Swornakshar Logo

पिचाई कसरी बने अल्फाबेट र गुगलका सीईओ ?

२१ मंसिर । काठमाडौं । सुन्दर पिचाई सिलिकन भ्यालीका शक्तिशाली व्यक्तित्वमध्ये एक हुन्। गत मंगलबार गुगलका सहसंस्थापकद्वय ल्यारी पेज र सर्जेई ब्रिनले गुगलसँगै यसको मातृकम्पनी अल्फाबेटको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने घोषणा गरे।

‘गुगलको नेतृत्वका लागि पिचाई नै जिम्मेवार र उत्तरदायी हुनेछन् र अल्फाबेटका लगानी व्यवस्थापन पनि उनै गर्नेछन्’, दुई सहसंस्थापकले एक पत्रमार्फत भनेका थिए।

पिचाईको यो यात्राले भारतमा भद्रतापूर्ण पालनपोषणबाट विश्वकै मूल्यवान् र प्रभावशाली व्यवसायसम्मको आरोहणलाई देखाउँछ। उनी भारतको चेन्नईमा हुर्किएका थिए। जहाँ कमै मान्छेको पहुँचमा फोन थियो भने कम्प्युटर र इन्टरनेटको त कुरै छाडौँ।

त्यस्तो वातावरणमा हुर्किएका उनको अहिलेको अवस्था हेर्दा प्रविधिले मान्ेलाई कसरी शक्तिशाली बनाउँदो रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ।

उनको परिवारले एउटा टेलिफोन पाउन पाँच वर्ष कुर्नुपरेको थियो। जब उनीहरुले टेलिफोन पाए, गाउँभरका मानिसहरु उनकोमा आएर फोन गर्नेगर्थे।

‘यो एउटा सामुदायिक कुराजस्तो बनिदियो। मानिसहरु आफ्ना सन्तानलाई फोन गर्न हामी कहाँ आउँथे’, पिचाईले एक वर्षअघि अमेरिकी केबल न्युज नेटवर्कसँग भनेका थिए, ‘र, मेरो लागि यो आफैँमा प्रविधिसँग के शक्ति छ भन्ने अभ्यास भयो।’

अमेरिका नआउन्जेल पिचाईसँग आफ्नै कम्प्युटर थिएन। उनले अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीमा छात्रवृत्ति पाएका थिए। त्यसपछि बाँकी सबै इतिहास थियो।

उक्त विश्वविद्यालयबाट उनले इन्जिनियरिङमा स्नातकोत्तर गरे र पछि उनी पेनिसिल्भानिया विश्वविद्यालयको ह्वार्टन स्कुलमा एमबीए गर्न गए। पिचाईले सन् २००४ मा गुगलसँग जोडिनुअघि अप्लाइड मटेरियल्स र म्याक किन्सेमा काम गरिसकेका थिए। गुगलमा सुरुवाती चरणमा उनको भूमिका धेरै किसिमको थियो। उनी त्यसबेला गुगलको प्रोडक्ट चिफका रुपमा क्रोम हेर्थे भने एन्ड्रोइड अपरेटिङ सिस्टमको त प्रमुख नै थिए। त्यसपछि सन् २०१५ मा उनी सीईओ बनेका हुन्।

पिचाईलाई अहिले पनि अमेरिका अवसरको भूमिजस्तो लाग्छ। सीएनएनले उनलाई सोधेको थियो, ‘के अमेरिकी सपना अहिले पनि जीवित छ तरु’

उनको जवाफ थियो, ‘हो, आज पनि त्यो साँचो लाग्छ तर यसलाई साँचो बनाउन हामीले अझै कडा परिश्रम गर्नुछ।’

उनको यो उत्तर आप्रवासीहरुलाई सफलता डो¥याउने बाटो खोलिदिनुपर्छ भन्नेसँग सम्बन्धित पनि छ। त्यसो त पिचाईले कंग्रेस ९अमेरिकी संसद०लाई ड्रिमर्स ९अमेरिकामा आप्रवासीका सन्तान०लाई संरक्षण दिन आग्रह समेत गरेका छन् भने उच्च दक्ष प्रकृतिको बसाइसराइको वकालत गरेका छन्।

‘यदि तपाईं प्रविधि क्षेत्रका कम्पनीमा हेर्नुहुन्छ भने सबै एकसेएक छन्, तीमध्ये धेरै आप्रवासीले नै स्थापना गरेका छन्’, उनले भने, ‘प्रविधिमा हाम्रो नेतृत्व वरिष्ठ कम्प्युटर वैज्ञानिकलाई आकर्षित गर्ने क्षमताबाट आउँछ, एआई रिसर्चरबाट आउँछ। यसलाई हामीले निरन्तरता दिनुपर्छ।’

गुगलको सीईओ बन्नु उनको जीवनकै दुर्लभ अवसर थिए। तर, यो उनले खोजेका थिएनन्। ल्यारी र सर्जेईले उक्त घोषणा गरिरहँदा आफूलाई अचम्म लागेको उनले बताए।

