Swornakshar Logo

विना निस्कर्ष सकियो नेकपाको सचिवालय बैठक

७ असार । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयको बैठक बिना निस्कर्ष स्थगित भएको छ । बालवाटारमा बसेको सचिवालयको बैठक सामान्य छलफल पछि स्थगित भएको हो ।
प्रधानमन्त्रीको कार्यव्यस्तताले आज बैठकमा ठोस रुपमा छलफल हुन नसकेको एक जना सचिवालय सदस्यले बताए ।
ती नेताले भने ‘आज सामान्य जानकारी आदनप्रदान भयो । ठोस रुपमा कुनै एजेण्डामा प्रवेशनै भएन ।’
जब कि आजको बैठकमा राजनीतिक दस्तावेज,जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल हुने अनुमान गरीएको थियो । तर कुनै एजेण्डामा प्रवेश नै नगरी स्थागित भएको छ ।
नेकपामा अहिले सबै भन्दा पेचिलो बनेको भनेको राजनीतिक दस्तावेज छाप्ने र इन्चार्ज र सहइन्चार्ज के आधारमा तोक्ने भन्ने छ । प्रधानमन्त्री केपी ओली मन्त्री,सांसदलाई पनि जिल्ला इन्चार्ज बनाउने तयारीमा छन् भने वरिष्ठ नेता माधवकुमार नेपालले भने दोहरो जिम्मेवारी नदिने अडानमा छन् ।
आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले युरोप भ्रमणबारे जानकारी गराएका सहभागी एक सचिवालय सदस्यले बताए ।