Bagmati Samachar Logo

जनकपुर पुगेर मन्त्री महासेठले गरे राजीनामाको संकेत

२ चैत । जनकपुर । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका छन् । आज शनिबार जनकपुर पुगेका मन्त्री महासेठले राजीनामा दिने संकेत गरेका छनु । उनले आज आफु मन्त्री पदमा नरहेपनि यहाँको विकासकोलागि सधै लागि पर्ने बताए ।
जनकपुरको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले आफू मन्त्री नरहेपनि सांसद पदमा रहिरहने भन्दै जनकपुरको विकासका लागि निरन्तर लागिपर्ने बताए ।
उनले आफू मन्त्री नरहँदा पनि जनकपुरसहित हरेक क्षेत्रको विकासका लागि निरन्तर लागिपरेको दावी गर्दै पूर्वाधारसहित हरेक क्षेत्रको विकास आवश्यक रहेको बताए ।

मन्त्री महासेठले मन्त्री फेरबदलबारे पार्टीमा कुनै किसिमको विवाद नरहेको पनि स्पष्ट पारे ।
जनकपुरमा रहेको मणिपाल अस्पतालको निर्माणाधीन भवनमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने बताए ।