Swornakshar Logo

यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता खेल्न मलेसिया जाने नेपाली टोली सार्वजनिक

१० असार । काठमाण्डौ । मलेसियामा हुने यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको नामावली सार्वजनिक गरिएको छ ।

यसअघि मलेसियामै भएको आईसीसी यू–१९ विश्वकप छनोटमा सहभागिता जनाएका चार खेलाडीलाई छोड्दै प्रशिक्षक विनोद दासले चार जना नयाँ खेलाडीलाई मौका दिएका छन् । यू–१६ टिमका कप्तान विशाल बिक्रम केसी, लोकेश बम, खडक बोहरा र तिलक भण्डारीले टिममा स्थान बनाएका छन् ।

आसिफ शेख, सन्दिप जोरा, सूर्य तामाङ र अविषेक बस्नेत भने यो पटक टिमबाट बाहिरिएका छन् । जुलाई २ देखि ९ सम्म हुने प्रतियोगितामा आठवटा टोली सहभागी छन् ।

५० ओभरको प्रतियोगितामा नेपाल, हङ्कङ, मलेसिया, सिंंगापुर, थाइल्याण्ड, भुटान, चीन र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।

मलेसिया जाने खेलाडीको सूची यस्तो छ

रोहित कुमार पौडेल (कप्तान), रित गौतम, पवन सर्राफ, भीम सार्की, हरि बहादुर क्षेत्री(चौहान), कुशल मल्ल, रशिद खान, कमल सिंंह ऐरी, सागर ढकाल, प्रतिश जिसी, विशाल बिक्रम केसी, लोकेश बम, खडक बोहरा र तिलक भण्डारी