Swornakshar Logo

राष्ट्रपति भण्डारीलाई चीनको सान्सी प्रान्तको राजधानी सियानमा स्वागत

११ वैशाख । सियान (चीन) राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी जिन पिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बुधबार अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा पुग्नु भएको छ ।

राष्ट्रपति भण्डारी बिहीबारदेखि चीनको राजधानी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुने छन् साथै उनले उक्त मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

/fi6«klt e08f/L l;ofgdf
/fi6«klt ljBfb]jL e08f/L cfˆgf lrlgofF ;dsIfL ;L lrglkmªsf] lgdGq0ffdf rLgsf] /fhsLo e|d0fsf qmddf a’waf/ ;fG;L k|fGtsf] /fhwfgL l;ofgl:yt cGt/f{li6«o ljdfg:yndf . tl:a/ M ;’/]Gb|axfb’/ g]kfnL, /f;;

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी छन् ।