Swornakshar Logo

बिना निस्कर्ष सकियो नेकपा सचिवालय बैठक

६ फागुन । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिना निस्कर्ष टुङगीएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठक बिना निस्कर्ष सकिएको एक जन सचिवालय सदस्यले बताए ।
संगठनिक एकता टुंगो लगाउन पुस १२ मा ९ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलसंग झलफल नै नगरी संयोजक रामबहादुर थापाले केहि दिन पहिला प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदनमाथि आज कुनै छलफल नभएको एक सचिवालय सदस्यले बताए ।

आज बसेको सचिवालयको बैठकले यहि ९ गते बिहानकालागि कार्यदल र सचिवालय संगै बसेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘कार्यदलले लामो समय लिँदा पनि विधान बाहेकका विषयमा सहमति जुटाउन नसकेकाले एकताको काम लम्बीयको एक सचिवालय सदस्यले बताए ।