Swornakshar Logo

पार्टी एकताको बाँकी काम टुंगियोः प्रचण्ड

८ वैैशाख । काठमाण्डौ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकि काम पनि टुंगिएको बताए ।

अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको घोषणा गरेका छन् ।

पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताको बाँकी काम आइतबार बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई भोलि घोषणा हुने गरी निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको बताए ।

अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भए पनि अब ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

अध्यक्ष दाहालले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरे नगरेको समीक्षा गरेर अघि बढने पनि बताए। उनले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको काम कार्वाहीलाई अघि बढाउन ‘समृद्ध नेपाल सुःखी नेपाली’को नारा अघि सारिएको पनि स्मरण गराए।