Swornakshar Logo

अन्तिम समयमा नेपाल सम्हालिन नसक्दा श्रीलंकासँग बराबरी

१८ मंसिर । काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल र श्रीलंकाबीच भएको पुरुष फुटबलको दोस्रो खेल बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको हो ।
नेपालका कप्तान सुजल श्रेष्ठले ३७ मिनेटमा गोल गरेका थिए । उनले‌ पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर श्रीलंका मोहम्मद अकिबले ९१ मिनेटमा फ्रि किकमार्फत गोल गर्दै खेललाई बराबरीमा रोके ।
राउण्ड रोबिनका आधारमा हुने खेलका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । पुरुष फुटबलमा नेपाल र भुटानसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स रहेका छन्।