मधेशीलाई अधिकार दिलाउछौः प्रचण्ड
२८ माघ । सिरहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर भएपनि मधेशी जनतालाई अधिकार दिलाउने बताएका छन् ।
सोमबार सिराहाको महनौरमा स्वास्थ्य चौकी भवनको उद्घाटन गदै उनले मधेशी जनतालाई अधिकार दिन वर्तमान सरकार र आफ्नो दल गम्भिर रहेको बताए । मधेशी जनताको अधिकार सुरक्षित गर्न संविधान बाधक भए संशोधन गर्न तयार रहेको उनले बताए । मधेशको मुद्धामा आफुहरु गम्भिर रहेको भन्दै उनले सवै गरीव जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने – ‘उपचार गर्न खर्च नभएर मर्नु पदैन । राज्यले उसको उपचार गर्नु पर्छ । यदि सरकारले यस्तो गरेन भने मुद्धा हाल्न पाइन्छ । यो संविधानमा व्यवस्था गरेको छ ।’
प्रधानमन्त्रीसंग आफ्नो निरन्तर छलफल भइरहेको स्पष्ट पारेका छन् । उनले भने , ‘मेरो आज बिहान पनि प्रधानमन्त्रीसंग छलफल भएको छ, बेलुका हामी संगै अख्तियारको कार्यक्रममा जान्छौ ।’ पार्टीको अध्यक्षको हैसियतले प्रधानमन्त्रीसंग निरन्तर भेट भइरहेको छ, कुनै दुविधा छैन ।
उनले जनताको समस्यालाई सम्बोधन गर्नका लागी प्रधानमन्त्री र आफुबिच पार्टी र सरकार दुवैलाई सशक्त ढंगले अघि बढाउने छलफल भएको समेत बताए । सिराहालाई आँपको जोन घोषणा गर्ने र धानको सुपरजोन बनाउनुपर्नेमा आफ्नो जोड रहेको भन्दै उनले मधेश आफ्नो माइती भएको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्: