Swornakshar Logo

राष्ट्रिय युवा परिषद आवासिय परामर्श बैठक सम्पन

१४ माघ । काठमाडौं  । राष्ट्रिय युवा परषद ले लोकतान्त्रिक आन्दोलन तथा सङ्हीयताकोलागि योगदान गरेका पूर्वविद्यार्थी अध्यक्ष तथा केन्द्रीय नेताहरुलार्इ सम्मान तथा कदर गरेको छ । ०५० को दशक देखि अहिले सम्म बिधार्थीको नेतृत्व गरेका करिब ५० जना पूर्व अध्यक्ष लगायत ६४ बिध्यार्थी नेताहरु लार्इ आमन्तण गरेको भए पनि पछिल्लो राजनीति घटनाका कारण नेबिसंघ का सभापतिहरु अन्तिम समयमा सह्भागी भएनन् । कार्यक्रममा नेका बाहेक नेकपा ,राजपा ,संघीय समाजबादी पार्टी नेपाल , नेकपा मसाल,नेकपा माले ,नया शक्ति निकट ३५ जना पूर्व केन्द्रीय अध्यक्षहरु सहभागी भएका थिए ।
कार्यक्रम को सहजीकरण गरेका नेकपा युवा नेता तथा पूर्व बिधार्थी नेता पदम जोशी ले बताए । कार्यक्रमको प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगत ब. बिश्वकर्माले पूर्व बिधार्थी हरुलाइ कदर पत्र प्रदान गर्दै सघीयता र लोकतन्त्रको बिकास सङै युवा बिकासमा अतुलनीय योगदान गरेको नेतृत्व लार्इ सम्मान गर्न पाउदा एकदमै खुसि लागेको बताए । दुइ दिन सम्म चलेको कार्यक्रम मा दुई वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए । कार्यकारी उपाध्यक्ष ढुङेलले युवा परिषदको सम्रग अवस्था बारे आफ्नो धारणा राखेका थिए । जसमाथी बिधार्थी नेताहरु ठाकुर गैरे,लेखनाथ न्यौपाने ,देबेन्द्र पराजुली ,पदम जोशी ,हिमाल शर्मा ,रमेश मल्ल ,सुरेश मण्डल,रन्जित तामाङ ,मनिश मिश्र ,नबिना लामा ,अशोक यादब ,अनिल किशोर घिमिरे ,भास्कर काफ्ले ,डाचाराज वाग्ले, ॐम अर्याल ,जगन्नाथ खतिवडा ,सन्तोष मेहता लगायत ले आपनो धारणा राख्नु भयेको थियो । अर्को प्रस्तुति डा. प्रकाश भट्ट्राइ ले समृध्द नेपालमा युवा हरुको भुमिका बारे आफ्नो धारणा राखेका थिए ।