Swornakshar Logo

रविन्द्र अधिकारी मेहनती र असल नेता थिएःप्रधानमन्त्री ओली


१८ जेठ । कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाममा बनेको रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन् ।

शनिबार पोखरा सभागृहमा उनले प्रतिष्ठानको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रम ओलीले स्वर्गीय अधिकारी मेहनती, लगनशील, कर्तव्यनिष्ठ भएको र देशले एक असल नेता गुमाउनुपर्दा निकै दुःख लागेको बताए ।

प्रधानमन्त्री ओलीले वाइडवडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताउँदै अदालतले प्रमाणित नगरी कसैलाई पनि भ्रष्टचारी भन्न नपाइने पनि बताए ।

त्यस अवसरमा सरकारको तर्फबाट प्रतिष्ठानलाई एक करोडको अक्षय कोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रतिष्ठानलाई सरकारको सहयोग सदैव रहने पनि बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानलाई आफूहरुले पनि सहयोग गर्ने बताए ।

स्वर्गीय अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अध्यक्ष रहेको प्रतिष्ठानमा ३५ सदस्यीय तदर्थ समिति रहने छ भने ४५ सदस्यीय सल्लाहकार समिति रहने अध्यक्ष विद्या भट्टराईले जानकारी दिइन ।
प्रतिष्ठानले अधिकारीको सपनालाई साकार पार्न राज्यलाई सहयोग पुग्नेगरी जनशक्ति उत्पादनमा सहयोग गर्ने र त्यसका लागि प्रतिष्ठानले विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए।