Swornakshar Logo

विश्वकप क्रिकेटः बंगलादेश र श्रीलंकाबीच खेल वर्षाका कारण रद्द

२८ जेठ । काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप अन्तर्गत बंगलादेश र श्रीलंकाबीच खेल वर्षाले रद्द भएको छ ।

ब्रिस्टोलमा बिहानदेखि वर्षा भएपछि टस नै नभइ खेल रद्द भएको हो । जसका कारण दुवै टिमले एक(एक अंक बाँडेका छन् । जारी विश्वकपमा दुवै टिमले एक(एक खेलमा जित निकाल्दै दुई खेलमा हार बेहोरेका छन् ।

सोमबारको खेलमा अंक बाँडेपछि दुवै टिमलाई सुपर सिक्स पुग्ने योजनामा ठूलो धक्का लागेको छ । श्रीलंकाले न्युजिल्याण्डविरुद्ध लज्जास्पद पराजय बेहोरेको थियो भने बंगलादेश इंग्ल्याण्डसँग १ सय ६ रनले पराजित भएको थयो । यसअघिको खेलमा बंगलादेश न्युजिल्याण्डसँग २ विकेटले पराजित भएको थियो ।