Swornakshar Logo

यो बर्ष चर्चामा रहेका नेताहरू

१ बैशाख । काठमाडौ । यो बर्ष चर्चामा रहेका नेताहरु । जुन बर्ष भरी केहि न केहि कामले चर्चामा रहेका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड
पार्टी एकतादेखि नै चर्चामा रहेका प्रचण्ड यो वर्ष अमेरिकाले भनेजुएलामा गरेको हस्तक्षेपविरुद्ध बोलका कारण झन चर्चामा रहे । उनले भेनेजुएलाको पक्षमा जारी गरेको विज्ञप्तिले राजनीति र कूटनीतिमा चर्चा पायो । उनको पक्षमा पार्टी उभिए पनि अन्त्यमा गएर अर्का पार्टी अध्यक्ष केपी ओलीले विज्ञप्ति निकाल्न हतारो गरेको आरोप लगाए । विज्ञप्तिपछि पक्ष विपक्षमा नेकपामा पनि बहस भयो । कूटनीतिक तहमा पनि उक्त वक्तव्यले चर्चा पायो ।
वामदेव गौतम, नेता नेकपा
वामदेव गौतम पनि चर्चामा रहे । डोल्पाबाट चुनाव लड्न तयार भएपछि गौतम चर्चामा आए । उनी निकट डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर आफू उपनिर्वाचनमार्फत सांसद हुने तयारी पूरा गरे । तर, केही नेता र मिडियाका कारण उनको सपना पूरा हुन सकेन । डोल्पाका सांसद बुढा भने राजीनामा दिने भनेर काठमाडौंबाट डोल्पा पुगे । तर, उनले राजीनामा दिने परिस्थिति बनेन् ।
डोल्पामा मिसन सफल नहुने देखेपछि गौतम बाँकेबाट चुनाव लड्ने योजनामा पुगे । बाँके क्षेत्र नम्बर ३का सांसद नन्दलाल रोकायलाई राजीनामा दिन लगाएर मैदानमा उत्रने दाउमा थिए । गौतम उनका निकट मानिएका महासचिव विष्णु पौडेलले रोकायालाई बोलाएर फकाउने प्रयास गरे । त्यो पनि सफल भएन ।


काठमाडांै क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर चुनाव लड्न चाहे । तर, नेकपाका नेताहरूले उनको विरोध गरे । जब कि मानन्धरले गौतमका लागि आफूले राजीनामा दिने घोषणा गरेका थिए । तर, अन्ततः गौतमको सांसद बन्ने सपना सपनामै सीमित रह्यो ।
धनबहादुर बुढा, नेकपा सांसद डोल्पा
नकेपाका सांसद धनबहादुर बुढा पनि यो वर्ष चर्चामा रहे । आफूले जितेको डोल्पाबाट राजीनामा दिन तयार भएर चर्चामा आए । उनले नेता वामदेव गौतमलाई सांसद बनाउन राजीनामा दिन तयार भए ।
रामवीर मानन्धर, सांसद
नेकपाका सांसद रामवीर मानन्धर पनि चर्चामा रहे । यो वर्ष उनको पनि राजनीतिक वृत्तमा राम्रै चर्चा भयो । मानन्धरले गौतमको सांसद बन्ने कुरा डोल्पा र बाँकेबाट असफल भएपछि आफूले राजीनामा दिएर गौतमलाई सांसद बनाउने बताए । उनले पत्रकार सम्मेलन गरेर आफू काठमाडौं ७ नम्बर क्षेत्रबाट राजीनामा दिने घोषणा गरे । तर, उनको राजीनामा दिने चाहना र गौतमको चुनाव लड्ने चाहना यो वर्ष पूरा हुन सकेन । यसको कारण थियो, नेकपाका नेताको असहयोग ।
बाबुराम भट्टराई, संयोजक, नयाँ शक्ति पार्टी
नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई पनि यो वर्ष चर्चामा रहे । उनी राजधानीमा भएका राजनीतिक कार्यक्रममाभन्दा पनि १५ माघबाट सुरु गरेको एक महिने लामो जनसंवाद यात्राका कारण हुन् । उनले ताप्लेजुङको सीमा क्षेत्र चिवाभन्ज्याङबाट यात्रा सुरु गरेर एक महिनापछि बैतडीको झुलाघाट पुगेर टुंग्याएका थिए । उनको नेतृत्वमा सुरु भएको जनसंवाद यात्रा मध्य पहाडी र पुष्पलाल लोकमार्गमा केन्द्रित रह्यो । उनले १८ सय ७९ किलोमिटर यात्रा पूरा गरेका थिए ।

gofF zlQm kf6L{ g]kfnsf] cfof]hgfdf n’lDagLdf ;’? ePsf] ;+l3o kl/ifbsf] rf}yf] lj:tfl/t a}7snfO{ ;Daf]wg ub{} kf6L{ ;+of]hs 8f afa’/fd e§/fO{ . t:jL/ M bLks l3ld/], /f;;, n’lDagL

