Swornakshar Logo

विप्लवलाई प्रधानमन्त्रीको चेतावनीः तिम्रो पार्टीको नाम लुटेरा समुह राख

२४ फागुन । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाप्रति कडा टिप्पणी गरेका छन् ।
सिके राउतसँग राजनीतिक सहमति गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लब समुहलाई लुटेपाटको कार्य रोक्न पनि चेतावनी दिए ।
‘लुकाएर बन्दुक राख्ने, अनि त्यसो नगरभन्दा सर्बसाधारण जनतालाई धरपकड गर्ने भन्दै उफ्रने, यस्तो कार्य बन्द गर, कम्तिमा कम्युनिष्ट पार्टीको नाम भजाएर जनतालाई नलुट, लुट्ने नै हो भने लुटेर विप्लव समुह नाम राखे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।