं ।

(अनु पार्टानेन ‘द नर्डिक थ्यौरी अफ एभ्रीथिङः इन सर्च अफ अ बेटर लाइफ’ की लेखिका हुन् । उनी हेल्सिन्कीस्थित परामर्शदाता संस्था नर्डिक वेस्ट अफिसकी वरिष्ठ सल्लाहकार समेत हुन् । ट्रेभर कोर्सनले केही समयअघि कोलम्बिया विश्वविद्यालयमा अमेरिकीन स्टडिज एण्ड राइटिङ विषय अध्यापन गरेका थिए । उनका २ वटा किताब प्रकाशित छन् ।)

न्यूयोर्क टाइम्समा प्रकाशित आलेख हो