Swornakshar Logo

अस्पतालमा १० दिनको उपचारपछिपछि प्रधानमन्त्री ओली डिस्चार्ज उपचार खर्च २ लाख ५४ हजार ६८८

१९ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दश दिनको उपचारपछि आज बिहिबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको अपरेशन गरिएको थियो । केही दिन आईसीयूमा समेत राखिएको थियो ।
“सबैलाई चिन्ता लागेको थियो, उहाँको आत्मबलले नै छिटो निको हुनुभएको हो,” चिकित्सक डा. अरुण सायमीले पत्रकारहरुसँग भने ।

k|wfgdGqL eGg’x’G5 M :jf:Yonfe eof] sf7df8f}F, !( dª\l;/M k|wfgdGqL s]kL zdf{ cf]nL Pk]lG8;fOl6;sf] zNolqmofkl5 k”0f{ :jf:Yonfe u/]/ lqe’jg ljZjljBfno, lrlsT;fzf:q cWoog ;+:yfg dgdf]xg sfl8{of] yf]/fl;s ef:s’n/ tyf 6«fG;KnfG6 ;]G6/af6 laxLaf/ afn’jf6f/l:yt cfˆgf] ;/sf/L lgjf; kms{b} . cfˆgf] :jf:Yoaf/] pkl:yt ;~rf/sdL{sf] lh1f;fdf k|wfgdGqLn] cfkm”n] k”0f{ :jf:Yonfe u/]sf] atfpg’ePsf] lyof] . t:jL/ M k|bLk/fh jGt÷/f;;

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिब्या सिंहले पनि आफूहरुले सोचेको भन्दा छिटो स्वास्थ्यमा सुधार आएको बताइन् । उनका अनुसार प्रधानमन्त्री ओलीको अपरेशनपछि पूर्ण ठिक हुन अझै कम्तिमा दश दिन आराम गर्नुपर्नेछ । “उहाँले केहीदिन आराम गर्नैपर्ने हुन्छ,” डा. सिंहले भनिन् ।
यसैबीच प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुनुभन्दा केहीबेरअघि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकी थिइन् ।

उपचार खर्च २ लाख ५४ हजार ६८८

डिस्चार्जका क्रममा उनले स्वास्थ्यमा सुधार भएकाले घर जान लागेको छोटो प्रतिक्रिया दिएका थिए । यसैबीच प्रधानमन्त्री ओलीको उपचारमा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च लागेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीको उपचारमा २ लाख ५४ हजार ६८८ रुपैयाँ लागेको जानकारी दिए ।

मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस अपरेशन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका थिए ।