Swornakshar Logo

स्वर्णको अर्धशतकमा नेपाल एक कदम पछि (नामावली सहित)

२३ मंसिर । काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकूद (साग)को दोस्रो अन्तिम दिनसम्म नेपालले ४९ वटा स्वर्ण जितेको छ।

२७८ वटा स्वर्ण पदकको टुंगो लाग्दा १४३ स्वर्ण भारत शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाल स्वर्ण संख्याको नजिक छ। त्यस्तै श्रीलंका ३६ पदक सहित तेस्रो स्थानमा रहेको छ। पाकिस्तान ३० स्वर्ण सहित चौथो स्थानमा रहेको छ।

बंगलादेशले १९ स्वर्ण जित्दा माल्दिभ्सको १ स्वर्ण रहेको छ। यता भूटानले खेलको नवौं दिनसम्म पनि स्वर्ण विहीन छ। आज नेपालले चार वटा स्वर्ण जित्यो।

मिनु गुरुङ र भूपेन्द्र थापाले बक्सिङमा, पुनम श्रेष्ठले जुडोमा स्वर्ण जित्दा कीर्तिमानि गौरिका सिंहले पौडीमा स्वर्ण थपिन्। आज सय मिटर फ्रिस्टाइलमा उनले स्वर्ण जितेकी हुन्। यो संगै गौरिकाको १३ औं सागमा चार स्वर्णको कीर्तिमान बनेको छ।

१३ औं सागको नवौं दिनसम्म नेपालले जितेका स्वर्णहरु

१. मण्डेकाजी श्रेष्ठ, कराते (एकल काता)
२. महसुस तामाङ, मण्डेकाजी श्रेष्ठ, प्रविण मानन्धर– कराते (टिम काता, पुरुष )
३. निर्मला तामाङ, संगिता मगर, सरु कार्की– कराते (टिम काता ,महिला)
४. कुसुम खड्का, कराते (४५ केजी मूनी)
५. लक्ष्मण तामाङ, कराते (५५ केजी)
६.विप्लवलाल श्रेष्ठ, कराते (८४ केजीमाथि)
७. कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (२३–२९ वर्ष )
७। ८। नवीन रसाइली, कराते (६७ केजी)
९.सुनिता महर्जन, कराते (६८ केजी)
१०. पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२३ –२९ वर्ष )
११. अनु अधिकारी, कराते (५० केजी मूनि)
१२. सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )
१३. आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्ष माथि )
१४.अनुपमा मगर, कराते (६८ केजी)
१५. आयशा शाक्य र सञ्जिकुमार पाण्डे– तेक्वान्दो पुम्से (२९ वर्ष माथि )
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना– पुम्से महिला टिम १७–२३ वर्ष)
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई– पुम्से महिला टिम (२३–२९ वर्ष)
१८. काजल श्रेष्ठ, तेक्वान्दो (४६ केजी मूनि)
१९. वीरबहादुर महरा, तेक्वान्दो (६८ केजी मूनि)
२०.सोनी गुरुङ, ट्रायथलन
२१. हिमाल टमाटा, डुवाथोलन
२२. विजय सिन्जाली, उसु (थाउलो)
२३.सुस्मिता तामाङ, उसु (थाउलो)
२४. दीपक हमाल, उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ, एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर, साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ, साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल, तेक्वान्दो (६२ केजी मूनि)
२९. सक्षम कार्की, तेक्वान्दो (८७ केजी माथि)
३०. निमा घर्तीमगर, उसु (थाउलो–नान्दौ)
३१. लक्ष्मी श्रेष्ठ, साइक्लिङ (क्रसकन्ट्री)
३२. बुद्धिबहादुर तामाङ, साइक्लिङ (क्रस कन्ट्री)
३३. गौरिका सिंह, पौडी (२०० मिटर फ्रिस्टाइल)
३४. भुपेन श्रेष्ठ, तेक्वान्दो (८७ केजी)
३५. सन्जु चौधरी, भारोत्तोलन (५९ केजी)
३६. जुनी राई, उसु (५६ केजी)
३७. गोपीचन्द्र पार्की, एथलेटिक्स (५ हजार मिटर दौड)
३८.सुवास तामाङ, गल्फ
३९.सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ गल्फ (टिम इभेन्ट)
४०. विकास थापा, भारोत्तलन
४१. गौरिका सिंह, पौडी (२ सय मिटर ब्याकस्ट्रोक)
४२. किरणसिंह बोगटी, म्याराथन (४२ दशमलव १९५ किमी)
४३. संगिता धामी, कुस्ती (५५ केजी)
४४. गौरिका सिंह, पौडी (४ सय मिटर फ्रिस्टाइल)
४५. देविका खड्का, जुडो (५२ केजी मुनि)
४६. मिनु गुरुङ, बक्सिङ (५४ केजी)
४७. पुनम श्रेष्ठ, जुडो (७८ केजी)
४८. भुपेन्द्र थापा, बक्सिङ (६४ केजी)
४९. गौरिका सिंह, पौडी (एक सय मिटर फ्रिस्टाइल)