उनले संसद्मा बोलको कुराहरूले पनि चर्चा पाए । सरकारले विप्लवका नेता खड्कबहादुर विक गिरफ्तार गर्दा पनि विकको पक्षमा संसद्मा बोलेका थिए । विप्लवमाथि सरकारले प्रतिबन्ध लगाउँदा पनि त्यसको विरोधमा संसद्मा बोलेका थिए ।
नेत्रविक्रम चन्द ‘विप्लव’
विप्लव पनि चर्चामा आए । राजनीतिक नेतृत्वमा रहेका विप्लवले सरकारका नियम कानुनलाई कमजोर गर्ने काम गरे । उनले सकारलाई चुनौती दिँदै उसका मानिसलाई पनि जनअदालतमा उभ्याउने विज्ञप्ति जारी गरे । सरकारले लगाएको प्रतिबन्ध चैत मसान्तसम्म फुकुवा नगरे परिणाम नराम्रो हुने भन्दै सरकारलाई चुनौती दिए । उनको पार्टीले देशका धेरै भागमा बम विस्फोट गराए ।


उनको पार्टीभित्र पनि उनी र प्रवक्ता खड्कबहादुर विकको विवादका कारण चर्चामा नै रहे ।

खडकबहादुर विक, नेता, नेकपा विप्लव समूह

नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक यो वर्ष चर्चामा रहेका नेता हुन् । २३ साउनमा हेटौंडाबाट काठमाडांै आउँदै गर्दा दक्षिणकालीमा गिरफ्तार भएका थिए । नेताहरू अर्धभूमिगत शैलीमा काम गरिरहेका थिए । त्यहप्ी समयमा उनी राजधानी आउँदा गिरफ्तार भए । उनी गिरफ्तार भएसँगै पार्टीभित्र र बाहिर चर्चामा रहे । नेतृत्वले काठमाडौं नजान भन्दा भन्दै आएकाले उनी गिरफ्तार भएको भन्ने कुरा पार्टीमा चलेको थियो । अदालतले उनलाई रिहाइ गर्न आदेश दिए पनि सरकारले विभिन्न जिल्लामा विभिन्न मुद्दा लगाएको थियो ।
पार्टीभित्र पनि उनको धेरै आलोचना भयो । जेलभित्रबाटै उनले आफ्नो गुट सञ्चालन गरेको आरोप पार्टीमा लाग्यो ।
उनले आफू निकट विद्यार्थी संगठनका अध्यक्षमार्फत बाबुराम भट्टराईलाई छुटाउन पहल गराई माग्न लगाएका थिए । पार्टीको सल्लाहबिनै उनले विभिन्न च्यानल प्रयोग गरेर रिहाइ भएको आरोप पार्टीेभित्र छ ।
उनी जेलबाट छुटेपछि पनि तीन महिनासम्म विप्लवको सम्पर्कमा नआएको आरोप लागेको छ । उनले एनसेलमा भएको विस्फोटमा विज्ञप्ति जारी गर्न नमानेपछि पार्टीभित्र विवाद झनै चर्केको छ ।
उनले जनवर्गीय संगठन पनि आफूअनुकूल बनाएका छन् । विप्लवका कार्यकर्तालाई जनवर्गीय संगठनमा पाखा लगाएर उनले एकलौटी बनाएको आरोप छ ।

योगेश भट्टराई, नेता नेकपा
सत्तारुढ नेकपाका युवा नेता योगेश भट्टराई पनि यो वर्ष चर्चामा रहे । कहिले मन्त्री बन्ने भनेर त कहिले आन्दोलनरत डा. गोविन्द केसीविरुद्ध खरो रूपमा उत्रेर । उनले केसीको आन्दोलनमा सरकारको बचाउ गरे । सरकारका मन्त्रीहरू मौन बसेको समयमा उनले सरकारको बचाउ गरे ।


पार्टीभित्र संस्थापन पक्षको सधैं विपक्षमा देखिने भट्टराई सरकारको बचाउमा पनि लागे । पार्टीभित्र भने उनी सधैं संस्थापन पक्षको विपक्षमा देखिन्छन् । त्यसैले उनलाई पार्टीको स्थायी प्रतिपक्ष भनिन्छ ।

दीपक मानङे, गडण्की प्रदेश सांसद
मनाङबाट निर्वाचित प्रदेश सांसद दीपक मनाङे पनि यो वर्ष चर्चामा रहे । उनी सांसदमा विजयी भएपछि ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट ५ वर्षका लागि कैद सुनाइएको थियो । उनी डिल्लीबजार कारागारमा बसेका थिए । उनले जेलबाट मुद्दा पुनरावलोकनका लागि सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले ६ पुसमा उनलाई थुनामुक्तको आदेश दिएको थियो । उनी थुनामुक्त भएदेखि नै शपथका लागि निरन्तर लबिङमा थिए ।


