Swornakshar Logo

लन्डनमा रहेको कार्ल मार्क्सको समाधीमा अज्ञात समूहद्वारा तोडफोड

एजेन्सी
२३ माघ । एजेन्सी । लण्डनको हाइगेट सिमेट्री ९समाधीस्थल० मा रहेको कार्ल मार्क्सको समाधिमा क्षति पु¥याइएको पाइएको छ । आक्रमणकारीले समाधिमा रहेको त्यस मार्वलको पाटीमा क्षति पुर्याएका छन्, जुन सन् १८८३ को माक्र्सको मूल समाधिमा लगाइएको थियो । त्यसलाई सन् १९५४ मा स्मारक स्मारकसहितको समाधि निर्माण गर्ने क्रममा जस्ताको तस्तै राखिएको थियो ।

हाईगेट सिमेट्रीमा रहेको मार्क्सको स्मारकमा वर्षेनी लाखौं मानिसहरु भ्रमण गर्ने गर्छन् । हाइगेट सिमेट्रीले आफ्नो ट्वीटरमा राखेको माक्र्सको स्मारकको पछिल्लो तस्विरमा स्मारकको मार्वलमा कुदिएका अक्षरहरु र मार्वल आफैंमा क्षति पुर्याइएको देखिन्छ ।

समाधिमा हतौडाको प्रयोग गरेर तोडफोड गरिएको बताइएको छ । ‘फ्रेण्ड अफ हाइगेट सिमेट्री ट्रष्ट’का प्रमुख अधिकृत इयान डङभेलले समाधिमाथिको हमलालाई ‘घृणित कार्य’ भन्दै यो ‘राजनीतिक विरोध व्यक्त गर्ने सहि तरिका नभएको’ बताए ।

‘पछिल्लो तोडफोडले गर्दा समाधिमा स्थाई दाग रहन सक्छ,’ डङभेलले भने । गार्डियनसँग कुरा गर्दै उनले भने, ‘समाधिस्थलमा रहेका अरु समाधिमा कुनै हानी पुर्याएको छैन । यो कार्ल मार्क्सको समाधीलाई नै लक्षित गरेर जानीबुझी गरिएको थियो । यो अञ्जानमा भएको कार्य होइन । हमलाकारीले कार्ल मार्क्सको नाम मेटाउन सक्दो प्रयास गरेको देखिन्छ ।’

‘यो कुनै मार्क्सवाद विरोधी व्यक्तिको काम हो भने उनीहरुले स्मारक तोडफोड गर्नुभन्दा मानिसहरुको विचार बदल्न प्रयास गर्दा पो राम्रो हुन्थ्यो । यसले मार्क्सवाद विरोधी कार्यप्रति कुनै समर्थन बढाउँदैन,’ डङ्भेलले भने ।

बेलायती स्मारकहरुको सूचिको ग्रेड–१ स्मारक

डङभेलले थप भने, ‘ग्रेड–१ स्मारकमाथि कसैले यस्तो गर्छ रु यो राजनीतिक विरोधको भद्दा शैली हो ।’ बेलायतमा ग्रेड–१ को स्मारकहरु त्यहाँको सरकारी विभागले सूचिकृत गर्ने ऐतिहासिक महत्वका स्मारकहरुमध्ये सबैभन्दा महत्वपूर्ण स्मारकहरु हुन् । कार्ल मार्क्सको समाधिलाई सन् १९९९ मा स्मारकहरुको सर्वोच्च दर्जा दिइएको थियो ।

यो घटना कहिले भयो भनेर स्पष्ट भइसकेको छैन । तोडफोडबारे सोमबार अपरान्ह पहिलोपटक प्रहरीलाई जानकारी गराइएको थियो । तर डङ्भेलले समाजिक सञ्जालमा प्रकाशित भएका तस्विरहरुले यो घटना अघिल्लो हप्ता अथवा त्यो भन्दा अघिनै भएको हुन सक्ने देखिएको बताए । ‘स्मारक भ्रमणपछि मानिसहरुले सामाजिक सञ्जालमा राखेका केही तस्विरहरुमा तोडफोड गरेको स्पष्ट देखिन्छ,’ उनले भने ।

मर्मत खर्च उठाउन सार्वजनिक आह्वानको सुझाव

क्षतिको मूल्य हालसम्म आँकलन भइसकेको छैन । डङ्वेलले यसबारे बोल्दै भने, ‘पत्थरका विशेषज्ञ संरक्षणकर्तालाई झिकाएर त्यहाँको सेतो मार्बल जोडेर त्यसमा अक्षरहरु पुन राख्न सकिन्छ होला । त्यसो भएमा क्षति देखिदैन ।’

बाल–किताब लेखक तथा कवि मिचेल रोसेनले क्षति मर्मतका लागि अभियानको आह्वान गर्नुपर्ने सुझाए । समाधिस्थलले स्मारकको मर्मतलाई लिएर यसको स्वामित्व रहेको माक्र्स ग्रेभ ट्रस्टसँग छलफल गर्नेछ । यसले ट्रस्टसँग स्मारकको छेउछाउ सीसीटीभी राख्ने सम्भावनाबारेमा पनि कुरा गर्नेछ ।

को समाधिमा यो आक्रमण पहिलो भने होइन । उग्रदक्षिणपन्थी विचार राख्नेहरुले विभिन्न समयमा समाधिमा फ्याकेका रंगको दाग अझै देखिन्छ । उनीहरुले रंग छ्यापेर स्मारकलाई बिगार्ने कोसिस गरेका थिए ।

डोरीले तानेर लडाउने प्रयास पनि नभएका होइनन् तर स्मारकमाथिको सबैभन्दा ठूलो दक्षिणपन्थीहरुको हमला सन् १९७० जनवरीमा भएको थियो । त्यो बेला समाधिमाथि रहेको अर्थकदको मार्क्सको शालिकमाथि हानिएको पाइप बमले शालिकको आगाडि भागमा क्षति पुगेको छ ।

को हुन् कार्ल मार्क्स रु

साम्यवाद सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सको जन्म सन् १८१८ मा हाल जर्मनीमा पर्ने ट्रियरमा भएको थियो । क्रान्तिकारी राजनीतिक अभियानको कारण तत्कालिन समयमा युरोपका निरकुंश सरकारहरुको आँखाका कसिंगर भएका थिए उनी । यही कारण माक्र्स एकपछि अर्को देश निर्वासन सर्दै अन्तत सन् १८४९ मा बेलायतको राजधानी पुगेका थिए ।

त्यहाँ उनका अनन्य मित्र तथा राजनीतिक सहयात्री फ्रेडरिक एंगेल्सको बुवाको व्यवसाय थियो, जसलाई एङ्गेल्स स्वयमले सञ्चालन गरिरहेका थिए । एङ्गेल्सको सहयोगमा माक्र्सले आफ्नो बाँकी जीवन लण्डनमै बिताए । यसमा बेलायतमा त्यो समय युरोपको बाँकी देशमा भन्दा उदार राजनीतिक अभ्यासले पनि सहयोग गरेको थियो ।

लण्डनमा माक्र्सको धेरैजसो समय लण्डन म्युजियमको विशाल पुस्तकालयमा पुस्तक पढेर र महत्वपूर्ण कृतिहरु लेखेर बित्यो । माक्र्सको मृत्यु पनि लण्डनमै सन् १८८३ भएको थियो ।