Swornakshar Logo

२४ औँ जनयुद्ध दिवसमा नेकपा मकवानपुरले गर्यो ११४ जनालाई सम्मान

१ फागुन । हेटौडा । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का केन्द्रीय सदस्य केदार न्यौपानेले जनयुद्ध , जनआन्दोलन रपरिवर्तनको लागि भएका विभिन्न आन्दोलनले देशमा संघिय गणतन्त्र आएको बताए।

उनले कार्यक्रममा बोल्दै भने ‘अहिलेको परिवर्तन चानचुने योगदानले आएको होइन । हजारौ नेपालीहरुको रगत पसिना र बलिदानीबाट आएको हो । अब हामीले ती शहीदको सपना पुरा गर्ने दिन आएको छ । शहीदहरुको बलिदानी खेर जान दिने छैनौ ।’


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मकवानपुर जिल्ला समितिले २४ औँ जनयुद्ध दिवसको अवसरमा शहीद,घाईते तथा वेपत्ता परिवारका १ सय १४ जनालाई सम्मान दोसल्ला ओढाएर सम्मान गरेको छ ।


नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरणले विश्वमा ठुलो संदेश दिएको भन्दै न्यौपानेले अब सहिदको सपना पुरा हुने दिन आएको बताए । कम्युनिष्ट एकताको ठुलो अर्थ रहेको र अब देशलाई समृद्ध बनाउनको लागि नयाँ क्रान्तिको आवश्यकता रहेको बताए ।


कार्यक्रममा जनयुद्धको क्रममा घाईते भएका जयबहादुर न्यासुर, नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, सहिद परिवारको तर्फबाट नेकपा नेता भीम पख्रीन, नेकपा मकवानपुरका नेता बद्री लम्साल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम नेकपाकी केन्द्रीय सदस्य कुमारी मोक्तानको अध्यक्षतामा भएको हो ।