Swornakshar Logo

अफ्रिकी टिम दाफिन्ससँग एपिएफको हार

१० चैत । हेटौडा । हेटौंडामा जारी दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा आज भएको अफ्रिकन क्लव दफिन्ससंग सशस्त्र प्रहरीको एपिएफ क्लव पराजित भएको छ । हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा आज भएको खेलमा दफिन्सले एपिएफलाई १–० गोल अन्तरले हराएको हो ।
पहिलो हाफ बराबरीमा राख्न सफल भएको एपिएफलाई दोस्रो हाफमा भने दफिन्सले डिफेन्सिप हुन बाध्य बनायो । खेलको ७९ औं मिनेटमा दफिन्सका जर्सी नम्बर ३ का खेलाडी यानिक ओवानाले गोल गरे । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपियाँ प्राप्त गरे ।
एपिएफले खेललाई बराबरीमा ल्याउन अन्तिमसम्म प्रयास गरेपनि सफल हुन सकेन । यो सिजनमा दफिन्सँग एपिएफको पाँचौ हार हो ।
दाफिन्सले थ्रीस्टार क्लब र सरस्वती युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत भोली नेपाल पुलिस क्लब र फ्रेण्डस क्लबबीच खेल हुने आयोजक मकवानपुर फुटबल संघले जनाएको छ ।