Swornakshar Logo

शिक्षकद्वारा ३ वर्षीेया बालिका बलात्कृ


४ जेठ । हेटौडा । मकवानपुरमा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले एक जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले बालीका बलत्कार गरेको आरोपमा एक शिक्षकलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको मनहरी गाउँपालिका ६ का शिक्षक अमन लामालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विरेन्द्र पनेरुका अनुसार पीडित परिवारले बिहीबार २२ वर्षीय शिक्षक लामाले बालिकालाई विद्यालयको शौचालयमा सोमबार बलात्कार गरेको किटानी जाहेरी दिएका थिए ।

परिवारका उजुरीका आधारमा लामालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पनेरुले बताए । लामालाई प्रहरी हिरासत राखेर थप अनुसन्धान भइरहेको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ ।

बढ्दो बलात्कार
मकवानपुर जिल्लामा बिगत ३ वर्ष यता बलात्कारका घटनाहरु सार्वजनिक हुने क्रम बढ्दो छ । मकवानपुर जिल्लामा जवरजस्ती करणीको घटना दर्तामा वृद्धि हुँदै गएको तथ्यांक जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ । आर्थिक बर्ष ०७५ ७६ को चैतसम्मको ९ महिनाको अवधिमा २५ घटना दर्ता भएको छ २०७२ ७३ मा बलात्कारका १९ घटना दर्ता भएका थिए ।

०७३ ७४ मा एक वर्षमा २२ वटा घटना दर्ता भएका थिए । यता ०७४ ७५ मा २१ वटा घटना दर्ता भए । यता चालु आ।व। को ९ महिनाकै अवधिमा अघिल्लो वर्षभन्दा ४ वटा घटना बढी भएका छन् । सबैभन्दा बढी २०७५ को कात्तिकमा ५ र चैतमा ५ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । बलात्कृत हुनेमा सबैभन्दा धेरै १६ देखि २५ बर्ष उमेर समूहका १४ जना र १६ बर्षभन्दा मुनिका ७ जना रहेको प्रहरीको तथ्यांकमा छ ।

अधिकारकर्मीहरु भने सचेतनाको कारण घटना बाहिरिने दर बढेको दावी गर्छन् । बलात्कार गर्नेलाई कानूनी कारबाही हुन थालेपछि पीडितहरु अधिकारको लागि बाहिरिने गरेको माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले बताइन् ।

बालिकाहरु घटनामा प्रतिकार गर्न नसक्ने र विभिन्न प्रलोभनमा पार्न सहज हुने भएकोले बालिकाहरुको सुरक्षामा विशेष चासो राख्नुपर्ने हेटौंडा अस्पतालमा व्यवस्था गरिएको एकद्वार संकट निवारण केन्द्रकी फोकल पर्सन बालकुमारी ढकालले बताइन् ।

जिल्लास्थित बालबालिका सेवा केन्द्र ९सिविन बाल हेल्प लाइन० ले पनि बालिका बलात्कारको क्रम बढेको भन्दै गाउँपालिकास्तरमा सचेतनाको कार्यक्रमहरु बिस्तार गर्दै लगिएको जनाएको छ । “बलात्कारजस्तै गाउँमा बाल विवाह पनि उस्तै चुनौती छ, गाउँस्तरीय कार्यक्रमहरुको लागि लबिङ गरिरहेका छौं” सिविन बाल हेल्प लाइन जिल्ला प्रमुख झविन्द ज्ञवालीले भने ।