१६ माघमा उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले शपथ खुवाए । उने शपथ खाएपछि झन् चर्चामा आएका थिए ।

रेशमलाल चौधरी, सांसद (राजपा)
कैलाली १ बाट विजयी सांसद रेशमलाल चौधरी पनि यो वर्ष चर्चामा रहे । चौधरी नेपालको इतिहासमा शपथग्रहणपछि जेल जाने पहिलो सांसद हुन् । चौधरीलाई शपथग्रहणपछि पुनः डिल्लीबजार कारागार लगिएको थियो । ११ पुसमा उनलाई सिंहदरबारस्थित सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा शपथग्रहण गराइको थियो । उनलाई कैलाली जिल्ला अदालतले २२ फागुनमा जन्मकैदको फैसला सुनाएको छ । यो फैसलामा उनीसहित अन्य ११ जनालाई यस्तो फैसला सुनाइएको हो ।

२०७२ सालमा भएको टीकापुर घटनाको मुख्य दोषी चौधरीलाई मान्दै आइएको छ । उ्रक्त घटनामा एक नाबालकसहित ८ जनाको ज्यान गएको थियो ।
हेमन्तप्रकाश वली, नेता (नेकपा विप्लव समूह)
हेमन्तप्रकाश वलीपनि यो बर्ष चर्चामा रहे । उनलाई गिरफ्तार गर्न सरकारले धेरै सुरक्षा निकाय खटाएको थियो । उनको पार्टीका गतिविधि माथि प्रतिबन्ध लगाएपछि उनलाई नै प्रमुख टार्गेट गरेको थियो सरकारले । उनले नै ललितपुर लगाएत देश भरी एनसेलका टावरमाथि भएको बम विस्फोटका घटनाको जिम्मेवारी लिदै विज्ञप्ती निकालेका थिए ।


उनलाई गिरफ्तार गर्न सुरक्षा निकाय दुई पटक असफल भएको थियो । अन्तत उनलाई ९ चैतमा काभ्रेबाट काठमाडौ आउदै गरेको अवस्थामा गिरफ्तार गरेको थियो । उनीसंग मध्य कमाण्डमा अन्य ८ जना नेता कार्यकर्ता गिरफ्तार गरेको छ । उनलाई रिहाइ गर्न उनको छोरीले सर्वोच्चमा दिएको रिट पनि खारेज भएको छ । उनी अहिले जेलमा छन् ।
विष्णु पौडेल,महासचिव ,नेकपा
पार्टी एकतासंगै महासचिव पद पाएका पौडेल यो बर्ष राजनीतिक वृतमा सबै भन्दा बढी चर्चा पाउने व्यक्ति बने । उनी भन्दा सिनियर महासचिवलाई पछारेर महासचिव बने उनी ।
एकतामा .मुख्य भूमिका खेलेको भन्दै दुबै अध्यक्षको प्यारो बनेका पौडेल बर्षको मध्य तिर विवादमा आए । पार्टीको एकताको काम सन्ने भनि बनाएको कार्यदल नै विघटन गर्न लगाएर विवादमा आएका थिए ।


बर्षको अन्तिमा बालुवाटारमा रहेको विवादीत जग्गा प्रकरणमा मुछिएपछि उनी विवादको र चर्चाको शिखरमा छन् । २०६१ सालमा बालुवाटारमा आनाको ५० हजारको दरले किनेको भनिएको जग्गा सेटिङ मिलाई दिए बाफत पाइएको बताइन्छ । राजनीतिका चतुर खेलाडी हुन । उनी फाइदाकोलागि जे पनि गर्न तयार हुने नेताका रुपमा चर्चित छन् ।

सिके राउत
स्वतन्त्र मधेसको वकालत गदै आएका सिके राउत २१ भदौमा रौतहटबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यलय अगाडिबाट नै पक्राउ गरेको थियो । उनी जिल्ला अदालत रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्कदै थिए । उनलाई राज्य विरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।


जेलमा बस्नु पर्ने मानिस सरकारले केहि समय पहिला दरबारमार्गस्थित प्रहरी वृतमा ल्याएर राखेको थियो । उनलाई दरबारमार्ग वृतमा इन्सपेक्टरको कोठामा राखेको थियो । पुन उनलाई केन्द्रीय कारागार लगिएको थियो ।
२३ फागुनमा उनी थुनामुक्त भएका थिए । त्यसको एक दिन पछि उनले सरकार संग वार्ता गरेका थिए । उनी र सरकारबीच २४ फागुनमा ११ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौताको बँुदा नं २ र ५ विवादमा आएका थिए ।
उनले सरकारसंग सम्झौता गरेपछि अब बाट आफु र आफ्नो दल विखण्डनमा नलाग्ने बताएका थिए ।