Swornakshar Logo

पाँचौ दिन भारत नेपालभन्दा २२ स्वर्णलेअघि

१९ मंसिर । काठमाडौं । १३ औँ साग अन्तर्गत नेपालले प्रतियोगिताको पाँचौ दिन बिहीबार सातवटा स्वर्ण जित्न सफल भएको छ । प्रतियोगिताको पहिलो , दोस्रो तेस्रो दिन पदक तालिकामा अग्रस्थानमा रहेको नेपाल पाँचौ दिन पुग्दा भारत भन्दा २२ स्वर्णले पछि छ ।

बिहीबार नेपालले साइकलिङमा दुई स्वर्ण जित्दा, उसुमा दुई तथा तेक्वान्दो, भारातोलन र पौडीमा एक–एक स्वर्ण जित्न सफल भएको हो । बिहीबार भारत ५८ स्वर्ण सहित पदक तालिकाको अग्रस्थानमा छ । नेपाल ३६ स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहँदा श्रीलंका १६ स्वर्ण सहिता तेस्रो स्थानमा छ भने पाकिस्तान १२ स्वर्ण सहित चौथो स्थानमा छ ।

प्रतियोगितामा बंगलादेशले ४ स्वर्ण जित्दै प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ भने माल्दिभ्सको एक स्वर्ण छ । भुटानले हाल सम्म स्वर्ण पदकमा खाता खोल्न सकेको छैन् । प्रतियोगितामा भारतले ४१ रजत जितेको छ । रजतमा पनि भारत शीर्ष स्थानमा छ । श्रीलंकाले ३१ रजत जित्दा नेपाल २६, पाकिस्तान २१ र बंगलादेशले १० रजत जितेको छ ।

उसुतर्फ नेपालकी निमा घर्ति मगरले स्वर्ण जितेकी छिन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । निमाले २०१६ मा भएको सागमा पनि स्वर्ण जितेकी थिइन् । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य जितेको छ । निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् ।

उसुमा नै जुनी राईले उसुको सान्डा सान्सोमा स्वर्ण पदक जितेकी छिन् । जुनीले महिलातर्फ ५६ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । फाइनलमा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराइन् ।

साइक्लिङतर्फको क्रस कन्ट्रीमा लक्ष्मि मगरले स्वर्ण पदक जितेकी छिन् । नेपालकै उषा खनाललाई पराजित गर्दै लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन् । त्यस्तै पुरुषतर्फ क्रस कन्ट्री बुद्धि बहादुर तामाङले स्वार्ण जितेका छन् । क्रस ४ किमीको ४ ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्न सफल भएका हुन् ।

त्यस्तै पौडीतर्फ गौरिका सिंहले स्वर्ण जितेकी छन् । महिला २०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट ०५।०६ सेकेण्डमा दूरी पुरा गरिन् । गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्ण हो ।

तेक्वान्दोतर्फ भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् । बिहीबार सादोबाटोमा भएको गेरुगीको पुरुष ८७ केजी मुनि भुपेनले भारतका भारतका अक्षय होडालाई २९–२६ ले पराजित गर्दै स्वर्ण जित्न सफल भएका हुन् ।

भारातोलनतर्फ सन्जु चौधरीले ऐतिहासिक स्वर्ण जितेकी छिन् । महिला ५९ केजी तौल समूहमा सन्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । सन्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान ९स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ० का साथ स्वर्ण जित्न सफल भएकी हुन् ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष)तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चौधरी भारोत्तलन
३४. गौरिका सिंह पौडी
३५. जुनी राई उसु
३६. भुपेन श्रेष्ठ तेक्वान्दो