Swornakshar Logo

मकवानपुरले दफिन्सलाई हराउँदै गोल्डकप च्याम्पियन जीत्यो

१६ चैत । हेटौँडा । हेटौडामा जारी फुटबलमा क्यामरुनी क्लब दफिन्स एफसीलाई पराजित गर्दै मकवानपुर ११ ले गोल्डकप च्याम्पियन कपको उपाधी जितेको छ । हेटौँडामा सम्पन्न भुगर्भ सिमेन्ट दोश्रो सहिद स्मृति फुटबल मकवानपुर गोल्डकपको उपाधी जितेको छ ।

हेटौँडामा रहेको वनविज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको प्रतियोगितामा मकवानपुरले दफिन्स विरुद्ध २–१ को जित हातपारेको हो। खेल सुरु भएको पाँचौ मिनेटमा दफिन्सका युनीका ओहानाले मकवानपुर११ लाई गोल गरेका थिए।

तर त्यसको चार मिनेट पछि दफिन्सका रक्षकले डि एरिया भित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीमा मकवानपुरका योगेश गुरुङ गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएपछि दोश्रो हाफमा दुबै टोलीले केहि राम्रो मौका चुकाए । तर खेलको ८२ औँ मिनेटमा पुन दफिन्सले डि एरियामा ह्याण्ड भएपछि मकवानपुरका गुरुङले उक्त मौकालाई पुन गोाल गरे । यहि गोलले मकवानपुर ११ ले उपाधीसँगै नगद ८ लाख पायो । दफिन्स नगद चार लाख सहित उपविजेएता बन्यो ।

मकवानपुर ११का कप्तान अशोक बरालले सर्वोत्कृष्ट खेलाडी सहित नगद ७५ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्डर दफिन्सका ओकाबोटा बने । त्यसैगरी उत्कृष्ट फरवार्ड मकवानपुरका रोजन सुब्बा भए उत्कृष्ट मिडफिल्डर योगेश गुरुङ तथा उत्कृष्ट गोलकिपर पनि अशोक बराल भए । उनीहरुले जनही नगद २० हजार प्राप्त गरे । उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतले पुरस्कार बितरण गरेका थिए । मकवानपुर फुटवल संघको आयोजनामा प्रतियोगिता भएको हो ।