Swornakshar Logo

भ्रष्टाचारमा राष्ट्रिय सहमति छः घनश्याम भुसाल

२१ जेठ । काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको र समाजलाई भ्रष्ट बनाइरहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यो कुनै पार्टीविशेषको मात्र चरित्र नभइ आम चरित्र रहेको औँल्याए ।

“मैले कहिलेकाहीँ भन्ने गरेको छु– अर्बभन्दा माथिको भ्रष्टाचार ब्युरोक्रेसी ९कर्मचारीतन्त्र०ले गर्न सक्छ रु यद्यपि कहिलेकाहीँ कारवाही हुँदा त्यही पर्छ । माथिका कम पर्ने गरेका छन् । यसर्थ निःसन्देह भन्न सकिन्छ, ठूला भ्रष्टाचार एक्लै हुँदैन । त्यहाँ राष्ट्रिय सहमति बन्छ । मिलिट्री इन्डस्ट्री नेक्ससजस्तै दलाल पुँजीवाद र परजीवी राजनीतिको नेक्सस छ,” उनले भने ।

बजेटले परिवर्तनपछिको अवस्थालाई सम्बोधन गर्नुपर्ने बताउँदै उनले राजनीतिक आयामबाट यसको चर्चा हुनुपर्नेमा जोड दिए ।

“यसो हेर्दाखेरी हामी सत्ताधारी हौँ, शक्ति चलाउनुपर्ने छ, सत्ता चलाउनुपर्नेछ, बजेट बनाउनुपर्नेछ, लागु गर्नुपर्नेछ, अनेक काममा व्यस्त छौँ । प्रतिपक्षले गर्छ भनेको, ऊ त अझै पराजयको पीडाले ब्युँझिएको पनि छैन । यसरी घाइते भएको छ कि, उठेको पनि छैन । उसले अस्ति जनजागरण अभियान चलाउँदै पनि थियो । तर, दलाल पुँजीवादका बारेका कहीँ छलफल भएन । एकदमै खुद्रा–मसिना कुरा गर्छ । दलाल पुँजीवादले हाम्रो जीवनलाई यसरी रगड्छ, त्यसका बारेका कुरा गर्छ कांग्रेसले कहीँ गर्दैन,” उनले प्रतिपक्षीलाई आरोप लगाए ।

यसले क्रान्ति, गणतन्त्र, परिवर्तन खतरामुक्त नहुने टिप्पणी उनले गरे ।

२० वर्ष बजेटमा साधारण खर्चभन्दा पुँजीगत खर्च कम हुँदै गएको बताउँदै उनले भने, “अहिले पनि साधारण खर्च ९ खर्ब ५७ अर्ब छ । ४ खर्ब ८ अर्ब पुँजीगत हुनेछ भनेका छौँ । ७४ प्रतिशत साधारण खर्च छ, २६ प्रतिशत पुँजीगत खर्च छ । यसर्थ यो हाम्रो आत्महन्ता अर्थतन्त्र हो । यसले आफैँलाई खान्छ र जीवनलाई सिध्याउँदै जान्छ ।”