Swornakshar Logo

सरकारले अहिले पनि काम नगरे कहिले गर्नेः प्रचण्ड

३ फागुन । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भएका विद्यमान समस्याहरुको समाधान सरकारले अहिले नगरे कहिले गर्ने भनि प्रश्न गरेका छन् ।
प्रचण्डले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको बताए ।
शुक्रबार काठमाडौंमा आयोजित माध्यामिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले भने ‘धेरै लामो संघर्ष, त्याग तपस्या र बलिदानबाट प्राप्त यो अवसर सदुपयोग गरेर मुलुकमा विद्यमान शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए । कम्युनिष्टको दुई तिहाइको सरकार हुदा पनि पनि थातिरहेका मुलुकका समस्याहरु समाधान भएनन् कहिल्यै नहुने बताए ।

प्रचण्डले विकसित मुलुकहरुले समेत पहिलो प्राथमिकतामा राखेको शिक्षा क्षेत्रको समस्या समाधानको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यक्ता रहेको बताए ।

शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई संविधानमा नै मौलिक हकको रुपमा व्यवस्था गरेको छ, त्यसको कार्यान्वयन गर्ने काममा सरकार गम्भीर हुनु पर्ने बताए ।
प्रचण्डले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग गम्भिरतापूर्वक छलफल गर्ने आश्वासन पनि दिए ।