Swornakshar Logo

नेपाल पुलिस अन्तिम आठमा

९ चैत । हेटौडा । नेपाल पुलिस क्लब भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५को अन्तिम आठमा प्रवेश गरेको छ ।
हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा जारी प्रतियोगिताको निर्धारित समय गोलरहित बराबरीमा टुङगीए पछि सडनडेथमा च्यासल युथ क्लबमाथि ६–५ गोलअन्तरको नतिजा निकाल्दै पुलिस प्रतियोगिता अघिल्लो चरणमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा पुलिसको तर्फबाट तीर्थ रानामगर, हरि कठायत, भरत शाह र सन्तोष हेमरुनले गोल गरेका थिए ।सडन डेथमा पुलिसका बुद्ध लामा र निरकुमार राई सफलहुँदा पुलिसको हेटौंडा बसाईं लम्बिएको हो ।
टाइब्रेकरमा च्यासल युथको तर्फबाबट विश्व अधिकारी, विक्रम लिम्बु चेतन थारु र अमिर श्रेष्ठले गोल गरेका थिए भने मिलन राईको प्रहार पुलिसका गोलरक्षकले राकेका थिए । सडन डेथमा च्यासलका नरेन्द्र चौधरीको प्रहार गोलहुँदा सञ्जोग राई गोल गर्न चुकेको । खेलमा पुलिसका कप्तान दिनेश गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपियाँ प्राप्त गरे । प्रतियोगिताअन्तर्गत् आइतबार विदेशी टोली दाफिन्स र सशस्त्र प्रहरीको एपीएफबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ८५ लाख रुपियाँ खर्च अनुमान गरिएको छ ।