‘म प्रोडक्ट बनाउनै व्यस्त थिएँ र यस्तो होला भन्ने पूर्वानुमान पनि गरेको थिइनँ’, उनले भने।

गुगलको सीईओ भूमिकामा उनले धेरै गम्भीर चुनौती समेत सामना गरेका छन्। कतिपय त प्रयोगकर्ताको निजी मामिलासँग सम्बन्धित छन् भने लिंग र कम्पनीमा अन्य धेरै प्रकारका समस्याको सामना गरेका छन्। यतिसम्म कि कर्मचारीले काम नै छोडेको अवस्था पनि उनले भोगेका छन्।

प्रयोगकर्ताको निजी मामिलाको विषयमा त उनले अमेरिकी सांसदको प्रश्नको उत्तर नै दिनपुरेको थियो। गुगल र अल्फाबेटको सीईओको रुपमा अझै पनि उनले नियामक निकायबाट हुने अनेकानेक अनुसन्धानको सामना गर्नै बाँकी छ।

‘प्रमुख नैतिक अधिकृत हुनु सीईओको कर्तव्य नै हो, प्रविधिले समाजमा कस्तो प्रभाव पार्छ भन्ने लेखाजोखा गर्नैपर्छ’, उनले भने, ‘मेरो भूमिकाको यो आधारभूत भाग नै हो। तर नैतिक पक्ष भनेको हरेक संस्थाको सबै तहमा आवश्यक पर्छ भन्ने मलाई लाग्छ।’

मानिसहरुमा डाटा प्राइभेसीलाई लिएर चासो बढिरहँदा पिचाई गुगलले यसलाई अझै सहज बनाउन लागेको बताउँछन्। उनका अनुसार थोरै सूचना आवश्यक हुने गरी र आफ्नो तथ्यांकहरुमा प्रयोगकर्ताको आफ्नै नियन्त्रण हुने गरी गुगलले सहज पार्ने उनको दाबी छ। जस्तो कि कम्पनीले प्रयोगकर्ताको लोकेसन ९रहेको स्थान० हिस्ट्री र वेब ब्राउजिङ एक्टिभिटी अटो डिलेट ९स्वतः मेटिने० बनाउने सुविधा प्रयोगकर्तालाई दिने घोषणा गरिसकेको छ।

‘प्रयोगकर्तालाई उनीहरुको डाटा कसरी प्रयोग भइरहेको छ भन्ने राम्ररी थाहा हुँदैन’, उनले भने, ‘हामीले उनीहरुमाथि ठूलो भार बोकाएका छौँ।’

पिचाईले कम्पनीभित्रै पनि चुनौतीसँग जुधिरहेका छन्। गत वर्ष गुगलका कर्मचारीले काम छाडेर विरोध गरेका थिए। उनीहरुले कार्यक्षेत्रमा हुने लैंगिक हिंसा र भेदभावमा कम्पनी मौन रहेको आरोप लगाएका थिए।

तर, पिचाई भने कर्मचारीको विरोधपछि कम्पनी झन् राम्रो भएको बताउँछन्।‘हाम्रा कर्मचारीले स्पष्टसँग हामीले चासो नदिएका कुरा उठाए’, उनले भने, ‘यो एकदमै राम्रो कुरा जस्तो मलाई लाग्छ। त्यसपछि हामीले पनि महशुस गर्न पायौँ र सोहीअनुसार राम्ररी काम गर्न पायौँ।’

उनले कम्पनीले अहिलेसम्म गरेको महत्वपूर्ण निर्णय र त्यसले पारेको प्रभाव भनेको जबर्जस्ती मध्यस्थताको अन्त्य थियो। तर केही विरोधकर्ताले भने कम्पनीले यसको बदलाको लिएको ठान्छन्।

भर्खरै मात्र गुगलले धेरै कर्मचारीले लगाएको डाटा सुरक्षा नीतिको उल्लंघनको आरोप अस्वीकार गरेको थियो। केही कर्मचारीले त आलोचनाको स्वर कम्पनीले दबाएको समेत बताएका थिए। यसले कम्पनीको व्यवस्थापन र कर्मचारीबीचको असन्तुष्टि देखाएको छ।

तर, पिचाई भने कम्पनीले कर्मचारीमाथि कुनै बदला नलिएको दाबी गर्छन्। ‘म यसलाई गम्भीर रुपले लिन्छु’, पिचाईले सीएनएनसँगको एक अन्तर्वार्तामा भनेका छन्।

गुगलमा उनले सिकेको मुख्य कुरा मानिसहरुको पक्षबाट कुरा सुन्नुपर्छ भन्ने हो। कम्पनी भित्रबाट भन्दा बाहिरको कुरा सुन्नु निकै महत्वपूर्ण हुने उनी बताउँछन्।

सीएनएनबाट